ओमी माईक्रोफाइनान्सको प्रस्तावित लाभांश पारित
काठमाडौंः ओमी मोइक्रोफाइनान्सले आर्थिक वर्ष २०७२/०७३ को मुनाफाबाट सेयरधनीलाई प्रदान गर्ने भनिएको लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।
संस्थाको कुल चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर तथा सोमा लाग्ने करवापत नगद लाभांस १.११ प्रतिशत गरी कुल २१.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएकोे हो । उपरोक्त बोनस सेयर तथा नगद लाभांश आगामी हुने साधारण सभामा स्वीकृतार्थ पेश गरिने संस्थाले जनाएको छ ।
हाल यस वित्तीय संस्थाले देशका विभिन्न १२ जिल्लाका १९ स्थानमा शाखा सञ्जाल विस्तार गरेको छ । निकट भविष्यमा नै उदयपुर, सिन्धुली र गोरखा जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने योजना रहेको संस्थाले जनाएको छ ।