एप्पल वर्ल्ड मोबाइलमा ५० प्रतिशतसम्म छुट

एप्पल वर्ल्ड मोबाइलमा ५० प्रतिशतसम्म छुट

काठमाडौफः दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा मल्टिब्रान्ड मोबाइल सोरुम एप्पल वर्ल्डले मोबाइल खरिद, मर्मत तथा एक्सचेन्जमा विशेष छुटको अफर ल्याएको छ । वल्र्डले मोवाइलको खरिदमा मोडल हेरी ५० प्रतिशतसम्मको छुट प्रदान गर्ने जनाएको छ ।

एउटै छानामुनी विश्व बजारमा पाइने सबै मोबाइलको कारोबार गर्दै आएको एप्पल वल्र्डले डेढ दर्जन मोबाइलको टच एन्ड फिलसहितको काउन्टरसमेत उपलब्ध गराएको छ । ६० मिनेटमा जुनसुकै मोबाइलको मर्मत गर्ने व्यवस्था रहेको एप्पल वल्र्डमा मोबाइल एसेसिरिजमा ३५ प्रतिशत, मोबाइल मर्मतमा ५० प्रतिशत, र मोबाइल खरिदमा मोडल हेरी ५० प्रतिशतसम्म छुट रहेको एप्पल वल्र्ड मोबाइलका प्रवन्ध निर्देशक अलाइभ ग्लाइडरले बताएका छन् ।

उनका अनुसार विशेष छुटसहितको यस्तो सेवा नेपालमा पहिलोपटक ल्याएको जनाएको छ । जुनसुकै मोबाइलमा समस्या आएपनि ६० मिनेटमै मर्मत गरिनुका साथै मोबाइल एक्सचेन्जमा राम्रो भ्यालु दिने सुविधासमेत राखिएको ग्लाइडरले जानकारी दिए ।

सोरुममा सामसुङ, एचटिसी , जेटटिई, हुवावे, एमआइ, ओप्पो, मेइजु, माइक्रोम्याक्स, एलजी, पानासोनिक, जियोनी, सोनी, सिजी , युएमआइ , ओबिआइ, माइक्रोसफ्ट, वानप्लस थ्री र गुगलफोनका टच एन्ड फिल काउन्टर राखेको छ । छठ पर्वको दिनबाट सुरु भएको यो योजना स्टक रहुन्जेल मात्र लागू गरिने एप्पल वल्र्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.