सिद्धार्थको पीओएस मेसिन बजारमा
काठमाडौंः सिद्धार्थ बैंकले आधुनिक बैंकिङ प्रणालीमा आधारित पीओएस मेसिन बजारमा ल्याएको छ ।
पीओएस मेसिनजडित व्यापारिक केन्द्रमा ग्राहकले डेबिट वा क्रेडिट कार्डको प्रयोग गरेर रकम भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यसबाट नगद बिना नै सामान तथा सेवा खरिद गर्न सकिनेछ ।
नेपालमा निश्चित बैंकले मात्र यस किसिमको सेवा प्रदान गरिरहेको अवस्थामा सिद्धार्थ बैंकले प्रदान गर्ने उक्त सेवाबाट ग्राहकलाई थप सुविधा प्राप्त हुनेमा बैंकको विश्वास छ ।
ग्राहकलाई आधुनिक बैंकिङ सेवाको प्रयोग र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न बैंकले देशका सयभन्दा बढी स्थानमा पीओएस मेसिन राखिसकेको र थप स्थानमा मेसिन राख्ने प्रकृयामा रहेको बैंकले जनाएको छ । साथै बैंकले पीओएस मेसिन राख्न इच्छुक संस्थालाई सिद्धार्थ बैंकको नजिकैको शाखामा सम्पर्क राख्नसमेत अनुरोध गरेको छ ।