‘म्यागेजिन–कारिता’ मा नयाँ अभ्यास

 ‘म्यागेजिन–कारिता’ मा नयाँ अभ्यास

यो ‘ स्तम्भ’ नेपालको सञ्चार क्षेत्रमै समर्पित रहने छ । नेपालको पत्रकारिताको सबैभन्दा ‘ कान्छो प्रकाशन’ का रूपमा अन्नपूर्ण टुडेको नियमित प्रकाशन सुरु भएको छ । कुराको थालनी आफैंबाट गर्छौं । रेडियो अन्नपूर्ण नेपाल ९४ मे गाहर्जको सम्पादकीय/व्यवस्थापकीय भूमिकामा डेढ वर्ष बिताएपछि मनमा लेखन पत्रकारितातिरै फर्कने सोच हुर्कंदै थियो । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भन्नुभयो , ‘ अब म्यागेजिन निकालौं । बजारको अध्ययनसहित तयारी थाल्नुस् ।’

क्याप्टेन थापाको प्रस्तावले मन जाँगरिलो भएर आयो । महाभुकम्प र लोडसेडिङको मारमा परेका बखत रेडियो सञ्चालन गर्नु कम्ती कठिन थिएन । त्यसमाथि विषयवस्तुभन्दा बढी व्यवस्थापकीय झण्झटमा फस्नु पर्दा निराशा बढेको थियो । नयाँ प्रस्तावले नयाँ उत्साह जन्मियो । १७ वर्षअघि म्यागेजिनमा काम सुरु गर्दाका दिनहरू स्मृतिमा आए । त्यसबेला कान्तिपुर पब्लिकेसन्सले प्रकाशन थालेको नेपाल राष्ट्रिय पाक्षिकका संस्थापक सम्पादक विजयकुमारसँग सुरुकै टिममा रहेर मैले म्यागेजिनकारिताको अभ्यास थालेको थिएँ ।

त्यसअघि केही टेब्लोइड साप्ताहिक पत्रिकाहरू (दृष्टि, जनआस्था, पत्रिका सातदिने )का अतिरिक्त काठमाडौं टुडे पाक्षिकका लागि पनि ‘ स्टोरी’ हरू लेखे र पत्रकारिताको करिअर बढाएको थिएँ । यी दुई दशकमा नाम चलेका कम्तिमा आठजना सम्पादक खेपे पछि आफैंलाई सम्पादक हुने प्रस्ताव आयो , जसलाई चुनौतीपूर्ण अवसरका रूपमा लिएर म तयारीमा जुटें । तयारीका चरणमा सहकर्मी साथीहरूले मूलतः तीन वटा प्रश्न गरे ।

एकजनाले सोधे , सूचना प्रविधिको विकाससँगै पत्रकारिता डिजिटल हुँदै जाँदा म्यागेजिन कसरी चल्छ ? अर्काले थपे , ‘ ह्वाट इज योर सेलिङ् प्वाइन्ट ?’ सँगैको अर्को शुभचिन्तक साथीको चासो थियो , नयाँ यसमा के हुन्छ ? गतिलो न्यूज म्यागेजिन उत्पादन होस् भन्ने मनसायबाट आएका ती प्रश्न साँच्चिकै सो चनीय छन् । नेपालको छापा पत्रकारिताको भविष्य चुनौतीपूर्ण हुँदै गएकामा दुईमत छैन । झन् बजारको कोणबाट म्यागेजिनहरूको अवस्था उत्साहप्रद नदेखिँदा प्रश्नहरू जन्मनु अस्वाभाविक होइन । तर , म्यागेजिनको स्पेस नै छैन भनेर हच्किनु पर्ने अवस्थाचाहिँ देखिँदै न ।

आज पनि पब्लिकेसन्सहरूले ‘ सर्कुलेसन’ बढ्दै गरेको दावा गरिर हेका छन् । अर्थात्, पत्रिका बिक्छ । पत्रिका बिक्न बलियो पाठ्यसामग्री चाहिन्छ । छापाले धेरै भन्दा धेरै पाठकलाई आकर्षित गर्ने स्तरको सामग्री पस्कन नसक्दा यसतर्फ उनीहरू विमुख भएका हुन् । त्यसमाथि संख्यात्मक दृष्टिले नेपालमा मिडिया यति धेरै भइसके कि ती हाम्रा आवश्यकता हुन् कि होइनन् ? अन्यौल नै छ । २०७१ सालको प्रेस काउन्सिलको रिपोर्टले भन्छ, सात हजार भन्दा बढी पत्रपत्रिका दर्ता भएका छन्, जसमध्ये आठ सय प्रकाशित हुन्छन् ।

 

रेडियो साढे ६ सय छन् भने टीभी ८२ वटा । अनलाइन पोर्टलको बाढी नै आएको छ । पत्रकार महासंघको तथ्यांकअनुसार १० हजार भन्दा बढी त पत्रकार नै छन् । तर , औंलामा गन्न सक्ने केही पत्रकार मात्रै छन्, जसले खोजी समाचार गरिरहेका छन् । हामी संख्या बढाउनतिर लाग्यौं, सञ्चार सामग्रीको गुणस्तर बढाउने तिर लागेनौं । त्यसैले चल्ला र ? भन्ने प्रश्न हामी आफैंभित्र आउँछ । अन्यथा, हामीले दीपाश्री निरौलाले निर्माण गरेको ‘ छक्कापञ्जा’ लाई नै उदाहरणका रूपमा लिनसक्छौं । नेपाली फिल्म चल्छ भने र कसले सोच्छ र ? एकाधबाहेक नेपाली सिनेमा डुबेका छन् ।

तर , ‘ छक्कापञ्जा’ ले नयाँ मानक निर्माण ग¥यो । यसको अर्थ, केही फर क स्वाद दिन सक्ने हो भने ‘ स्पेस’ छ भन्ने पाठ यसले दिन्छ । नयाँको नाममा ‘ टाउको ले हिंड्ने ’ अभ्यास होइन, केही फरक स्वाद पस्किन सके म्यागेजिन–कारिता पनि फस्टाउँछ । इन्टरनेट र प्रविधिको विकासले छापा र विद्युतीयबीचको प्रतिस्पर्धा बढाएको छ तर म्यागेजिनको ‘ एडभान्टेज’ के छ भने , न्यूजपोर्टल, दैनिक अखबार , रेडियो , टीभी बढीजसो ताजा र घटना प्रधान विषयबस्तुमा केन्द्रित हुँदै गर्दा हामी घटना पछाडिका र हस्य खोतल्न र मुद्दाहरूको गहन विश्लेषण गर्नतिर लाग्न सक्छौं । सारमा, चुनौती र अवसर दुवै छ, हामीसँग । यसलाई अवसरका रूपमा सदुपयोग गर्न हामी प्रतिवद्ध छौं ।

यो स्तम्भमा यो अंक आफ्नै कुरा राखियो । आगामी अंकहरूमा नेपाली पत्रकारिता क्षेत्रसँगै सरोकार राख्ने विषयवस्तुहरू माथि विमर्श बढाइने छ । हामी पत्रकारहरू समाजका अरु क्षेत्र, संस्था, व्यक्तिका आचरणमाथि प्रश्न उठाउँछौं । कतिका सफलताका कथा लेख्छौं । कति त्रुटी/कमजोरी के लाउँछौं । सबै हाम्रा निगरानीमा हुन्छन् । तर , हाम्रो निगरानी कसले गर्ने ?

हामी आफैंमाथि पनि निगरानी आवश्यक छ । त्यसैले हाम्रा विषयहरू माथि पनि विमर्श, टिप्पणी हुनुपर्छ । हामी सञ्चार क्षेत्रका सकारात्मक र नकारात्मक दुवै पक्षलाई निरन्तर उजागर गर्ने जमर्को पनि गर्नेर्छौं । हामीलाई लाग्छ, जब हामी आफ्ना भनाइ प्रष्टसँग राख्छौं, तब मात्रै अरुलाई प्रश्न गर्नसक्ने ताकत राख्छौं र अरुका विषयमा टिप्पणी गर्न समर्थ हुन्छौं ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.