संगीतमा आरसीको आकर्षण

संगीतमा आरसीको आकर्षण

काठमाडौंमा आयोजित एक सांगीतिक कार्यक्रममा ड्यासमा आएर गायक सत्यराज आचार्यले संगीतकार आरसी थापालाई 'गोडा' गर्न अनुरोध गरे । के हो 'गोडा' सबै अलमलमा परे तर पछि उनले प्रस्ट पार्दै गोडा अर्थात् गोविन्दा डान्स भनेपछि संगीतकार थापाले स्टेजमा आएर बलिउड नायक गोविन्दाकै झल्को आउने नृत्य प्रस्तुत गरेर उपस्थित सबैलाई हँसाए । हेर्दा गोविन्दाजस्तै देखिने आरसी अर्थात् रामचन्द्र थापालाई सानैदेखि संगीतमा सौख थियो । दोलखा चरीकोटमा जन्मिएका उनी १४, १५ वर्षकै उमेरमा विद्यालयका विभिन्न कार्यक्रममा गीत गाउँदै हिँड्थे ।

कुरा २०५४ सालतिरको हो । त्यतिबेला उनी कलेजमा पढ्दै थिए । पपगीतको लहर चलेको थियो । उनले पनि आफ्ना दुई साथीहरू कुलराज थापा र टेन्जिङ सेरप लामासँग मिलेर आरकेटी समूह स्थापना गरे । सोही समूहले 'जिन्दगीको यात्रा' नामक एक एल्बम निकालेर त्यसको एउटा गीत सपनीमा आउने मायाको भिडियोसमेत तयार पारे । अभिनयमा समेत रुचि राख्ने उनले १० वर्ष अगाडि एउटा टेलिसिरियल पनि बनाएका थिए । त्यतिबेला अस्ट्रेलिया जानु परेकाले उक्त टेलिसिरियल प्रसारण हुन नपाएको उनले बताए ।

कर्मभूमि अस्ट्रेलियालाई बनाए पनि आरसी थापाको संगीतप्रतिको लगाभ भने कम भएन । अस्ट्रेलियामा रहँदा पनि गीत लेखन र संगीतमै बिताउन थाले । झन्डै दुई दशकभन्दा लामो समय संगीतमा लगाइसकेपछि एकल संगीतमा एल्बम निकाल्ने आफ्नो धोको उनल पूरा गरेका छन् । दुई वर्षअगाडि उनको एकल संगीतमा रहेको पहिलो एल्बम 'प्रारम्भ'को पहिलो गीत रेकर्ड भएको थियो । आफूलाई मन पर्ने गायकद्वय सत्य र स्वरूपराज आचार्यको स्वरमा आफ्नै संगीतमा पाँचवटा गीत रेकर्ड गराएर उनले एल्बम तयार पारे । नायिकाद्वय प्रियंका कार्की र नन्दिता केसीले मोडलिङ गरेको दुई गीतको भिडियो अहिले निकै चर्चित भएको छ ।

आधुनिक, लोक, पप र गजल मन पराउने आरसी आफूले एल्बमको गीतमा विविधता पस्कने प्रयास गरेको बताए । थापा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) का ग्लोबल महासचिव पनि हुन् । ग्लोबल इनासले सिक्किम इनास र सिक्किम चलचित्र विकास बोर्डसँग मिलेर सिक्किमको ग्यान्टोकमा अवार्ड कार्यक्रमको आयोजना गरेको छ । फुर्सद हुँदा गीतसंगीत र साहित्यमा रुचि राख्ने थापा आफ्नो सांगीतिक समूह आरकेटीको दोस्रो एल्बम निकाल्ने तयारीमा लागेका छन् । आफू जुनसुकै मुलुकमा रहे पनि नेपाली संगीत र कलाकारिता क्षेत्रको उत्थानमा लागिरहने उनको चाहना छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.