कहाँ खेल्छन् केटाकेटी ?

कहाँ खेल्छन् केटाकेटी ?

नयाँबानेश्वर, एकता मार्ग नजिकैको साँघुरो गल्लीमा आरोहण निरौला (११) उनकै उमेर समूहका साथीहरूसँग प्रायजसो क्रिकेट खेलिरहेको भेटिन्छन् । विदाको दिन अनि स्कुलबाट घर आउने बित्तिकै उनी र साथीहरू ब्याट/ बल बोकेर गल्लीमा निस्किहाल्छन् । ‘ नखेल वरपर घरका झ्याल फुट्न सक्छ भनेर कराउँछु तर मान्दै मान्दैन,’ आरोहणकी आमा लीना दाहाल भन्छिन्, ‘ स्कुलबाट झोला बिसाउनेबित्तिकै ब्याट बल बोकेर कुदिहाल्छ ।’

आरोहणलाई पनि साँघुरो गल्लीमा होइन, ठूलै चौरमा खे ल्ने रहर छ तर उनी बस्ने टोल वरिपरि त्यस्तो खेल्न मिल्ने चौर नै छैनन् । एउटा निजी खाली जग्गा त छ, त्यो पनि गाडी सिकाउने कम्पनीले भाडामा लिएपछि उनीस“ग गल्लीमै खुम्चिएर खेल्नुको विकल्प छैन । भन्छन्, ‘ आमाबुबाले टाढा खेल्न जान दिनुहुन्न । त्यसैले यहीं खे ल्छु ।’

उमेरमा आरोहणभन्दा ठूला जीतबहादुर रानामगर (१७) लाजिम्पाटबाट बिहान ६ बज्दा नबज्दै टुँडिखेल आइपुग्छन् । ‘ घर नजिकै खेल मैदान छैन,’ साथीले पास गरेको बल रोक्दै उनी भन्छन्, ‘सधैं माइक्रो बस चढेर आउनुपर्छ । नजिक चौ र भएको भए समय र पैसा दुवै बच्थ्यो नि ।’ टेबलटे निसका शौखिन किर्तिपुर पाँगाका प्रसन्न महर्जन (१२) अचेल आमाको मोबाइलमा गेम खेलेर बस्छन् । घरै अगाडिको खाली भागमा छिमेकीले बालुवा र गिटी थुपार्न थाले पछि उनले टीटी खेल्न पाएका छैनन् । भन्छन्, ‘ कि त स्कूलमा खेल्यो , नभए घरै बसेर मोटुपत्लु हेर्छु । बत्ति गयो भने ममीको मोबाइलमा गेम खेल्छु ।’

यी केही उदारहण मात्रै हुन् । काठमाडौंका अधिकांश बालबालिकाको आफ्नो घर आसपास खेल्ने चौर छैन । जसले गर्दा स्कुल समयबाहेक उनीहरू घरमै खुम्चे र बस्न बाध्य छन् । विभिन्न किसिमका सुविधा र विश्व जगतसँगको पहुँचको सहजताका हिसाबले देशभरिबाट काठमाडौं आउनेको संख्या बढ्दो छ । बढ्दो जनसंख्यासँगै निजी घर तथा व्यावसायिक भवन तीव्र निर्माण भइरहेका छन् तर ती व्यवस्थित छैनन् ।

सहरीकरण विकासको दीर्घकालिन सोच र इन्जिनियरिङ दृष्टिकोणबाट फराकिलो नभएको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल दाबी गर्छन् । ‘ जताततै घरैघर बन्ने क्रमले सहरको सौन्दर्य बिगारेको छ । त्यसको प्रत्यक्ष मारमा बालबालिका पनि छन्,’ उनी भन्छन्, ‘ हाम्रो दीर्घकालिन सोचमै केही व्यवस्थित सहरी विकासको मुख्य पक्ष मिसिङ भए । जग्गा खण्डिकरण, पूर्व व्यवस्थित बस्ति विकासका लागि आवश्यक मापदण्ड लागू गर्न नसक्नुले समस्या आएको छ । बालबालिकाका लागि खेल्ने ठाउ“को अभाव हुनु पनि यसैको परिणति हो ।’

काठमाडौंमा केही खेल्ने ठाउँ छन् । टुँडिखेल, दशरथ रंगशाला, जावलाखेलको खेलमै दान, किर्तिपुरको क्रिकेट मैदान, सानो गौचरण आदि । तर , ती ठाउँव्यावशायिक खेलाडीले नै भरिने भएकाले बालबालिकाको पहुँच हुँदैन । बरू, बालाजु पार्क, रत्नपार्क आदिमा चाहि“ अभिभावकसँग बालबालिका जान्छन् । यस्ता पार्कहरू यहा“ जनसंख्याको तुलनामा निकै कम छन् । ०६८ को जनगणनाअनुसार काठमाडौं उपत्यकाका पाँचदेखि १५ वर्ष उमेर समूहका दुई लाख ८७ हजार बालबालिका छन् । काठमाडौं महानगर पालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्की भन्छन्, ‘ त्यो तुलनामा यहाँ सार्वजनिक स्थल अत्यन्त न्यून छन् ।’

‘भर्चुअल गेम’मा रमाउँदै
राष्ट्रिय यो जनामा अब खाने पानी, सडक, आवासबाहेक हरित क्षेत्रको महइभ्वले ठाउँ पाउन थालेको छ । योजना आयोगले भर्खरै ‘ एकीकृत यो जनावद्ध सहरी विकास मापदण्ड’ को मस्यौदा पारित गरेको छ । यसबाट महानगर ,उपमहानगरका साथै नवघोषितसहित दुई सय १७ नगर पालिकाले आफ्नो नगरको विकास गर्न स्पष्ट खाका तयार पार्ने भएका छन् ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनीलबाबु श्रेष्ठ मापदण्डले नगर क्षेत्रमा नयाँ बस्ति विकास गर्नुपूर्व नै बालमैत्री योजना तय गर्न निर्देशन गरेको दाबी गर्छन् । भन्छन्, ‘ मैंले विकासमा हरित पूर्वाधारको अवधारणाबारे बहस उठाएको छु । यस्तो क्षेत्र वृद्ध तथा बालबालिका दुवै वर्गका लागि अत्यावश्यक छ ।’

खेल्ने ठाउँको अभावमा हाम्रा नानीमा ‘भर्चुअल गेम’ खे ल्ने बानीको विकास हुँदै गएको बताउँछिन् मनोविद् करुणा कुँवर । भन्छिन्, ‘ यसले बालबालिकाको मानसिकतालाई एकोहोरो बनाउने र शारीरिक रूपमा आउनुपर्ने चुस्ततामा कमी हुन्छ ।’ विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिव्यक्ति नौ वर्गफिट हरित क्षेत्र हुनुपर्छ ।

श्रेष्ठका अनुसार काठमाडौंमा सर दर शुन्य दशमलव २५ वर्गमिटर प्रतिव्यक्ति पर्न पनि मुस्किल छ, जुन एकदमै कम हो । विकसित देशमा बालबालिका तथा वृद्धवृद्धाका लागि विशेष सुविधासहित ठाउँ–ठाउँमा पार्क निर्माण गरिएको हुन्छ । हामीकहाँ त्यस्ता ठाउँ छैनन् । यद्यपि, सोचको सुरुवात भएको छ । डा. श्रेष्ठका अुनसार बाल तथा वृद्धवृद्धामैत्री शहर बनाउने परिकल्पनाको थालनी भएको छ ।

‘ अहिलेसम्म सहरी विकास र स्थानीय विकास मन्त्रालयको कार्यसम्पादन शैली र मापदण्ड आ–आफ्नो किसिमको छ । प्राविधिक जनशक्ति सहरी विकाससँग, कार्यान्वयन गर्ने अधिकार स्थानीय विकाससँग हुँदा समन्वयमा समस्या छ,’ उनी भन्छन्, ‘ योजना आयोगको भुमिका समन्वय गर्ने पनि हो । त्यसकारण एकीकृत विकासको उक्त मस्यौदा बनाउँदा सहरी विकास, स्थानीय विकास, भुमिसुधार , भौतिक यो जना, प्रोफेसनल सो साइटी, नगर विकास संघलगायत निकायबीच समन्वय गरिएको छ । अब काम गर्न सजिलो होला ।’

केहीअघि गठित काठमाडौं उपत्यका विकास प्राधिकरणसँग पनि व्यवस्थित सहरी विकासका खाका छन् । प्राधिकरणले ०७० सालमै ५० वर्षे दुरदृष्टि र परिदृष्य, २० वर्षे रणनीति र कार्यनीति, १० वर्षे कार्यक्रम र पा“च वर्षे कार्ययोजना तयार गरेको थियो । उक्त ५० वर्षे मार्गचित्रअन्तर्गत उपत्यकामा पा“च वर्षमा पा“च हजार रोपनीमा आठ सय ५० स्थानमा हरित पार्क बनाउने योजना तय भएको थियो । तिनै योजनालाई कार्यान्वयनमा लैजान लागिपरेको प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारी बताउँछन् ।

प्राधिकरणले हालसम्म उपत्यकामा चार हजार तीन सय ६६ रोपनी क्षेत्रफल बराबरको १० वटा जग्गा एकीकरण आयो जना पूरा गरे पनि काम गर्न निकै चुनौती रहेको उनी बताउँछन् । ‘ अनेक बहानामा जग्गा व्यक्तिका नाममा दर्ता हुने क्रम रोकिएको छैन । अहिलेसम्म खाली स्थान भेटे पछि मन्दिर , धर्मशाला, स् कूल, किरियापुत्री भवनलगायत बनाइहाल्ने प्रचलन उत्तिकै छ ।

त्यसले गर्दा बालबालिकाका खेल्ने ठाउँ मासि“दै गए,’ उनी भन्छन्, ‘ तर , प्राधिकरणले बचेका खाली जमिनको सुरक्षा र उपयोग गर्दै विभिन्न पार्क, सानादेखि ठूलासम्म खे लमै दान निर्माण गर्दै जाने छ ।’ यसअघि बस्ति विकास आयोजनामा तीन प्रतिशत खाली जग्गा छाड्नु पर्ने मापदण्ड थियो । तर, हालै सरकारबाट लागू गराइसकिएको आधार भूत मापदण्डअनुसार अब निजी क्षेत्रले होस् या सरकारले घर तथा भवन बनाउँदा कूल जग्गाको कम्तिमा पाँच प्रतिशत खाली जग्गा राख्नै पर्छ ।

 

गन्तव्य पार्क
सो लुखुम्बुकी अञ्जु खालिङलाई फुर्सदमा नानीहरू लिएर आउने सबैभन्दा सजिलो ठाउँ रत्नपार्क नै लाग्छ । बस्ने ठाउँका साथै वाईफाई सुविधा पनि हुँदा छोराछोरीको बिद्यालय विदा भएका दिन उनी बौद्ध टुसालदेखि यहाँ आउँछिन् । उनी भन्छिन्, ‘हामीजस्ता सामान्य आयका मानिसलाई बारम्बार आउन सकिने ठाउँ हो यो ।’

नयाँ व्यवस्थापनसहित सुविधा थपिएपछि १५ असार ०७२ देखि टिकट काटे र मात्र रत्नपार्क छिर्न सकिन्छ । पार्कमा छोराछोरी लिएर दिनभर सुस्ताउन आउनेको बाक्लै भीड हुन्छ । यहाँ सामान्य दिनमा दुई सयदेखि शनिबारलगायत सार्वजनिक विदाको दिन पाँच सयजनासम्म आउने गरेको काठमाडौं महानगर पालिकाको रत्नपार्क–रानीपोखरी एकाई प्रमुख हरिशरण केसी बताउँछन् ।

एक सय २१ रोपनीमा फैलिएको बालाजु पार्क पनि बालमै त्री बन्दै छ । दुई सय बालबालिका एकै पटक पौडिन सक्ने गरी महानगर पालिकाले चार करोड लागतमा स्विमिङ पुल निर्माण गर्दै छ । यस्तै, चक्रपथस्थित शंखपार्कको पनि भूकम्पले भत्केका पर्खालको पुनर्निर्माण हुँदै छ । जहाँ के ही संख्यामा भए पनि बालबालिका घुमफिर गर्न सक्छन् ।

नागपोखरी, गोल्फुटार क्षेत्रभित्रै चिल्डेन पार्क, ओपन पार्क र फुटबल तथा बास्के टबल ग्राउन्ड, भैंसे पाटी, कुलेश्वर , गोल्फुटारलगायतमा सरकारले योजनावद्ध बस्ति विकास थालेका इलाकामा हरित क्षेत्र राखिएका छन् । जहाँ नानीहरूले खेल्न र माउन पाउँछन् । विशालनगरका व्यवसायी बिक्रमप्रताप शाह (४१) हरेक बिहान छोरी आस्थालाई लिएर नारायणचौरस्थित नन्दिके शर बगैंचामा पुग्छन् । उनी भन्छन्, ‘घर वरिपरि खुल्ला ठाउँ छैन ।

आफूलाई मर्निङवाक पनि हुने , छोरीले पनि खे ल्न पाउने हुँदा एकछिन धाएर यहाँ आउँछु ।’ पाटन, भक्तपुरतिरका पुराना बस्तिमा परम्परागत रूपमै टो ल–टोलबीचमा बनाइने चोक अहिले पनि छन् । बालबालिकाले केही मात्रामा भए पनि ती ठाउँमा खेल्न पाउँछन् । तर , ती क्षेत्रमा पनि घर बन्ने क्रम बढे सँगै खाली ठाउँ लोप हुँदै गएको ज्यापु समाज यलः ललितपुरका सदस्य तथा कलाकार सुरज महर्जन (२७) बताउँछन् । भन्छन्, ‘ हाम्रो पालामा जताततै खालि जमिन थिए, जहाँ खेले पनि हुने , रमाए नि हुने । फराकिला खाली ठाउँलाई मैदान बनाएर फुटबल खेल्थ्यौं । अहिलेका बालबालिकाले कहाँ त्यस्तो अवसर पाउनु । बिचरा भाइहरू साँघुरा गल्लितिर क्रिकेटको अभ्यास गर्छन् ।’

राम्रा खेलडी उत्पादन गर्न सबै बालबालिकाका लागि खेल्ने ठाउँ उपलब्ध हुनु जरुरी छ ।

त्यसो त, अहिले खेलमा विविधता आएको छ । हिजो गाउँघरमा डण्डिबियो , कुस्ती, झुम्राको गोलसम्म खेल्ने प्रचलन थियो । तर , आधुनिकीकरणसँगै अहिले दर्जनौं प्रकारका आउटडोर ÷इन्डोर खेल विकास भइसकेको छ । रियो ओलम्पिक ०१६ को ‘लाइन जज’ बनिसकेका तथा काठमाडौं जिल्ला ब्याडमिन्टनका अध्यक्ष दीपक थापा भन्छन्, ‘ यसले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा नेपाली खे लाडीको पहँुच विस्तार गर्दै लगेको छ । तर , राम्रा खे लाडी उत्पादन गर्न सबै बालबालिकाका लागि खेल्ने ठाउँ उपलब्ध हुनु जरुरी छ ।’

सहरी योजनाकार तथा पूर्वसचिव किशो र थापा भन्छन्, ‘ खेल्न पाउनु बच्चाको नैसर्गिक अधिकार हो । त्यसकारण टोलटोलमा अभिभावकले रेखदेख गर्न सक्ने गरी सानै भए पनि बालबालिका लागि ठाउ“ निकाल्नु राज्य र समाजको दायित्व हो ।’ किर्तिपुर पाँगाका ज्ञानबहादुर मर्हजन (८४)लाई लठ्ठीले काठको पांग्रो गुडाउँदै दौंतरीसँग फाँटैफाँट दौडेको अहिले जस्तो लाग्छ । धमिला आँखाले घरै अगाडि पार्किङ गरेका गाडीका पांग्रो नियाल्दै उनी भन्छन्, ‘ अब कहाँ छन् र ती दिन ? न त नातिनातिनाहरू अब त्यस्ता पाङ्ग्रा गुडाउँछन्, न तिनीसँग हाम्रा पालामा जस्तो खेल्ने , दगुर्ने प्रसस्त ठाउँ नै छ ।’ 

खेल्ने ठाउँको व्यावसायिकरण

आफ्नी सानी छोरीको स्वस्थ हुर्काइप्रति पत्रकार नारायण वाग्ले निकै सचेत छन् । समय निकालेरै उनी छोरी नसना (८)लाई नयाँबाने श्वरस्थित एक व्यावसायिक स्विमिङ पुलमा पुगिरहन्छन् । भन्छन्, ‘ नानीहरूलाई बाल्यकालमा जति मनोरञ्जन दियो , उति स्वस्थ भएर हुर्कन्छन् । त्यही भएर म छोरीलाई कहिले स्विमिङ पुल त कहिले सदर चिडियाखाना पु¥याउँछु ।’

युवा नेता तथा सभासद् रविन्द्र अधिकारी पनि मौका मिले सम्म छोरा स्वराज (७)लाई घुमाउन काठमाडौं फन पार्क लै जान्छन् । एकै ठाउँ धेरै खेल खेलेर खुबै मनोरञ्जन गर्ने र नजिकै भएका कारण उनको छनोटमा फनपार्क परेको छ । चोभारस्थित हुपील्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्कमा र ातो रंगको चिवर उतार्दै गर्दा बालभिक्षु गौतम तामाङ (१२) मुस्कुराउँदै थिए । पा“च वर्षकै उमेरमा भगवान बुद्धका अनुयायी बनाइका उनी हतार –हतार हाफ कट्टु लाएर पानीमा हाम फाले र पौडन थाले ।

साङ्गे छोलिङ गुम्बा, स्वयम्भू, सेतो गुम्बा, बौद्धका करीब दुई सय बाल भिक्षुकै बीचमा कपन पयाँटारबाट आएका दिदीभाइ प्रतिभा (१२) र प्रख्यात गिरी (९) पनि पौडिंदै थिए । आधा घण्टा पौडे पछि ती दिदीभाइ त्यहीं भित्रको जुरासिक पार्क घुम्न लम्किए । तेस्रो पटक यहाँ आएकी प्रतिभा भन्छिन्, ‘ यहाँ आउँदा खुबै मजा आउँछ ।’

यी बालबालिकाको रोजाइले देखाउँछ, राजधानीमा अब व्यावसायिक पार्कले ठाउँ लि“दै छन् । घर वरिपरि खेल्ने ठाउँ अभाव हुन थाले पछि अचेल ‘ रिक्रिएसन’ का लागि व्यावसायिक पार्क÷पुलहरू बन्दै छन् । क्याफे , रेस्टुराँहरूले पनि बालमैत्री वातावरण दिन सुरु गरे का छन् । यस्ता स्थानले अभिभावक र बालबालिका दुवै वर्ग लाभान्वित हुने चोभार हुपिल्यान्डका सञ्चालक सौरभ बस्नेत बताउँछन् ।

बालबालिकाका लागि मनोरञ्जन स्थलको व्यावसायिकर णको सम्भाव्यता देखेपछि २५ करोड लागतमा पार्क सञ्चालनमा ल्याएको उनले दाबी गरे । ६० रोपनीमा फै लिएको पार्कमा एकै पटक चार हजार जनाले मनोरञ्जन लिन सक्छन् । ‘ सबैका लागि सधैंका लागि’ नारा लिएर सञ्चालित काठमाडौं फन पार्कका प्रबन्धक बोधराज कट्टेलका अुनसार मिनी रेलदेखि ड्रागन वल्र्डसम्म ५० प्रकारका खेल खेल्न मिल्ने पार्कमा १५ करोडको लगानी छ ।

पार्कको एउटा कुनो ५/७ वर्षसम्मका बालबालिकाका लागि मन्टेस्वरी शै लीमा तयार गरिएको छ, जहाँ नानीहरू निःशुल्क खेल्न सक्छन् । तीन वर्षदेखि सञ्चालित भक्तपुर साँगास्थित काठमाडौं फन भ्यालीले पनि व्यावसायिक रूपमा सबै उमेर समूहका साथै बालबालिकालाई प्रसस्त मनोरञ्जन प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.