कहाँ खेल्छन् केटाकेटी ?
नयाँबानेश्वर, एकता मार्ग नजिकैको साँघुरो गल्लीमा आरोहण निरौला (११) उनकै उमेर समूहका साथीहरूसँग प्रायजसो क्रिकेट खेलिरहेको भेटिन्छन् । विदाको दिन अनि स्कुलबाट घर आउने बित्तिकै उनी र साथीहरू ब्याट/ बल बोकेर गल्लीमा निस्किहाल्छन् । ‘ नखेल वरपर घरका झ्याल फुट्न सक्छ भनेर कराउँछु तर मान्दै मान्दैन,’ आरोहणकी आमा लीना दाहाल भन्छिन्, ‘ स्कुलबाट झोला बिसाउनेबित्तिकै ब्याट बल बोकेर कुदिहाल्छ ।’
आरोहणलाई पनि साँघुरो गल्लीमा होइन, ठूलै चौरमा खे ल्ने रहर छ तर उनी बस्ने टोल वरिपरि त्यस्तो खेल्न मिल्ने चौर नै छैनन् । एउटा निजी खाली जग्गा त छ, त्यो पनि गाडी सिकाउने कम्पनीले भाडामा लिएपछि उनीस“ग गल्लीमै खुम्चिएर खेल्नुको विकल्प छैन । भन्छन्, ‘ आमाबुबाले टाढा खेल्न जान दिनुहुन्न । त्यसैले यहीं खे ल्छु ।’
उमेरमा आरोहणभन्दा ठूला जीतबहादुर रानामगर (१७) लाजिम्पाटबाट बिहान ६ बज्दा नबज्दै टुँडिखेल आइपुग्छन् । ‘ घर नजिकै खेल मैदान छैन,’ साथीले पास गरेको बल रोक्दै उनी भन्छन्, ‘सधैं माइक्रो बस चढेर आउनुपर्छ । नजिक चौ र भएको भए समय र पैसा दुवै बच्थ्यो नि ।’ टेबलटे निसका शौखिन किर्तिपुर पाँगाका प्रसन्न महर्जन (१२) अचेल आमाको मोबाइलमा गेम खेलेर बस्छन् । घरै अगाडिको खाली भागमा छिमेकीले बालुवा र गिटी थुपार्न थाले पछि उनले टीटी खेल्न पाएका छैनन् । भन्छन्, ‘ कि त स्कूलमा खेल्यो , नभए घरै बसेर मोटुपत्लु हेर्छु । बत्ति गयो भने ममीको मोबाइलमा गेम खेल्छु ।’
यी केही उदारहण मात्रै हुन् । काठमाडौंका अधिकांश बालबालिकाको आफ्नो घर आसपास खेल्ने चौर छैन । जसले गर्दा स्कुल समयबाहेक उनीहरू घरमै खुम्चे र बस्न बाध्य छन् । विभिन्न किसिमका सुविधा र विश्व जगतसँगको पहुँचको सहजताका हिसाबले देशभरिबाट काठमाडौं आउनेको संख्या बढ्दो छ । बढ्दो जनसंख्यासँगै निजी घर तथा व्यावसायिक भवन तीव्र निर्माण भइरहेका छन् तर ती व्यवस्थित छैनन् ।
सहरीकरण विकासको दीर्घकालिन सोच र इन्जिनियरिङ दृष्टिकोणबाट फराकिलो नभएको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल दाबी गर्छन् । ‘ जताततै घरैघर बन्ने क्रमले सहरको सौन्दर्य बिगारेको छ । त्यसको प्रत्यक्ष मारमा बालबालिका पनि छन्,’ उनी भन्छन्, ‘ हाम्रो दीर्घकालिन सोचमै केही व्यवस्थित सहरी विकासको मुख्य पक्ष मिसिङ भए । जग्गा खण्डिकरण, पूर्व व्यवस्थित बस्ति विकासका लागि आवश्यक मापदण्ड लागू गर्न नसक्नुले समस्या आएको छ । बालबालिकाका लागि खेल्ने ठाउ“को अभाव हुनु पनि यसैको परिणति हो ।’
काठमाडौंमा केही खेल्ने ठाउँ छन् । टुँडिखेल, दशरथ रंगशाला, जावलाखेलको खेलमै दान, किर्तिपुरको क्रिकेट मैदान, सानो गौचरण आदि । तर , ती ठाउँव्यावशायिक खेलाडीले नै भरिने भएकाले बालबालिकाको पहुँच हुँदैन । बरू, बालाजु पार्क, रत्नपार्क आदिमा चाहि“ अभिभावकसँग बालबालिका जान्छन् । यस्ता पार्कहरू यहा“ जनसंख्याको तुलनामा निकै कम छन् । ०६८ को जनगणनाअनुसार काठमाडौं उपत्यकाका पाँचदेखि १५ वर्ष उमेर समूहका दुई लाख ८७ हजार बालबालिका छन् । काठमाडौं महानगर पालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्की भन्छन्, ‘ त्यो तुलनामा यहाँ सार्वजनिक स्थल अत्यन्त न्यून छन् ।’
‘भर्चुअल गेम’मा रमाउँदै
राष्ट्रिय यो जनामा अब खाने पानी, सडक, आवासबाहेक हरित क्षेत्रको महइभ्वले ठाउँ पाउन थालेको छ । योजना आयोगले भर्खरै ‘ एकीकृत यो जनावद्ध सहरी विकास मापदण्ड’ को मस्यौदा पारित गरेको छ । यसबाट महानगर ,उपमहानगरका साथै नवघोषितसहित दुई सय १७ नगर पालिकाले आफ्नो नगरको विकास गर्न स्पष्ट खाका तयार पार्ने भएका छन् ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनीलबाबु श्रेष्ठ मापदण्डले नगर क्षेत्रमा नयाँ बस्ति विकास गर्नुपूर्व नै बालमैत्री योजना तय गर्न निर्देशन गरेको दाबी गर्छन् । भन्छन्, ‘ मैंले विकासमा हरित पूर्वाधारको अवधारणाबारे बहस उठाएको छु । यस्तो क्षेत्र वृद्ध तथा बालबालिका दुवै वर्गका लागि अत्यावश्यक छ ।’
खेल्ने ठाउँको अभावमा हाम्रा नानीमा ‘भर्चुअल गेम’ खे ल्ने बानीको विकास हुँदै गएको बताउँछिन् मनोविद् करुणा कुँवर । भन्छिन्, ‘ यसले बालबालिकाको मानसिकतालाई एकोहोरो बनाउने र शारीरिक रूपमा आउनुपर्ने चुस्ततामा कमी हुन्छ ।’ विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिव्यक्ति नौ वर्गफिट हरित क्षेत्र हुनुपर्छ ।
श्रेष्ठका अनुसार काठमाडौंमा सर दर शुन्य दशमलव २५ वर्गमिटर प्रतिव्यक्ति पर्न पनि मुस्किल छ, जुन एकदमै कम हो । विकसित देशमा बालबालिका तथा वृद्धवृद्धाका लागि विशेष सुविधासहित ठाउँ–ठाउँमा पार्क निर्माण गरिएको हुन्छ । हामीकहाँ त्यस्ता ठाउँ छैनन् । यद्यपि, सोचको सुरुवात भएको छ । डा. श्रेष्ठका अुनसार बाल तथा वृद्धवृद्धामैत्री शहर बनाउने परिकल्पनाको थालनी भएको छ ।
‘ अहिलेसम्म सहरी विकास र स्थानीय विकास मन्त्रालयको कार्यसम्पादन शैली र मापदण्ड आ–आफ्नो किसिमको छ । प्राविधिक जनशक्ति सहरी विकाससँग, कार्यान्वयन गर्ने अधिकार स्थानीय विकाससँग हुँदा समन्वयमा समस्या छ,’ उनी भन्छन्, ‘ योजना आयोगको भुमिका समन्वय गर्ने पनि हो । त्यसकारण एकीकृत विकासको उक्त मस्यौदा बनाउँदा सहरी विकास, स्थानीय विकास, भुमिसुधार , भौतिक यो जना, प्रोफेसनल सो साइटी, नगर विकास संघलगायत निकायबीच समन्वय गरिएको छ । अब काम गर्न सजिलो होला ।’
केहीअघि गठित काठमाडौं उपत्यका विकास प्राधिकरणसँग पनि व्यवस्थित सहरी विकासका खाका छन् । प्राधिकरणले ०७० सालमै ५० वर्षे दुरदृष्टि र परिदृष्य, २० वर्षे रणनीति र कार्यनीति, १० वर्षे कार्यक्रम र पा“च वर्षे कार्ययोजना तयार गरेको थियो । उक्त ५० वर्षे मार्गचित्रअन्तर्गत उपत्यकामा पा“च वर्षमा पा“च हजार रोपनीमा आठ सय ५० स्थानमा हरित पार्क बनाउने योजना तय भएको थियो । तिनै योजनालाई कार्यान्वयनमा लैजान लागिपरेको प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारी बताउँछन् ।
प्राधिकरणले हालसम्म उपत्यकामा चार हजार तीन सय ६६ रोपनी क्षेत्रफल बराबरको १० वटा जग्गा एकीकरण आयो जना पूरा गरे पनि काम गर्न निकै चुनौती रहेको उनी बताउँछन् । ‘ अनेक बहानामा जग्गा व्यक्तिका नाममा दर्ता हुने क्रम रोकिएको छैन । अहिलेसम्म खाली स्थान भेटे पछि मन्दिर , धर्मशाला, स् कूल, किरियापुत्री भवनलगायत बनाइहाल्ने प्रचलन उत्तिकै छ ।
त्यसले गर्दा बालबालिकाका खेल्ने ठाउँ मासि“दै गए,’ उनी भन्छन्, ‘ तर , प्राधिकरणले बचेका खाली जमिनको सुरक्षा र उपयोग गर्दै विभिन्न पार्क, सानादेखि ठूलासम्म खे लमै दान निर्माण गर्दै जाने छ ।’ यसअघि बस्ति विकास आयोजनामा तीन प्रतिशत खाली जग्गा छाड्नु पर्ने मापदण्ड थियो । तर, हालै सरकारबाट लागू गराइसकिएको आधार भूत मापदण्डअनुसार अब निजी क्षेत्रले होस् या सरकारले घर तथा भवन बनाउँदा कूल जग्गाको कम्तिमा पाँच प्रतिशत खाली जग्गा राख्नै पर्छ ।
गन्तव्य पार्क
सो लुखुम्बुकी अञ्जु खालिङलाई फुर्सदमा नानीहरू लिएर आउने सबैभन्दा सजिलो ठाउँ रत्नपार्क नै लाग्छ । बस्ने ठाउँका साथै वाईफाई सुविधा पनि हुँदा छोराछोरीको बिद्यालय विदा भएका दिन उनी बौद्ध टुसालदेखि यहाँ आउँछिन् । उनी भन्छिन्, ‘हामीजस्ता सामान्य आयका मानिसलाई बारम्बार आउन सकिने ठाउँ हो यो ।’
नयाँ व्यवस्थापनसहित सुविधा थपिएपछि १५ असार ०७२ देखि टिकट काटे र मात्र रत्नपार्क छिर्न सकिन्छ । पार्कमा छोराछोरी लिएर दिनभर सुस्ताउन आउनेको बाक्लै भीड हुन्छ । यहाँ सामान्य दिनमा दुई सयदेखि शनिबारलगायत सार्वजनिक विदाको दिन पाँच सयजनासम्म आउने गरेको काठमाडौं महानगर पालिकाको रत्नपार्क–रानीपोखरी एकाई प्रमुख हरिशरण केसी बताउँछन् ।
एक सय २१ रोपनीमा फैलिएको बालाजु पार्क पनि बालमै त्री बन्दै छ । दुई सय बालबालिका एकै पटक पौडिन सक्ने गरी महानगर पालिकाले चार करोड लागतमा स्विमिङ पुल निर्माण गर्दै छ । यस्तै, चक्रपथस्थित शंखपार्कको पनि भूकम्पले भत्केका पर्खालको पुनर्निर्माण हुँदै छ । जहाँ के ही संख्यामा भए पनि बालबालिका घुमफिर गर्न सक्छन् ।
नागपोखरी, गोल्फुटार क्षेत्रभित्रै चिल्डेन पार्क, ओपन पार्क र फुटबल तथा बास्के टबल ग्राउन्ड, भैंसे पाटी, कुलेश्वर , गोल्फुटारलगायतमा सरकारले योजनावद्ध बस्ति विकास थालेका इलाकामा हरित क्षेत्र राखिएका छन् । जहाँ नानीहरूले खेल्न र माउन पाउँछन् । विशालनगरका व्यवसायी बिक्रमप्रताप शाह (४१) हरेक बिहान छोरी आस्थालाई लिएर नारायणचौरस्थित नन्दिके शर बगैंचामा पुग्छन् । उनी भन्छन्, ‘घर वरिपरि खुल्ला ठाउँ छैन ।
आफूलाई मर्निङवाक पनि हुने , छोरीले पनि खे ल्न पाउने हुँदा एकछिन धाएर यहाँ आउँछु ।’ पाटन, भक्तपुरतिरका पुराना बस्तिमा परम्परागत रूपमै टो ल–टोलबीचमा बनाइने चोक अहिले पनि छन् । बालबालिकाले केही मात्रामा भए पनि ती ठाउँमा खेल्न पाउँछन् । तर , ती क्षेत्रमा पनि घर बन्ने क्रम बढे सँगै खाली ठाउँ लोप हुँदै गएको ज्यापु समाज यलः ललितपुरका सदस्य तथा कलाकार सुरज महर्जन (२७) बताउँछन् । भन्छन्, ‘ हाम्रो पालामा जताततै खालि जमिन थिए, जहाँ खेले पनि हुने , रमाए नि हुने । फराकिला खाली ठाउँलाई मैदान बनाएर फुटबल खेल्थ्यौं । अहिलेका बालबालिकाले कहाँ त्यस्तो अवसर पाउनु । बिचरा भाइहरू साँघुरा गल्लितिर क्रिकेटको अभ्यास गर्छन् ।’
राम्रा खेलडी उत्पादन गर्न सबै बालबालिकाका लागि खेल्ने ठाउँ उपलब्ध हुनु जरुरी छ ।
त्यसो त, अहिले खेलमा विविधता आएको छ । हिजो गाउँघरमा डण्डिबियो , कुस्ती, झुम्राको गोलसम्म खेल्ने प्रचलन थियो । तर , आधुनिकीकरणसँगै अहिले दर्जनौं प्रकारका आउटडोर ÷इन्डोर खेल विकास भइसकेको छ । रियो ओलम्पिक ०१६ को ‘लाइन जज’ बनिसकेका तथा काठमाडौं जिल्ला ब्याडमिन्टनका अध्यक्ष दीपक थापा भन्छन्, ‘ यसले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा नेपाली खे लाडीको पहँुच विस्तार गर्दै लगेको छ । तर , राम्रा खे लाडी उत्पादन गर्न सबै बालबालिकाका लागि खेल्ने ठाउँ उपलब्ध हुनु जरुरी छ ।’
सहरी योजनाकार तथा पूर्वसचिव किशो र थापा भन्छन्, ‘ खेल्न पाउनु बच्चाको नैसर्गिक अधिकार हो । त्यसकारण टोलटोलमा अभिभावकले रेखदेख गर्न सक्ने गरी सानै भए पनि बालबालिका लागि ठाउ“ निकाल्नु राज्य र समाजको दायित्व हो ।’ किर्तिपुर पाँगाका ज्ञानबहादुर मर्हजन (८४)लाई लठ्ठीले काठको पांग्रो गुडाउँदै दौंतरीसँग फाँटैफाँट दौडेको अहिले जस्तो लाग्छ । धमिला आँखाले घरै अगाडि पार्किङ गरेका गाडीका पांग्रो नियाल्दै उनी भन्छन्, ‘ अब कहाँ छन् र ती दिन ? न त नातिनातिनाहरू अब त्यस्ता पाङ्ग्रा गुडाउँछन्, न तिनीसँग हाम्रा पालामा जस्तो खेल्ने , दगुर्ने प्रसस्त ठाउँ नै छ ।’
खेल्ने ठाउँको व्यावसायिकरण
आफ्नी सानी छोरीको स्वस्थ हुर्काइप्रति पत्रकार नारायण वाग्ले निकै सचेत छन् । समय निकालेरै उनी छोरी नसना (८)लाई नयाँबाने श्वरस्थित एक व्यावसायिक स्विमिङ पुलमा पुगिरहन्छन् । भन्छन्, ‘ नानीहरूलाई बाल्यकालमा जति मनोरञ्जन दियो , उति स्वस्थ भएर हुर्कन्छन् । त्यही भएर म छोरीलाई कहिले स्विमिङ पुल त कहिले सदर चिडियाखाना पु¥याउँछु ।’
युवा नेता तथा सभासद् रविन्द्र अधिकारी पनि मौका मिले सम्म छोरा स्वराज (७)लाई घुमाउन काठमाडौं फन पार्क लै जान्छन् । एकै ठाउँ धेरै खेल खेलेर खुबै मनोरञ्जन गर्ने र नजिकै भएका कारण उनको छनोटमा फनपार्क परेको छ । चोभारस्थित हुपील्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्कमा र ातो रंगको चिवर उतार्दै गर्दा बालभिक्षु गौतम तामाङ (१२) मुस्कुराउँदै थिए । पा“च वर्षकै उमेरमा भगवान बुद्धका अनुयायी बनाइका उनी हतार –हतार हाफ कट्टु लाएर पानीमा हाम फाले र पौडन थाले ।
साङ्गे छोलिङ गुम्बा, स्वयम्भू, सेतो गुम्बा, बौद्धका करीब दुई सय बाल भिक्षुकै बीचमा कपन पयाँटारबाट आएका दिदीभाइ प्रतिभा (१२) र प्रख्यात गिरी (९) पनि पौडिंदै थिए । आधा घण्टा पौडे पछि ती दिदीभाइ त्यहीं भित्रको जुरासिक पार्क घुम्न लम्किए । तेस्रो पटक यहाँ आएकी प्रतिभा भन्छिन्, ‘ यहाँ आउँदा खुबै मजा आउँछ ।’
यी बालबालिकाको रोजाइले देखाउँछ, राजधानीमा अब व्यावसायिक पार्कले ठाउँ लि“दै छन् । घर वरिपरि खेल्ने ठाउँ अभाव हुन थाले पछि अचेल ‘ रिक्रिएसन’ का लागि व्यावसायिक पार्क÷पुलहरू बन्दै छन् । क्याफे , रेस्टुराँहरूले पनि बालमैत्री वातावरण दिन सुरु गरे का छन् । यस्ता स्थानले अभिभावक र बालबालिका दुवै वर्ग लाभान्वित हुने चोभार हुपिल्यान्डका सञ्चालक सौरभ बस्नेत बताउँछन् ।
बालबालिकाका लागि मनोरञ्जन स्थलको व्यावसायिकर णको सम्भाव्यता देखेपछि २५ करोड लागतमा पार्क सञ्चालनमा ल्याएको उनले दाबी गरे । ६० रोपनीमा फै लिएको पार्कमा एकै पटक चार हजार जनाले मनोरञ्जन लिन सक्छन् । ‘ सबैका लागि सधैंका लागि’ नारा लिएर सञ्चालित काठमाडौं फन पार्कका प्रबन्धक बोधराज कट्टेलका अुनसार मिनी रेलदेखि ड्रागन वल्र्डसम्म ५० प्रकारका खेल खेल्न मिल्ने पार्कमा १५ करोडको लगानी छ ।
पार्कको एउटा कुनो ५/७ वर्षसम्मका बालबालिकाका लागि मन्टेस्वरी शै लीमा तयार गरिएको छ, जहाँ नानीहरू निःशुल्क खेल्न सक्छन् । तीन वर्षदेखि सञ्चालित भक्तपुर साँगास्थित काठमाडौं फन भ्यालीले पनि व्यावसायिक रूपमा सबै उमेर समूहका साथै बालबालिकालाई प्रसस्त मनोरञ्जन प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस !