श्रीमतीलार्इ वियोगान्त पत्र लेखेर नदीमा हामफालेका भनिएका युवक पक्राउ

श्रीमतीलार्इ वियोगान्त पत्र लेखेर नदीमा हामफालेका भनिएका युवक पक्राउ

चितवन: नारायणी नदीमा हामफालेका भनिएका मोरङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी– १ का ३१ वर्षीय तिलकप्रसाद लिम्बूलाई प्रहरीले भरतपुर उपमहानगरपालिका– १० चितवन मेडिकल कलेज नजिकबाट हिजो साँझ पक्राउ गरेको वडा प्रहरी कार्यालय नारायणीका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए। उनलार्इ नियन्त्रणमा लिई कारबाही प्रकृया अघि बढाएको थापाले बताए।

लिम्बूले श्रीमतीलाई वियोगान्त पत्र लेखेर गए राति नारायणी नदीको पुलको बीच भागमा छाडेका थिए । प्रहरी निरीक्षक थापाका अनुसार पत्रमा श्रीमती अञ्जलीलाई राम्रोसँग जिउन आग्रह गरिएको छ । पत्रसँगै श्रीमतीको सक्कल नागरिकता, आफ्नो नागरिकताको प्रतिलिपि, मोबाइल, चुरोट, लाइटर, ज्याकेट, कलम, विवाह दर्ताको प्रमाणपत्र पनि छाडिएको थियो । पत्र र ती सामग्री फेला परेपछि प्रहरीले दिनभर उनको खोजी गरेको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.