कोकाकोला जिरो अब नेपालमा
काठमाडौं ः कोकाकोला कम्पनीको अत्यन्तै सफल र नवीनतम उत्पादन ‘कोकाकोला जिरो' नेपालमा आएको छ । विश्वका एक सय ५० भन्दा बढी देशमा उपलब्ध रहेको कोकाकोला जिरोलाई कम्पनीले नेपालमा भित्र्याएको हो ।
यसको उपलब्धताले नेपालमा विद्यमान ब्रान्ड कोक, स्प्राइट, फ्यान्टा, माज्जा, स्वेप्स, किन्ले र मिनेट मेड जुसमा थप सशक्तता प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ । कोक जिरोको विशिष्टता भनेको सुगररहित भएर पनि यसको स्वाद कोकाकोलाको जस्तै हुनु हो ।
कोक जिरो नेपालका १५ वटा प्रमुख सहरमा रहेका विभिन्न परम्परागत पसल, आधुनिक व्यापारिक केन्द्र र कोकाकोलासँग आबद्ध विशेष स्थानबाट बिक्रीवितरण गरिने कम्पनीले जनाएको छ । कोक जिरोको सशक्त, विशिष्ट र व्यक्तिगत छबिलाई ध्यानमा राख्दै नायिका प्रियंका कार्की, गायक सविन राई तथा गायिका इन्दिरा जोशीले यो उत्पादन सार्वजनिक गरेका छन् ।
कोक जिरो सार्वजनिक कार्यक्रममा बीआईजी का क्षेत्रीय निर्देशक कृष्णकुमारले कम्पनीको नेपालमा भएको हाम्रो व्यवसायको दीर्घकालीन भविष्यका लागि निकै आशावादि रहेको बताएका छन् । उनले कोकाकोला जिरो विभिन्न बजारमा उपभोक्ताको पहिलो छनोट हुँदै आएको र नेपालमा पनि सफल हुने बताए ।
साथै कम्पनीले कोकाकोला जिरो उत्पादन गर्न नेपालमै पू्र्वाधार विकास पनि गरि सकेको जनाएको छ । कम्पनीका अनुसार यो पाँच सय, तीन सय र एक सय ८० मिलिमा उपलब्ध हुनेछ ।