तेस्री पत्नी फस्ट लेडी !

तेस्री पत्नी फस्ट लेडी !

सन् १९९६ मा न्युयोर्कमा भएको एउटा फेसन विकमा मेलिनियालाई डोनाल्ड ट्रम्पले भेटेका थिए । त्योभन्दा दुई वर्षअघिमात्रै उनी न्युयोर्कमा आएकी थिइन् । अर्बपति डोनाल्ड ट्रम्पसँगको पहिलो भेटपछि बढेको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेकी मेलिनिया अब अमेरिकाको प्रथम महिला बन्ने भएकी छन् । उनीहरूको विवाह भने सन् २००५ मा भएको हो । त्यस बेला सयौं पाहुनाका बीचमा डोनाल्डका प्रतिद्वन्द्वी हिलारी क्लिन्टन पनि उपस्थित थिइन् ।

डोनाल्डलाई विदेशी श्रीमती मेलिनियाका लागि अमेरिका बस्ने भिसा लगाइदिएको आरोप लागेको थियो । मेलिनिया स्लोभानियाकी नागरिक हुन् । स्लोभानियाबाट करिअर बनाउन अमेरिका पुगेकी उनलाई कानुनी रूपमा त्यहाँ बस्न डोनाल्डले चाँजोपाँजो मिलाइदिएका थिए । केही समयपहिला मेलिनियाले आफू अन्य प्रथम महिलाभन्दा फरक हुने अभिव्यक्ति दिएकी थिइन् । चुनावी दौरानमा उनलाई मिडियाले प्रश्न गर्दा उनले भनेकी थिइन्, 'यो एक्काइसौं शताब्दी हो, अरू फस्र्ट लेडीजस्तै हुनुपर्छ भन्ने छैन ।'

 

रिपब्लिकन पार्टीबाट उठेका आफ्ना पति डोनाल्डलाई सधैंभरि सहयोग गर्ने उनले बताएकी थिइन् । आफू साँच्चै परम्परावादी हुने दावीसहित बालबालिका तथा महिलाका लागि काम गर्ने बताएकी थिइन् । डोनाल्डको धेरै महिलासँग सम्बन्ध भएको र महिलासँगको विषयमा अनेकखाले प्रतिक्रिया बाहिरिएपछि उनी विवादमा तानिएका थिए तर डोनाल्डको चरित्र हत्या गर्ने गरी आएका खबर सत्य नभएको दाबी पनि उनले गरेकी थिइन् । 'म श्रीमान्‌को विश्वास गर्छु । कुनै आधारबिना यस्ता आरोप लगाउनु बकबास हो', उनले भनेकी थिइन् ।

४६ वर्षीया मेलिनिया डोनाल्डकी तेस्री श्रीमती हुन् । उनले १८ वर्षदेखि मोडलिङ सुरु गरेकी थिइन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.