नृत्यमा नाटक
साहित्यकार सरुभक्त आफैं नाटककार हुन् तर उनले ‘ज्यानमाया ’ खण्डकाव्य लेख्दा यसको नाट्यस्वरूपको परिकल्पना गरेका थिएनन् । तर , भारतको लखनउबाट कत्थक नृत्यमा स्नातकोत्तर गरेकी नम्रता केसीले ‘ज्यानमाया ’लाई नाटक बनाउन अनुमति माग्दा उनी सुखद् आश्चर्यमा परे ।
सानैदेखि कथा मन पराउने नम्रता नृत्यमार्फत कथा भन्ने उपाय सोचिरहेकी थिइन् । रंगमञ्चमा उनले आफ्नो सपना साकार हुने दे खिन् । नृत्यनाटक ‘ज्यानमाया ’ त्यसैको परिणाम हो । उनी अब यो जनाबद्ध यस्ता काम गर्दैछिन् ।
रंगमञ्चका दर्शकले नम्रताको प्रशंसा गरे । त्यसो त, नम्रताले यसअघि नै ‘स्वान लेक ’ नामक जापानी लोककथामा आधारित नृत्य नाटकको निर्देशन गरेकी थिइन्, अभिनेता नाजिर हुसेनसँग मिलेर । ‘नृत्यविना नम्रता अपूरो र अधुरो ,’उनी भन्छिन्,‘मलाई नृत्यबाहेक केही आउँदैन र अरु केही गर्नु पनि छैन ।
प्रतिक्रिया दिनुहोस !