नेपालमा भारत र चीन विरोधी गतिविधि हुन दिँदैनौंः रक्षामन्त्री खाँड

 नेपालमा भारत र चीन विरोधी गतिविधि हुन दिँदैनौंः रक्षामन्त्री खाँड

काठमाडाैं: रक्षामन्त्री बालकृष्ण खाँडले नेपालमा भारत र चीन विरोधी कुनै गतिविधि हुन नदिने स्पष्ट पारेका छन्। मन्त्री खाँडले भारत र चीन दुवै नेपालका असल छिमेकी मित्रराष्ट्र भएकाले दुवै देश विरोधी गतिविधि नेपालमा हुन नदिने बताएका हुन्।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘दुवै देश हाम्रा उच्च महत्व बोेकेका छिमेकी मित्रराष्ट्र हुन्, दुवै मुुलुक जनसंख्या र भुगोलको हिसावले विशाल मुलुक हुन्।’ उनले भारत र चीनको विकासको लागि पनि छिमेकी मुलुकमा शान्ति र स्थिरता हुन आवश्यक भएकोले चीन र भारत दुवै देशको विकास होस भन्ने आफूहरुको चाहना रहेको बताए।

मन्त्री खाँडले नेपाल दुवै विशाल छिमेकी मुलुकहरुको वीचमा रहेकोले यसको सुरक्षाको महत्व रहेको बताए। उनले भने,‘यसको धेरै ठूलो रणनीतिक महत्व छ, नेपालले संसारका कुनैपनि देशको खिलाफामा विरोधी गतिविधि हुन दिनुहुँदैन। नेपालमा चीन र भारतको विरुद्धमा कुनै पनि खालका विरोधी गतिविधि गर्न दिनुहुँदैन।’

उनले त्यसको लागि नेपालले भारतीय र चिनियाँ सरकार र जनतामा कुनै शंका उपशंका गर्न दिन नहुने जिकिर गरे। नेपाली सेनाले देश र जनताको सुरक्षाको लागि अहोरात्र खटेर आफ्नो भूमिकामा खरो रुपमा उत्रेको भन्दै मन्त्री खाँडले भने,‘नेपाली सेनाले नेपालको राष्ट्रिय हित र रक्षाको लागि सदैव योगदान पुर्याएको छ, अहिले मुलुकमा शान्ति बहाली भएपछि सेना र सुरक्षा निकायको भूमिका पनि बदलिएको छ, अहिले सेनाले विपद व्यवस्थापनमा पनि भूमिका निर्वाह गर्दै आएको छ ।’

मन्त्री खाँडले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमण अत्यन्तै फलदायी र ठूलो उपलब्धि भएको दाबी गरे। उनले भने,‘भारतीय राष्ट्रपतिको नेपाल आगमन हुनु नेपालको लागि ठूलो उपलब्धि हो, नेपाल र भारतवीच भएको मैत्री सम्बन्धलाई अझै उचाईमा पुर्याउन र नयाँ आयाम थप्न यसले महत्वपूर्ण भूमिका खेलेको छ।’

राष्ट्रपति मुखर्जीको भ्रमणका बेला दिइएको सार्वजनिक विदाका बारेमा सार्वजनिक विरोध भएपनि त्यो नेपालको चलन नै भएको उनले स्पष्ट पारे। उनले भने,‘राष्ट्रप्रमुख आउँदा विदा गर्ने हाम्रो चलन नै हो, यो विदा हामीले सम्मानको लागि पनि गरेका हौं, त्यस्तै सूरक्षाको समुचित प्रवन्धनको लागि विदा दिइएको हो।’ उनले भ्रमणको सवारी व्यवस्थापन र सम्मानको लागि विदा दिएको जिकिर गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.