‘जन्ती पत्रकारिता’

‘जन्ती पत्रकारिता’

संस्थापक सम्पादक विजयकुरमारसँग तीन वर्ष नेपाल म्यागेजिनमा काम गर्दा ‘न्युजरुम ’मा उहाँ बारम्बार एउटा कुरा दोहोर्‌याउनु हुन्थ्यो , ‘ जन्ती पत्रकारिता नगर्नू है ।’ एउटै विषयमा उही कुरा दोहोर्‌याई तेहेर्‌याई प्रकाशन गर्ने नेपाली पत्रकारि ताको प्रवृत्तिमाथि उहाँ असहमत हुनुहुन्थ्यो । र , सधैं टिमलाई सचेत गराउनुहुन्थ्यो , ‘ लहै लहै पत्रकारिताको अर्थ हुँदैन ।’

गोरखा जिल्लाकी एक गुमनाम किशोरी कुसुम श्रेष्ठ रातारात ‘ सेलिब्रेटी’ भएकी छन् । नामले भन्दा बढी उनी ‘ तरकारीवाली’ भनेर चिनिन्छिन् । तरकारीको भारी बोकेको उनको फोटो एक फोटोग्राफरले फेसबुकमा पोस्ट गरेपछि सामाजिक सञ्जालमा त्यो पोस्ट भाइरल भयो । अनि त्यहीँबाट उनको चर्चा सुरु भयो ।rajaram-gautam

सामाजिक सञ्जालमा पोस्ट गरेको फोटो , अभिव्यक्तिहरू भाइरल हुने प्रवृत्ति बढ्दै गएको छ । केहीअघि पाकिस्तानी युवकले चिया बेचेर बसेको फोटो भाइरल भयो र उनलाई ‘ चायवाला’ नाम दिइयो । त्यसैलाई सिको गर्दै ‘ तरकारीवाली’ भाइरल भयो । आमसञ्चारको क्षेत्र फराकिलो हुँदै गएको छ । प्रविधिको विकास चरम हुँदै जाँदा सञ्चार क्षेत्रले बहुआयामिक विकास गरेको छ ।

सूचना पाउन र धारणा बनाउन अब एउटै सञ्चार माध्यममा मानिस आश्रित हुन नपर्ने भएको छ । कतिसम्म भने , सामाजिक सञ्जालमार्फत प्रेषित भएका कयौं सूचना, अभिव्यक्ति, फोटोहरू स्वयंमा समाचार का स्रोत भएका छन् । र , हरेक मानिसले सूचना सम्प्रेषण गर्नसक्ने युगको प्रारम्भ भएको छ । तर , सूचना र प्रविधिको क्षेत्रमा आएको यो चरम विकासले केही प्रश्न पनि उब्जाएको छ ।

के सामाजिक सञ्जालमा सम्प्रेषित सूचनामा भर पर्न सकिने अवस्था छ ? त्यस्ता सूचनाको विश्वसनीयता, स्तर र त्यसले पार्नसक्ने नकारात्मक प्रभावलाई नजर अन्दाज गर्न सकिन्छ ? निराशाजनक कुरा त के छ भने , सामाजिक सञ्जालमा ‘ भाइरल’ भएका सामग्री बेच्न मिडियाकर्मीहरू पनि तछाड–मछाड गरिरहेका छन् । ‘ तरकारीवाली’ कै सन्दर्भमा उनले जे जति मिडिया ‘ कभरेज’ पाइन्, के त्यो औचित्यपूर्ण छ ? सामाजिक सञ्जालहरूमै मिडियाले बढी स्थान दिएकामा आलोचना, नकारात्मक टिप्पणी सुरु भइसकेको छ ।

प्रश्न हामी मिडियाकर्मी र मिडियाको स्तरमाथि उठेको छ । भाइरल बनेको तरकारीवालीको समाचारमार्फत हामीले दिन खोजेको के हो ? फोटोमा सुन्दर देखिएकी कुनै किशोरी, जो गाउँले परिवेशमै जन्मे हुर्केकी हुन्, उनले तरकारीको भारी बोक्नु अनौठो सन्दर्भ हो र ? अनि ‘ स्कुप’ छुट्लाझैं गरेर लावालस्कर त्यही विषयको पछाडि दगुर्दा कुन त्यस्तो मानक समाचार कथा बन्न सक्यो ? जुन नेपाली पत्रकारिताले बिर्सने छैन । यहाँनेर सामाजिक सञ्जालको भाइरल ‘ ट्रेन्ड’ हेरेर ‘ टीआर पी’ र पाठक बढाउन मात्र हामी उद्यत भएको देखिन्छौं ।

हरेक मानिसभित्र कथा हुन्छ, त्यसलाई खोतल्ने र प्रस्तुत गर्ने शैली कलात्मक छ भने पठनीय सामग्री उत्पादन हुनसक्छ । ‘ तरकारीवाली’ को हकमा पनि उनी सामाजिक सञ्जालमा भाइरल हुँदै गर्दा समाचार निर्माता हुन सक्छिन् तर मिडियाकर्मीले लाम लागेर उनको जे जति चर्चा गरे , त्यसको औचित्य पुष्टि हुँदैन ।

उनको कथामा न संघर्ष छ, न वेदना न त समाजलाई बताउनै पर्ने कुनै उपलब्धी । के ही त छैन । नर्स बन्ने चाहना पालेकी सोझी केटीलाई चर्चाको चुलीमा चढाएर मिडियाले ‘ मिसगाइड’ गरेको छ । रातारात उनमा कहिल्यै नसोचेको मोडलिङको महत्वकांक्षा जागृत गराउनुमा अरू कसैको होइन, मिडियाकै भूमिका छ । ‘ तरकारीवाली’ चर्चित होउन्, उनको क्षमता विकास हुँदै जाओस् र अहिले बनेको ‘ सेलिब्रे टी’ छविलाई अघि बढाएर जान सकुन् । उनीप्रति कुनै दूराभाव छैन ।

तर , हामी मिडियाकर्मीहरूले चाहिँ आफूसँग भएको शक्तिलाई प्रयोग गर्दैगर्दा केही संवेदनशील र गम्भीर हुनैपर्छ । हामीले मिडिया सामग्री पस्कँदा जिम्मेवारी बोध गर्नैपर्छ । अन्त्यमा, ‘ तरकारीवाली’ सन्दर्भले सामाजिक सञ्जालहरूको प्रभाव विस्तार हुँदै गएको प्रस्ट देखिएको छ । र , मिडियाले चाहेमा समाजमा रातारात मानिसलाई चर्चित बनाउन सक्छ भन्ने कुरा थप पुष्टि भएको छ । तर , हामीसँगै मिडियाकर्मीहरू सतही र लहलहैमै कुदिरहेको अर्को गम्भीर सन्देश पनि यो सन्दर्भले दिन्छ ।

हो , हामी मिडियाकर्मीलाई पाठक, दर्शक, स्रोतालाई चित्त बुझाउने चुनौती छ । नयाँ कोणका सूचना, समाचार , नयाँ अनुहारलाई ल्याउन सके , त्यसले बढी पाठक/स्रोतालाई आकर्षित गर्नसक्छ । तर , त्यस्ता नयाँ कोणका सञ्चार सामग्री पस्कँदै गर्दा त्यसको स्तर र औचित्यतर्फ पनि सजग हुने कि ? सबैले मनन गरौं, ‘ जन्ती पत्रकारिता’लाई निरुत्साहित गर्न सके मात्रै व्यावसायिक पत्रकारिता फस्टाउँछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.