इनोभेटिभ डेभलपमेन्ट बैंकद्वारा रक्तदान

इनोभेटिभ डेभलपमेन्ट बैंकद्वारा रक्तदान

काठमाडौंः इनोभेटिभ डेभलपमेन्ट बैंकले रक्तदानका साथै विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो सातौे वार्षिकोत्सव मनाएको छ । रक्तदानका साथै बैंकले श्री विरेन्द्र मावी छपिया, रुपन्देहीका दृष्टिविहिन बालबालीकालाई आवश्यक सामग्री वितरण गरेको छ ।

बैंकका सञ्चालक पर्शुराम पराजुलीको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना भएको थियो । त्यस्तै बैंकले सिद्धार्थनगर भैरहवामा नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बैंकका कर्मचारी, स्थानीय वासिन्दा, समाजसेवी, नगरपालीकाका कर्मचारीको संलग्नतामा सरसफाई कार्यक्रमको आयोजना भएको बैंकले जनाएको छ ।

बैंकका सञ्चालक पराजुलीले यस्तो कार्यक्रम नियमित गर्नुपर्ने बताएका छन् । रगतको अभावमा कसैले पनि मृत्यवरण गर्न नपरोस भन्ने उद्देश्यका साथ भएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा व्यापारी गरी २५ जनाले रक्तदानमा सहभागिता जनाएका थिए ।

सहरी, अद्र्ध सहरी र ग्रामीण क्षेत्रमा बैंकिंङ पहँच पुर्‍याउन बैंकले रूपन्देही, नवलपरासी र चितवनमा गरी ७ शाखाबाट कारोबार सञ्चालन गरिरहेको छ । बैंकले गत असोज मसान्तसम्म दुई अर्ब ६० करोड निक्षेप संकलन गरी एक अर्ब १८ करोड कर्जा प्रवाह गर्न सफल भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.