श्यामको पर्दाफास

श्यामको पर्दाफास

नजिकिँदै गरेको तिहारको रमझमसँगै गायक श्याम सामसोङको तेस्रो एकल एल्बम 'मुर्चुंगा २' र यसको म्युजिक भिडियो श्रोता दर्शकमाझ भिजिरहेको छ । आधुनिक गीतहरूको यस एल्बममा उनले 'पर्दाफास भो' बोलको गीतको भिडियो तयार गरेका छन् । विक्रम राईको शब्द संगीतमा विज्ञान राईले निर्देशन गरेको भिडियोमा केकी अधिकारी र योगन्द्र राईले मोडलिङ गरेका छन् ।

यो एल्बमका कारण पनि यो तिहार श्यामका लागि विशेष बनेको छ । एल्बमको प्रवद्र्धनमा उनले विशेष जोड दिएका छन । त्यसका लागि सांगीतिक चाड तिहार उनका लागि सार्थक बन्ने पक्का छ । २०७४ सालमा भोजपुरकी मैयुङमा भव्य महोत्सव आयोजना गर्ने लक्ष्यका साथ उनी तिम्मा सरोकार समाजमार्फत यस वर्ष देउसीभैलो खेल्न तयारीमा छन् । उनी यस समाजका सचिव पनि हुन् । ख्यातिप्राप्त कलाकारदेखि भोजपुरबाट राजधानी आई बसेका गन्नेमान्ने मानिसकहाँ देउसी खेल्ने समाजको योजना रहेको उनको भनाइ छ । आफ्ना दिदी गाउँमा भएकाले गत सालजस्तै यस वर्ष पनि सानीआमाको छोरीको हातबाट भाइटीका लगाउने तयारीमा छन् ।

२०५७ सालमा पहिलो गीत रेकर्ड गराएका गायक श्यामले भारतको लखनउस्थित भातखण्डे संगीत विश्वविद्यालयबाट शास्त्रीय संगीत (गायन)मा स्नातकोत्तर गरेका छन् । त्यसैगरी उनले बनारस घरानाबाट स्वर्गीय पं. गणेशप्रसाद मिश्रसँग ६ वर्ष संगीत शिक्षा लिएका छन् ।

डीएभी स्कुलमा करिब तीन वर्ष संगीत शिक्षकका रूपमा काम गरेका श्यामको अनुभवमा शास्त्रीय संगीतमा लागेर नेपालमा व्यासायिक रूपमा अगाडि बढ्न निकै कठिन छ । उनी हाल संगीतमा भविष्य बनाउन चाहने विद्यार्थीलाई संगीत सिकाइरहेका छन् । संगीतको जुनसुकै विधामा लागे पनि त्यसको आधार शास्त्रीय संगीत भएको उनको भनाइ छ । 'संगीतको जुनसुकै विधाका लागि शास्त्रीय संगीत आधार भए पनि सिक्नैपर्छ भन्ने छैन । सम्भव भए सिके हुन्छ', गायक श्याम भन्छन्, 'स्वर राम्रो छ भने सिक्नैपर्छ भन्ने छैन ।'

आफूलाई मन पर्ने अग्रज कलाकारको नाम लिनुपर्दा उनी नारायणगोपाल, दीप श्रेष्ठ, अरुण थापालाई सम्झन्छन् । भोजपुरको तिम्मा गाविसमा जन्मेका श्याम २०५५ सालमा काठमाडौं आएका हुन् । गितार बजाएर गाउँमा पनि गाउँदै हिँड्ने श्याम काठमाडौं आउनुको खास कारण उच्चशिक्षा हासिल र संगीतप्रतिको लगाव नै हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.