आर्य सभ्यताको इतिहास
आजभन्दा अन्दाजी तीन हजार वर्षपहिला हाम्रो हिमालय सभ्यताको विस्तार चीनको मैदानसम्म टिवेटियन प्लाचु हुँदै पुगेको थियो भने हालको भारतमा गङ्गानदी (ब्रह्मपुत्र)को मैदान हुँदै सभ्यता र संस्कृतिको विकास भइरहेको थियो । यसको अलावा हिमालयको काख काश्मीर तथा दरद देशमा खस वर्गका आर्यहरू र आसाम, मेघालय र नेपालको पूर्वी भागमा किरात वर्गका विभिन्न शाखा तथा उपशाखाका बस्तीहरू यत्रतत्र फैलिएका थिए ।
यसको एक हजार वर्षपूर्व नै हालको भारतमा १६-१७ वटा ठूला जनपद राज्यहरूको विकास भइरहेको थियो । त्यसबाहेक अनेक स-साना राज्यहरूको पनि विकास भएको थियो । यसबेला यी राज्यहरूमा लोकतन्त्र अर्थात् राज्यका पदाधिकारी चुनिने व्यवस्था थियो ।
त्यस अवधिमा यी आर्यकै एउटा शाखाको रूपमा किरात जातिलाई लिइएको थियो । यो पर्वतमाला र त्यसको मैदानी भागमा बस्ती विकास भइरहेको थियो । हालको उत्तरी बिहार जनकपुर प्रदेश र गंगानदी वारिको क्षेत्रमा जसलाई आज पनि मिथिला भनेर पुकारिएको छ- मा वृजी तथा मल्ल नामका राज्यहरूको सिर्जना भएको थियो ।
हालको नेपालका पहाडी क्षेत्र, मैदानी क्षेत्रमा यसअघि नै मानिसको चेतनाको विकासबाट बस्ती बसिसकेको थियो । सतलज नदीदेखि पूर्वतर्फ रहेका कोसी नदीको किनार र यसका आसपासका उपत्यका र गण्डकी नदीको किनार र यसको आसपासमा वा उपत्यकाहरूमा पशुपालन व्यवसाय गरेर अनि केही मात्रामा अन्नको खेतीसमेत गरेर मानवबस्ती बसिसकेको थियो ।
अझ भन्ने हो भने बागमती नदीको सिरान काठमाडौं उपत्यकामा त्यसअघि नै मानिसले बस्ती बसाइसकेका थिए । काठमाडौं उपत्यका तलाउको रूपमा रहँदै यसको वरिपरि शिवपुरी क्षेत्र, लप्सेफेदी, गागलफेदी, गोदावरी वन, स्वयम्भू माथिको पाखामा मानिसको सभ्यता बसिसकेको कुरा इतिहासकार कर्क प्याट्रिकले अनुमान गरेका छन् ।
चिनियाँ यात्री ह्वेन साङले पनि काश्मीर अफगानिस्तान हुँदै काराकुरमको बाटोबाट नेपाल आएका र उनले नेपालको वर्णन गर्दा हालको काभ्रेको पाँचखाल उपत्यका, नुवाकोटको विदुरआसपासका डाँडा, उपत्यका र धादिङको केवलपुरमा बस्ती भएको र त्यसबेलाको समाज मातृसत्तात्मक थियो भन्ने कुरा स्व.पुष्पलालले आफ्नो नेपालमा मातृसत्तात्मक समाज भन्ने पुस्तकमा उल्लेख गरेका छन् ।
वर्तमान नेपालको काठमाडौं उपत्यकामा प्राचीनतम कालमा किरात वर्गको ‘नेपार' वा नेवार नामक एउटा शाखाको पातलो आवादी फैलिएर रहेको थियो । यिनीहरू नै यस क्षेत्रका आदिम मूल निवासीका रूपमा रहे भन्न सकिन्छ । ‘नेपार' वा नेवारहरूले वृजी गणराज्यतिरबाट नै आर्य सभ्यताको प्रकाश प्राप्त गर्न सक्छन् ।
हाल नेपालका तराई क्षेत्रहरूमा पाइने थारू मूल रूपमा किरात वर्गका मानिन्छन् । रूप तथा रंगले किरात वर्गका भए पनि चालचलन, रीतिरिवाज तथा यिनीहरूद्वारा बोलिने भाषा र बोलीलाई आधार मान्ने हो भने यिनीहरूमा आर्य जातिको लक्षण बढी पाइन्छ । सुरुसुरुमा आर्यावर्तीय आर्यहरूले त्यहाँ रहेका स्थानीय किरातहरूलाई ‘दास' बनाएर अछूतहरूको रूपमा आफ्नो बस्ती र समाजमा सम्मिलित गराउने गरेको भए पनि कालान्तरमा यिनले आफू सरह व्यवहार गरेका थिए ।
कतिपय इतिहासकारहरू अंग्रेजहरूको पछि लागेर आर्यहरू बाहिरबाट आएर हिमालयन रेन्ज र यसको नदी मैदान क्षेत्रमा सभ्यता बसालेको कुरा गर्छन् । बिल्कुल गलत छ । मानव सृष्टि र सभ्यतामा हिमालयन रेन्जको सभ्यता नै पहिलो हो । हिमालयबाट नै नदीको माध्यमबाट यो सभ्यता विस्तार हुँदै गयो । स्वामी प्रपन्नाचार्य ‘वेदमा के छ ? ' मा लेख्छन्- ‘कतिपय इतिहासकारहरूले यो पनि भनेका छन् कि सिन्धुघाटीको सभ्यता वैद्धिक सभ्यताभन्दा पुरानो हो र आर्यहरूले बाहिरबाट आएर सिन्धुघाटीको सभ्यतालाई नष्ट पारेका हुन् ।
तर वर्तमान समयमा उत्खनन गरेर निकालेका प्रमाणहरूले ती कुरालाई असत्य साबित गरेका छन्, किनभने सिन्धुघाटीको उत्खनन गर्दा जति शिलाहरू भेटिए ती शिल मोहरमध्ये एक शिलमा एउटा रूखको चित्र छ । त्यस रूखमा दुईवटा चरा बसेका छन् । तीमध्ये एउटाले रूखमा बसेर फल खाइरहेको देखाइएको छ र अर्को चराले हेरिरहेको छ ।'
यो चित्रलाई हेर्दा ऋग्वेदको १/१६४/२० चित्र जस्तो हुन्छ जसमा प्रकृतिलाई रूख बनाएर त्यसमा जीवात्मा वा त्यो जीवात्मालाई परमात्माको रूपमा सम्झेर चराको र रूखको प्राकृतिक सौन्दर्यको वर्णन गरिएको छ । जसमा प्रकृतिको सजीव चित्रण फेला पर्छ ।
आखिर मानिसले कल्पना गरेको भगवान् पनि प्रकृति नै हो । यसलाई वैदिक युगभन्दा अघिको मान्न सकिन्न, त्यसमा पनि सिन्धुघाटीमा शिलापत्र उत्खनन गर्दा त्यस ठाउँमा शिवलिंग भेटिएका छन् । यसबाट स्पष्टतया के पुष्टि हुन्छ भने सिन्धुघाटीको सभ्यताभन्दा हिमालय रेन्जको सभ्यता संसारकै पुरानो सभ्यता हो ।
यसबाहेक भारतीय प्रसिद्ध विद्वान् लोकमान्य तिलकले आर्यसभ्यता दक्षिण एसिया र पूर्वी एसिया नै हो भनेका छन् । हिमालय रेन्जबाट निस्किएको आदि मानव गंगा नदीको तटमा बस्न पुगेपछि त्यसले आफ्नो सभ्यता विस्तार गर्यो ।
रामायणकालको अयोध्यामा राजा दशरथ र त्यस क्षेत्रको विकसित मानव जातिले राज्य र सभ्यता विस्तारमा हालको इन्डोनेसिया र फिलिपिन्स क्षेत्र जो त्यसबेला बाली र सुग्रिबको राज्य थियो- वैज्ञानिक रूपबाट भन्दा चेतना आउन थालेको अर्थात् मानिसको रूप लिन थालेको बानर जातिसँग मित्रता गरेर आफ्नो आधुनिक विद्रोही रावणसँग मुकाविला गर्न खोजेको स्पष्ट हुन्छ ।
फारसीहरू आफूलाई आर्य र हिमालय सभ्यताबाट आएको भनेर अहिले पनि गर्व गर्छन् । इरान र अन्य खाडी राष्ट्रहरूले अहिले संसारका अन्य जातिभन्दा नेपालीहरूलाई बढी आदर र माया गर्ने गरेबाट पनि त्यो प्राग-ऐतिहासिकताको छाप सर्दै आएको भनेर निसंकोच भन्न र मूल्यांकन गर्न सकिन्छ ।
आचार्य तिलकले ‘भारतवर्ष र चिनियाँ दुवै सभ्यता आर्यबाट प्रभावित छन् किन कि ब्रह्माण्डको यो विशाल भूखण्ड जो जनसंख्याको दृष्टिले दुवै आर्य सभ्यताका प्रतीक शिव र बुद्धका अनुयायी छन्' भनेर स्पष्ट मत व्यक्त गरेका छन् । डा. एनी वेसेन्टले लेखेअनुसार पृथ्वीमा १० लाख वर्षदेखि आर्य सभ्यता छ ।
विभिन्न खोजकर्ताको मान्यता बेग्लाबेग्लै भए पनि यी सबैको निचोड मानव सभ्यता हिमालय रेन्ज र नदी घाटीबाट सुरु भएको हो । पुरातत्वविद् नाना पाव विगले पनि ‘आर्यावर्त तील आर्याची जन्म' नामक ग्रन्थमा हिमालयमा नै हाम्रो र हाम्रो पुर्खाबाट देवताको जन्म भएको हो । बंगालका प्रसिद्ध विद्वान् अविनाश चन्द्र दासका अनुसार (ऋग्वेदिक इन्डिया, पृ.३७६) वेदहरूमा उत्तरतिर नक्षत्रहरूको वर्णन छ । त्यसो हुँदा वैदिक ऋषिहरूले नेपाल, काश्मीर र हिमालयहरूको पर्वतमालाबाट देखे होलान् भनेर प्रस्ट पारेका छन् ।
आधुनिक पाश्चात्य विद्वानहरूले आर्यहरूको जन्मथलोबारे जे व्याख्या गरे पनि वैदिक वाङ्मयको इतिहासको छेउमा एकरत्ति पनि मिल्दैन । वास्तवमा सभ्यता र धर्मको व्याख्या गर्दा पनि मानव प्राणीको मस्तिष्क विकास हिमालय रेन्जको नदी घाँटीबाट नै भएको हो ।
यसले प्रभाव जमाउँदै विश्वभर फैलिएको हो भन्ने कुरा स्वतः प्रमाणित हुन्छ । वेद र गीतालाई आधार मानेर नै कुरान र बाइबल बनेका छन् । बुद्ध दर्शन त करिब वेदको अंश नै भन्न सकिन्छ । आखिर कुरान र बाइबललाई गहिरिएर अध्ययन गर्ने र मनन् गर्ने हो भने पैगम्बर महमद र यशुक्रिष्टले पनि निराकार शक्ति मानेका छन् । त्यो निराकार शक्ति के त भन्दा शिव शक्ति नै हो । यसरी व्याख्या गर्दा आधुनिक युगका कुरान र बाइबलका विद्वान्् व्याख्याताले त्यसलाई खण्डन गर्न सकेका छैनन् ।
‘मौनम् सम्मति लक्षणम्' भन्ने उक्ति यसमा स्वतः लागू हुन्छ । यसको अलवा आर्यहरूको जन्मथलो मानसरोवर नै हो, जहाँ कैलाशकुट पर्वत अवस्थित छ । प्राचीन राज्यको विस्तारमा शाक्य वंशको राज्य हाल तिब्बतको सिगात्सेसम्म थियो । मानसरोवर रहेको ठाउँ नेपाली सभ्यताको उद्गमस्थल हो भन्नलाई कत्ति पनि संकोच गर्नु पर्दैन । त्यसबेला सानासाना जनपद राज्यहरू थिए ती जनपदमा राजा वा शासकको चुनाव हुन्थ्यो र ती स-साना जनपदहरूको विशाल संघ आर्यावर्त थियो र आर्यावर्त भनेको हालको नेपाल हो ।
राष्ट्रियताको उत्थानमा भाषा र संस्कृतिको उत्तिकै महत्व छ । आज नेपालमा बस्ती र वातावरणका हिसाबले सञ्चारको माध्यम भाषा विभिन्न रूपमा नेपालमा उदय भएका छन् । यहाँको हावापानी विश्वकै अनुपम छ । नेपाल वातावरण र हावापानीका हिसाबले पृथ्वीको भूस्वर्ग भने हुन्छ । यहाँ करिब दुई सय ४२ प्रकारका हावापानी पाइन्छन् ।
मानिसले चेतनाको अभिवृद्धि गरेपछि पहिले इसारामा बोल्दथ्यो, पछि उसले भाषाको विकास गर्यो । बोली, वचन र इसारा पशुपन्छीमा पनि हुन्छ । मानिस झन् उन्नत र विकसित प्राणी भएकाले उसले सञ्चारको माध्यम अर्थात् आफ्नो कुरा अर्कालाई भन्ने माध्यमको विकास नगर्ने कुरै भएन । नेपालमा मौसम, वातावरण र हावापानीअनुसार विभिन्न धरातलमा मानव बस्ती बसे ।
यो कुरा हालको नेपाल मात्र नभएर हिमालयन सभ्यताले छोएको दक्षिण एसियाको पहाड र समतल भूमि, मध्यपूर्व, इरान, टर्कीको बाटो हुँदै रुसको ककेसिया, किव र जर्जियासम्म र पूर्वी एसियामा मंगोलिया तथा चीनका सबै भूभाग, यता पूर्वी एसियाका दक्षिण भाग थाइल्यान्ड (श्याम), कम्बोडिया, भियतनाम, फिलिपिन्स, इन्डोनेसिया र बर्मासमेतका पहाड र समतल मैदानमा मानव बस्तीको विकास भयो ।
मानिसको जनसंख्या बढाउन पुरुषको वीर्य खाने चलन पनि यो क्षेत्रमा थियो । बढीभन्दा बढी जन्म दिनुपर्ने र जसले बढी जन्म दियो त्यसले यो लोकमा पनि र परलोकमा पनि उसको श्रीवृद्धि, विकास र सुख-सयल हुने नियम र आचारसंहिताले जनसंख्यासमेत द्रूतगतिले बढिरहेको थियो ।
त्यसबेला नै आफ्नो रक्त सम्बन्धमा विवाह गर्न नहुने र यौनकार्य पनि गर्न नहुने नियम बसालिएको थियो । शिवले पार्वतीसँग विवाह गरेपछि पत्नीभक्त हुनुपर्ने र पार्वतीलगायत नारी जातिले पतिभक्त हुनुपर्ने नियम बसालिएको थियो । यसरी नाता, कुटुम्ब, बन्धुत्व कायम गरेपछि एकअर्कामा सञ्चार र आदानप्रदान गर्न, कृषि कर्मबाट प्राप्त आम्दानी एकअर्कामा बाँड्न र मुद्रा नभए पनि वस्तु विनिमयको कारोबार गर्न भाषाको जरुरी थियो । आदिकालको आर्य सभ्यतामा पनि र आर्यहरूको एउटा शाखा किरात सभ्यतामा पनि भाषाको विकास भएको छ ।
यसमा ‘वेदमा के छ ? ' मा स्वामी प्रपन्नाचार्य लेख्छन्- ‘अब प्रश्न यो छ कि आदिकालमा भाषाको उत्पत्ति नै भएको थिएन भने वाणी कसरी प्रयोग भयो ? फेरि मन्त्रमा ‘पदानी' यो शब्दले प्रष्टै बुझाउँछ कि कसरी सुवन्त र तिङ्न्त पदको प्रयोग गर्न पनि जानेका रहेछन् ।
सातै विभक्तिको ज्ञान पनि आर्यहरूको प्रयोगले बुझिन्छ । व्याकरणसम्बन्धी प्रौढ प्रयोग पनि स्वयं ऋग्वेदमा गरिएका प्रयोगहरूबाट थाहा हुन्छ । त्यसकारण सबैभन्दा पहिले मानवरूपी आर्यहरू र उनको मस्तिष्कमा दैवी वाक् स्फुरित भएको कुरा स्पष्ट बुझिन्छ । यसमा हामीले बाहिर खोजिरहन पर्दैन' भन्ने वर्णन गर्दै यस मन्त्रमा यसो भनिएको छ- ‘चत्वारी श्रींगा त्रयो अस्य पादा' यसमा भाषा विज्ञानको पदावली रेन्ज जत्तिकै छर्लंग देखाइएको छ ।
त्यति बेलाको आर्य भाषा केही रूपमा संस्कृतिसँग मिल्दोजुल्दो छ । आजका हिन्दी, नेपाली, बंगाली, मैथिली, भोजपुरी, ताजपुरिया, थारु, नेवारी र तामाङ भाषाहरूमा पनि संस्कृत भाषाका प्रत्ययहरू प्रत्यक्ष देख्न पाइन्छ । किरात जातिमा २८-३० भाषा छन् । मगरका वातावरण र हावापानीअनुसार भाषा फरकफरक छन् ।
सम्म मैदानमा संस्कृत भाषाबाट आएको मैथिली, भोजपुरी, अवधी, थारू र राजवंशी भाषा छ । त्यसैले हरेकले आफ्नो सञ्चारको माध्यमलाई विस्तारै बोलीचालीमा र पछि लिपिमा विकास गरेका छन् । आर्यावर्तमा आर्यको भाषा बेग्लै थियो । त्यो पाल्ही भाषासँग केही समयव थियो । संस्कृत भाषाबाट धेरैजसो भाषाको सिर्जना भएको छ ।
आर्यावर्त वा हिमालयन सभ्यता वा शिव सभ्यताको हिसाबमा निस्किएका तामिल, हिन्दी, बंगाली, कन्नौज, तेलगु, मलालयम सबै भाषामा संस्कृत भाषाका प्रत्यय पाइन्छन् । अझ भन्ने हो भने उर्दु, पारसी, मि श्री, रुसी, स्पेनिस, जर्मन धेरैजसो भाषाको जननी संस्कृत र आर्य भाषा मानिन्छ ।
नेपाली सभ्यताको अर्को उद्गम थलो कर्णाली अञ्चलको सिँजा उपत्यका मानिएको छ । त्यहाँ केही आर्यहरू हजारौं वर्षपहिले आएर बसेका थिए र मानव सभ्यताको धेरै अवयव नीति नियममा चलेका थिए । हालको नेपाली भाषाको विकास जुम्लाको सिँजा उपत्यकाबाट भएको छ । त्यो विस्तारै बसाइँसराइ गर्दै पूर्व, उत्तर, पश्चिम, दक्षिण चारैतिर फैलिएको छ । नेपाली राष्ट्रियताको विकासमा विभिन्न जनपदका झुन्डहरूको उत्तिकै योगदान छ ।
शिर बायाँतिरबाट छोए पनि दायाँतिरबाट वा दुवैतिरबाट जताबाट सजिलो हुन्छ उतैबाट छुने प्राकृतिक नियमअनुसार नेपालको जातजाति, भाषाभाषीको विकास भएको छ । चाहे हालका तामाङ वा किरात वा खस क्षेत्री ब्राह्मण वा अन्य जाति, यी सबै मानिसको घुमन्ते युगबाट विकसित भएर अगाडि बढेका हुन् र सबै जात, धर्म, र नश्लका मानिसले शिव र बुद्धको सभ्यता र अनुशासनको नियमलाई पालना गरेका छन् । अझ भन्ने हो भने हालको भारतको मैदानमा बसेका मानिसभन्दा हालको नेपाल र उत्तरपूर्वमा रहेका मानिसले अझ अगाडि बढेर राज्यको विकास, राष्ट्रियता र जनतन्त्रको जगेर्ना गरेका छन् ।
राष्ट्रियताको जगेर्ना, जनतन्त्र र सिंगो सभ्यताको विकासमा मैदानी भागका आर्यावर्तका मानिसभन्दा पहाडी भागका धेरै मानवीय र मानव अधिकारपे्रमी र लोकतन्त्रवादी रहेका थिए । यसलाई नेपालको वृत्तान्तमा बाबुराम आचार्य लेख्छन्- ‘लोकतन्त्रात्मक राज्यको रूपमा रहे पनि हालको भारतमा रहेका लोकतन्त्रात्मक राज्यहरू र नेपालमा स्थापित भएका नेपार, नेवारहरूको लोकतन्त्रात्मक राज्यका बीचमा आकाश तथा जमिनको अन्तर रहेको झलक पाइन्छ ।
उच-नीच तथा छुवाछूत आदि वर्गभेद जातिभेदहरूले गर्दा भारतमा विकसित भएर रहेका त्यतिबेलाका लोकतन्त्रात्मक भनिने जनपदहरूमा आर्यका रूपमा रहेका ब्राह्मण, क्षेत्री तथा वैश्य वर्गका नागरिकलाई मात्र नागरिक अधिकार प्राप्त रहेको थियो । आर्यभन्दा बाहेकका अन्य जातजातिहरूलाई राज्यले नागरिक अधिकार प्रदान गरेको थिएन ।
यसैले हालको भारतमा रहेका १६ जनपदहरूभन्दा नेपालका किरात र नेवारले राज्य गरेका क्षेत्रमा बढी राष्ट्रियताको जगेर्ना र लोकतान्त्रिक अधिकार जनतालाई दिइएको थियो । जातिभेद, वर्गभेद, वर्णभेद पनि नभएकाले नेपालमा स्थापित भएको किरात गणराज्यमा यस किसिमको भेदभावको गन्धसम्म पनि थिएन । राज्यका सम्पूर्ण नागरिकलाई समान नागरिक अधिकारहरू प्राप्त थिए ।'
त्यसैले नेपालमा स्थापित भएको किरात राज्य सच्चा अर्थमा लोकतन्त्रात्मक राज्य व्यवस्था थियो । वास्तवमा शिवले समाज सञ्चालनमा बनाएका अनुशासन र जनताको जनवादी अधिकारका सच्चा अनुयायी किरात राज्यका शासक थिए ।
यो राज्यले लोकतान्त्रिक प्रणाली अवलम्बन गरेकाले पूर्व, पश्चिम, उत्तर-दक्षिण र मैदानी भागका जनपद र राज्यहरूभन्दा यो ज्यादा शक्तिशाली थियो । किरात राज्य हालको नेपालमा र हालको पूर्वोत्तर भारत आसाम, मेघालय, नागाल्यान्डमा करिब एक हजार वर्ष पहिले चलेको पाइन्छ । पछि नेपालमा किरातीलाई सिम्रौनगढ सभ्यताका मैथलीहरूले काठमाडौं उपत्यकाबाट विस्थापित गरे । जो हामीले प्राचीन नेपालको इतिहास पढ्दा अनुभव गरिसकेका छौं ।
अझ अगाडि भन्ने हो भने कपिलवस्तुको सभ्यतामा जो हालको तिब्बतको मानसरोवर (सिगात्से) सम्म र पश्चिम दक्षिणमा गंगा नदीको किनारसम्म पाल्ही भाषाको विकास भएको थियो । अझ भन्ने हो भने चिनिया, उइगुर, मंगोलियन, टिबेटियन यी पूर्वी एसियाका भाषाहरू थाई, कम्बोडियन, भियतनामी, इन्डोनेसियन यी सबै भाषामा संस्कृत र आर्य भाषाको प्रत्यय मिसाइएको छ ।
आज नेपाली राष्ट्रियताको विकासमा ताजपुरिया सभ्यता जो विराट राजाको सभ्यताले चिनिन्छ, मिथिला सभ्यता जो विदेह सभ्यताले चिनिन्छ, सिम्रौनगढ सभ्यतालाई जो भोजपुरी सभ्यता भनिन्छ र शाक्य सभ्यता र जुम्लाको खस आर्य सभ्यता यी सबै नेपाली राष्ट्रियताका गौरव गर्नलायक सभ्यता हुन् । यिनले नेपाली मस्तिष्कलाई विश्वमा चिनाउन ठूलो मद्दत गरेका छन् ।
गौतम बुद्धले कपिलवस्तुमा जन्म लिए हुर्किए । पछि बुद्धत्व प्राप्त गरेको ठाउँ सारनाथ र महानिर्वाणार्थको ठाउँ कुशीनगर पनि हिजो नेपाल राष्ट्र, नेपाली राष्ट्रियता र नेपाली सभ्यताबाट प्रभावित भूगोल हुन् । हामी कति विदेशमुखी छौं भन्ने कुरा हाम्रा कर्मले प्रमाणित गरेका छन् ।
आज जुनसुकै राज्यव्यवस्था आए पनि हामी सबै नेपाली पछिल्लो मानव सभ्यताका प्रतीक हौं भन्ने कुरा बुझेको भए हाम्रो सभ्यताको इतिहास यतिबेर हामी आफैंले खोजबिन गरी लेखिसकेका हुने थियौं । विश्व सभ्यतामा हामी जेष्ठ भएपछि हाम्रो समाजलाई काम, क्रोध, लोभ, मोह, त्यागेर आधुनिक अवयवका सबै साधन प्रयोग गरी सबैलाई विज्ञान र प्रविधिको शिक्षा दिएर हाम्रा प्रकृतिका अपार साधन र स्रोतको दोहन गरी हाम्रो समाजलाई आधुनिकीकरण गर्दै आफैंले पुँजी जुटाएर अर्थतन्त्रको आधुनिकतम विकास गरी राज्यले नै हाम्रो सभ्यता र संस्कृतिको खोजबिन, उत्खनन गरेर एउटा गौरवमय सभ्यताको संरक्षण र संवद्र्धन गर्ने अवस्थामा हामी पुग्ने थियौं ।
(भट्टराईको प्रकाशोन्मुख कृति ‘नेपाली सभ्यताः विगत र वर्तमान' बाट साभार ।)