कलर्सको प्राइड पी ८५ बजारमा

कलर्सको प्राइड पी ८५ बजारमा

काठमाडौंः कलर्स मोबाइलले प्राइड श्रृखलाको नयाँ आयामका रूपमा प्राइड पी ८५ स्मार्टफोन भिœयाएको छ । नयाँ पुस्तालाई सुहाउँदो स्मार्टफोन बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

उक्त स्मार्टफोन फिंगर प्रिन्ट सेन्सरयुक्त रहेको छ । अत्यन्त छरितो र स्टाइलिस डिजाइनमा उपलब्ध यस स्मार्टफोनमा प्रयोग भएको फिंगर प्रिन्ट अनलक गर्ने विशेषताभन्दा अन्य धेरै विशेषताका साथ आएको कम्पनीले जनाएको छ । प्राइड पी ८५ मा भएको फिंगर प्रिन्ट सेन्सरमार्फत सजिलै फोटो खिच्न सकिने छ ।

फोनमा तेब्बर एलईडी फ्ल्याससहितको ८ मेगापिक्सेल क्षमताको मुख्य क्यामरा र ५ मेगापिक्सेल क्षमताको फ्रन्ट क्यामरा रहेको छ । फोनमा १.३ गिगाहर्ज क्वार्डकोर प्रोसेसरसहित १ जीवी ¥याम रहेको छ । १६ जीवी इन्टरनल मेमरी रहेको फोनलाई ३२ जीवीसम्म क्षमता बढाउन सकिने कम्पनीले जनाएको छ ।

पाँच इन्च एचडीआइपीएस स्क्रिन रहेको उक्त स्मार्टफोनमा २५ सय एमएएच क्षमताको ब्याट्री रहेको छ । यो स्मार्टफोनमा रहेको फिंगर प्रिन्टले ५ सेकेन्डमै प्रतिक्रिया जनाउने कम्पनीले जनाएको छ । यो फोनको बजार मूल्य ११ हजार चार सय ९५ रहेको छ ।

टेलिटक प्रालिका कार्यकारी निर्देशक सञ्जय अग्रवालले कडा मिहिनेतका कारण फिंगर प्रिन्ट सेन्सरसहितको पर्फेक्ट सेल्फि स्मार्ट क्यामरा फोन नेपाली बजारमा ल्याएको बताएका छन् । उनले यो स्मार्टफोनमार्फत आफू धेरै नै उत्साहित भएको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.