ग्रामीण भेगमा थ्रीजी सेवाले ल्याएको परिवर्तन

ग्रामीण भेगमा थ्रीजी सेवाले ल्याएको परिवर्तन

सिन्धुलीः दैनिक भिडियोमा गफ गर्न पाउँदा विदेशमा भएका श्रीमानसँग टाढा भएको महसुससमेत नभएको सिता श्रेष्ठको भनाइ छ । विगत एक वर्षदेखि कतारमा मजदुरी गर्दै आएका श्रीमानसँग अहिले दैनिक रूपमा भिडियोमै कुराकानी हुने गरेको सिन्धुली बाशेश्वरकी श्रेष्ठको अनुभव छ ।

हो पनि जुनरूपले ग्रामीण भेगबाट विदेशीने मानिसको संख्यामा वृद्धि भइरहेको छ, त्यही अनुरूप ग्रामीण इलाकामा इन्टरनेटको प्रयोगमा उल्लेखनिय वृद्धि हुँदै गएको छ । २०६४ सालमा सुरु भएको नेपाल टेलिकमको थ्रीजी इन्टरनेट सेवाले ग्रामीण भेगमा ठूलै परिवर्तन ल्याएको छ ।

गत असोजबाट ७५ एैं जिल्लामा पुगिसकेको थ्रीजी सेवा विस्तारकैक्रममा भए पनि यसको प्रयोगमा उल्लेखनीय वृद्धि भएको नेपाल टेलिकमका सह-प्रवक्ता शोभन अधिकारी बताउँछन् ।

‘भिडियो मात्र नभएर दुरसञ्चार कम्पनीले प्रदान गर्दै आएको इन्टरनेट सेवाले गाउँलाई सहर र विदेशसँग जोड्न मद्धत गरेको छ । विस्तारै हामी पनि फेसबुक र भाइवरमा साथीभाइसँग जोडिएका छौं,’ सन्तोस श्रेष्ठ बताउँछन् । उनका अनुसार गाउँका मानिसले मोवाइलमा इन्टरनेटभन्दा फेुसबुक चल्छ भन्छन् । हो पनि इन्टरनेट भन्ने नै थाहाँ नभएका सबैले बुझेको पनि फेसबुक र भाइवर हो ।

श्रेष्ठका अनुसार गाउँमा कापीमा लेख्न नजान्नेले पनि फेसबुकमा च्याट गरिरहेको पाइन्छ । यसले फेसबुकमा रमाउँन निरक्षरताले रोकेको देखिदैन । रोमनमा टाइप गरेर फेसबुकमा च्याट गर्दै गरेका ४३ वर्षीया ज्ञानु विश्वकर्मा कहिलै स्कुल गएनन् ।

न उनी सरकारले साक्षरताको लागि सञ्चालनमा ल्याएको प्रौढ शिक्षा कार्यक्रममा सहभागी भए । तर केही वर्षअघि तीन वर्षका लागि कतार गएका उनले साथीको सहयोगमा फेसबुक चलाउन सिके । अहिले उनी त्यही फेसबुकमा आफ्ना आफन्त र साथीभाइसँग गफ गर्ने गरेको बताउँछन् ।

थ्रीजीको विस्तारसँगै इन्टरनेटको पहुँचमा रहेका मानिसको संख्या पनि बढ्दो छ । नेपाल दुरसञ्चार प्राधिकरणले असारमा जारी गरेको रिपोर्ट अनुसार एक करोड १३ लाख ८४ हजारभन्दा बढी मानिस इन्टरनेटको पहुँचमा रहेका छन् । यो नेपालको कुल जनसंख्याको ५२ प्रतिशत हो । अहिले फेरि नेपालमा फोर जी सेवाको कुरा चलिरेहेको छ ।

जुन आगामी माघदेखि सञ्चालनमा ल्याउन टेलिकमलाई नेपाल दुरसञ्चार प्रधिकरणले स्विकृत प्रदान गरिसकेको छ । टेलिकमले पनि तोकिएको समयमा फोर जी सेवा सञ्चालनमा ल्याउन आवश्यक तयारी सुरु गरिसकेको जनाएको छ । माघबाट फोर जी सेवा सञ्चालनमा आए पनि ग्रामीण भेगका बासिन्दाको लागि भने यो आकासको फल आखाँ तरी मर जस्तै हो ।

किनभने फोर जी सेवा पहिलो चरणमा काठमाडौं र पोखरामा सञ्चालनमा आउँनेछ र विस्तारै देशभर विस्तार गर्ने योजना टेलिकमले बनाएको छ । यो विस्तारको लागि कति वर्ष लाग्ने हो कुनै एकिन छैन ।

त्यसैले थ्रीजी सेवा सबैको पहँचमा रहेको इन्टरनेट सेवा हो । थ्रीजीभन्दा पहिले पनि टूजी इन्टरनेट सेवा उपलब्ध थियो तर त्यो खासै प्रभावकारी थिएन । टूजी नेटवर्कमार्फत फेसबुक खुलेता पनि भिडियो च्याटका लागि संभव थिएन । उनका अनुसार जबदेखि थ्रीजी सेवाको सुरु भयो ग्रामीण भेगमा यसको माग बढ्दै गएको छ ।

थ्रीजी सेवाले ग्रामीण भेगमा फेसबुक र भाइवरबाट माथि उठेर ई-एजुकेसन, ई-एग्रिकल्चर, ई-कमर्समा पनि मद्धत गरिरहेको शर्मा बताउँछन् । त्यतिमात्र नभएर आर्थिक आयआर्जनका लागि पनि यसको प्रयोग बढ्न थालेको उनी बताउँछन् । त्यसैले ग्रामीण भेगमा थ्रीजी सेवालाई अझ प्रभावकारी बनाउँन जरुरी रहेको नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन् । उनका अनुसार अहिले थ्रीजी सेवा जिल्लाका सबै सदरमुकाममा पुगेको अवस्था छ । त्यसलाई विस्तार गरी गाउँगाउँमा पुर्‍याउन आवश्यक रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.