सिकाइमै त्रुटी

सिकाइमै त्रुटी

दोस्रो त्रैमासिक परिक्षा सकिएपछि छोरीको रिजल्ट लिन जाँदा छिमेकी दिदीलाई शिक्षिकाले भन्छिन्, ‘ तपाईंकी छोरी पढ्न त निकै टयालेन्ट छिन् तर निकै ‘ टकेटिभ’ छिन्, कक्षामा बढ्तै बोल्छिन्, केही भन्यो भने तुरुन्त जवाफ फर्काइहाल्छिन् ।’शिक्षिकाको कुरा सुने पछि उनी छो रीको व्यवहारबाट दिक्क भइछिन् । अर्को दिन स्कूल जाँंदा छो रीलाई सम्झाउँंदै थिइन, ‘ कक्षामा धेरै पटर –पटर नबोल है नानु ।

ज्ञानी भएर बस्नु, टिचरसँग धेरै सवाल जवाफ नगर्नु, चकचक नगर्नु ।’ शिक्षक/शिक्षिकाले आफ्नो छोराछोरीको प्रशंसा गरेकै सुन्न चाहन्छन्, अभिभावक । शायद शिक्षकले ‘ टकेटिभ’ छ भनिदिंदा थुप्रै अभिभावक निराश हुनुभएको पनि होला । तर , के धेरै बोल्नु वा प्रश्नहरू तेस्र्याउनु गलत हो र एउटा विद्यार्थीले शिक्षक/शिक्षिका सामु प्रश्नहरूको थुप्रो लगाउनु त्रुटी हो?

कक्षा कोठामा पस्ने बित्तिकै विद्यार्थी ज्ञानी, शान्त स्वभावको हुनपर्ने मान्यता हरेक शिक्षकको हुन्छ । शिक्षकले एकतर्फी पढाइर हने अनि विद्यार्थीले सुनिरहने विद्यार्थीहरूलाई साँंच्चिकै काबिल बनाउने हो भने यो विधि अब त्यागिनुपर्छ । अझै पनि कतिपय शिक्षक/शिक्षिका कक्षा कोठामा पस्दा ठूलो स्वरले बो ल्ने , लौरो दे खाएर तर्साउने गर्छन् । धेरै जिज्ञाशा राख्ने विद्यार्थीलाई त्रास देखाएर पढाएको बेलामा बो ल्न निरुत्साहित गरिन्छ । छोरीको हकमा त घरैदेखि ‘ छोरी मान्छे भएर धेरै बोल्नु हुँंदै न’ भनेर एक प्रकारले रोक नै लगाइन्छ ।

कक्षा कोठामा भिन्न स्वभावका विद्यार्थी हुन्छन्, तिनीहरूलाई कसरी ह्यान्डल गर्ने भन्ने कुरा शिक्षकको कार्यकुशलतामा भर पर्छ । कोही धेरै बो ल्ने विद्यार्थी हुन्छन् भने को ही शान्त स्भावका । कोही चकचके स्वभावका हुन्छन्, कोही जे कुरालाई पनि प्रयोग गरेर हे र्न रुचाउँंछन् । कोही भने आफूले जानेका हरेक कुरालाई भन्न, देखाउन रुचाउने खालका हुन्छन् । कोही कक्षा कोठामा शिक्षकसँग अन्तक्र्रिया गर्ने खालका हुन्छन् । त्यसैले हरेक बच्चा विशेष खालको हुन्छ र शिक्षकले पढाउँदा उनीहरूको रुचिलाई बुझ्नु आवश्यक छ ।

‘बोल्न चाहने विद्यार्थीलाई बोल्न दिनुपर्छ,’ शिक्षाविद् सुशन आचार्य भन्छिन्, ‘ शिक्षकले बालबालिकाले केही पनि जान्दैनन् भन्ने मनोवृत्ति त्यागे र पढाउँंदा दण्डित नगरी तिनको चाहना अनुरूप पढाउने संस्कारको विकास गरिनुपर्छ ।’पश्चिमा मुलुकमा हाम्रो जस्तो पूरै कक्षा शिक्षकको नियन्त्रणमा हुँंदै न । शिक्षक एकतर्फी रूपमा भट्भट्याउने अनि बालबालिकाहरू पुराण सुने जस्तो गरी हात बाँंधेर सुनेर बस्ने चलन हुँंदैन । पढ्न मन भएका विद्यार्थीहरू शिक्षकसँग पढ्छन्, के ही नयाँ कुरा सिक्छन् ।

सिक्न र पढ्न मन नभएका स–साना नानीहरू आ–आफनो तालले कक्षा कोठाभित्र खेल्छन् । कक्षा कोठाभित्र नै उनीहरूको खेल्ने सामग्री राखिएको हुन्छ । उनीहरू त्यस्ता सामग्रीहरू छोएर , उनीहरूलाई जान्न चाहेको कुराहरू एकएक गरेर सोधेर पनि ज्ञान लिइ रहेका हुन्छन् । यस्तो सिकाइको चलन केही निजी विद्यालयले गर्न खोजे पनि हामीकहाँ बच्चाको चाहना, इच्छा र रुचीअनुसार पढाइ नभएकै हो ।

बालबालिकाहरू स्वभावैले चञ्चल हुने गर्छन् । बालबालिकाको चञ्चल स्वभावलाई बुझेर पढाउने शिक्षकको कमि छ । धेरैजसो निजी विद्यालयमा, प्राथमिक कक्षामा पढाउने शिक्षक भरखर प्लस टु सकेका अविवाहित महिलालाई राख्ने गरको पाइन्छ । अविवाहित शिक्षिकालाई नानीहरूको आनीबानी राम्रोसँग थाहा हुँंदैन । त्यसैले पनि स–साना बालबालिकालाई कसरी पढाउने , के भन्यो भने नानीहरू खुशी हुन्छन्, कसरी पढाउँदा उनीहरूले ध्यान दिन्छन् भन्ने कुराको ख्याल त्यति गर्न सक्दैनन् ।

 

धेरै जसो शिक्षकको मानसिकता विद्यार्थीले हेप्छन् भने र कक्षा कोठामा अलि कडा रूपमै प्रस्तुत हुने र विद्यार्थीलाई हेप्ने प्रवृत्तिले गर्दा कतिपय बालबालिका खुल्न सकेका हुँंदैनन् । नबोलेर चुप लाग्ने विद्यार्थी नै शिक्षकको नजरमा ज्ञानी विद्यार्थी हुने गर्छ । मनो विद् करुणा कँुवर भन्छिन्, ‘ कक्षामा बोल्न खोज्ने बालबालिकालाई बोल्न नदिंदा उसले आत्मबल र आत्मविश्वास नै गुमाउने गर्छ । जहिले पनि बोल्दा संकोच मान्ने , मैंले बोले को गल्ति हुन सक्छ भने र आत्मग्लानी हुन सक्छ ।’

सरकारी तथ्यांक अनुसार विगत तीन दशकयता अढाइदेखि १० महिने तालिम लिएका शिक्षकको संख्या एक लाख ६५ हजार चार सय २३ छ । तथ्यांकले तालिमप्राप्त शिक्षकको संख्या धेरै देखाए पनि निजी विद्यालयमा तालिमप्राप्त शिक्षकको संख्या निकै कम छ ।यसै गरी, शिक्षा मन्त्रालयले शिक्षकका लागि आठ वटा सक्षमता निर्धारण गरेको छ । जसमा, विषयवस्तुको ज्ञान, सिकाइका तरिका, बालबालिकाको सिकारु शैलीसम्बन्धि ज्ञान, सिकाइ वातावरण र कक्षा व्यवस्थापन, सञ्चार र सहकार्य, निरन्तर सिकाइ र पेशागत विकास, कानुनी आधार र पेशागत आचार संहिता, सुचना तथा सञ्चार प्रविधिसम्बन्धि ज्ञान पर्छन् । 

शिक्षकले तालिममा सबै कुरा सिके पनि व्यवहारमा भने ल्याएको पाइँंदैन । त्यसैले , शिक्षकले यदि अभिभावकसँग तपाईंको छोरा वा छोरी चकचके , पटपटे , सोझो , लुसो र पढ्न ध्यान दिंदैन भने र विद्यार्थीको शिकायत गर्नुभन्दा पहिले पढाउने तरिकामा आफैंंमा पो केही त्रुटी छ कि भने र पहिल्याउन आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.