गाउँलाई प्रविधिमत्री बनाउँन गाउँगाउँमा इन्टरनेट

गाउँलाई प्रविधिमत्री बनाउँन गाउँगाउँमा इन्टरनेट

काठमाडौः नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्यान्डमार्फत गाउँगाउँमा इन्टरनेट सेवा पु‍र्‍याउने योजना अघि बढाएको छ । गाउँका गतिविधिलाई प्रविधिमा समेट्ने गरी दुरसञ्चार प्राधिकरणले इन्टरनेट सुविधा सबैतिर विस्तार गर्ने योजना अघि बढाएको हो । पहिलो चरणमा भूकम्प प्रभावित जिल्लालाई प्राथमिकतामा राखेर अघि बढेको यस योजनाका लागि चालु आर्थिक वर्षमा साढे ६ अर्ब विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।

प्रधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार भूकम्प प्रभावित जिल्लामध्ये काठमाडौं, ललितपुर र भक्तपुरबाहेकका ११ जिल्लाका लागि तीन भागमा बाडेर छुट्टाछुट्टै सेवा प्रदायक कम्पनीमार्फत सेवा विस्तार गरिने छ ।

त्यस स्थानमा रहेका विद्यालयदेखि स्वास्थ्य चौकी, गाविस भवन, नगरपालिकासम्म तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउने योजना अगाडि सारेको हो । त्यसको पूर्वाधार निर्माण कार्य यही आर्थिक वर्षबाट सुरु हुने प्रधिकरणले जनाएको छ ।

भूकम्प प्रभावित जिल्लाको पूर्वाधार निर्माणका लागि प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको रकमबाट ३३ करोड रुपैयाँ खर्च गर्ने भएको छ । प्राथमिकतामा रहेका भूकम्प प्रभावित जिल्लाबाहेकका जिल्लामा पनि त्यही अनुरूप सेवा विस्तार गर्दै लगिनेछ । त्यसका लागि प्राधिकरणले ७५ जिल्लामा अप्टिकल फाइवरमार्पmत ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउने योजना अघि बढाएको अर्यालले बताए ।

उनका अनुसार अप्टिकल फाईवर विस्तारका लागि प्रदेश नम्बर एक, दुई र तीनका लागि नेपाल टेलिकमले स्वीकृत पाइसकेको छ भने अन्य चार प्रदेशका लागि अन्य कुनै दुई सेवा प्रदायक कम्पनीलाई दिइने प्राधिकरणले जनाएको छ ।

अप्टिकल फाइवर विस्तारका लागि ११ अर्ब खर्च लाग्ने प्राधिकरणको अनुमान छ । नेपाल टेलिकमलाई चार अर्ब ८८ करोडमा नबढ्ने गरी स्वीकृत प्रदान गरेको छ भने अन्य दुई कम्पनीलाई साढेतीन अर्ब र तीन अर्ब निर्धारण गरिएको अर्यालले जानकारी दिए ।

यो पैसा ग्रामीण दूरसञ्चार कोषमा थन्किएर रहेको १३ अर्ब रकममध्येबाट खर्च गरिनेछ । ब्रोडब्यान्ड विस्तारका लागि ९१ करोड ५० लाख रुपैयाँ वार्षिक कार्ययोजना तय भएको छ । सात प्रदेशका गाउँ विकास समितिदेखि विद्यालय, स्वास्थ्य चौकीसम्म ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउन पहिलो चरणमा प्राधिकरणले आफ्नै कोषबाट रकम खर्च गर्नेछ । त्यसपश्चात सेवाको लागि शुल्क तिर्नु पर्ने प्राधिकरणले जनाएको छ ।

प्रत्येक प्रदेशमा छुट्टाछुट्टै आयोजनामार्फत गाविस, स्वास्थ्य चौकी र विद्यालयसम्म ब्रोडब्यान्ड इन्टरनेटको तयारी गरिरहेको प्राधिकरणले समन्धित जिल्लाको जिल्ला विकास समिति, गाउँ विकास समितिसँग समन्वय गरेर कार्यक्रम अगाडि बढाउँने छ । यस आर्थिक वर्षबाट कार्य थालिने यस योजनाको विस्तारले देशलाई आर्थिक रूपमा सवल बनाउँन मद्धत गर्नेछ ।

प्रवक्ता अर्यालका अनुसार प्रविधिमैत्री बन्दै गइरहेको विश्व परिवेससँग गाउँलाई समयानुकूल परिवर्तन गर्न आवश्यक भएकाले इन्टरनेट सेवाको विस्तार कार्यक्रम अघि बढाइएको हो । इन्टरनेटको विस्तारले समग्र देशको आर्थिक तथा सामाजिक विकासमा ठूलो टेवा पुग्नेछ ।

सेवालाई प्रविधिमैत्री बनाउने भनी गरिएको सरकारी घोषणालाई पनि यो योजनाले सफल तुल्याउने छ । विशेष गरी शिक्षा, स्वास्थ्य, जिल्ला विकास समिति, नगरपालिका, गाउँ विकास समितिलगायतका क्षेत्रमा पुर्‍याइने सेवालाई विद्युतीय प्रणालीमा जडान गरेमा आर्थिक कारोबार पारदर्शी र सहज हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.