राष्ट्रिय फुटबल टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाई
काठमाडौंः एएफसी सोलिडारिटी कपको फाइनलमा नेपाल विजयी भएर देशको गौरव बढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले नेपाली टिमलाई बधाई दिदैँ निरन्तर सफलताको कामना गरेका छन्। प्रधानमन्त्री प्रचण्डले ट्वीटर मार्फत् नेपाली टिमलाई बधाई दिँदै लेखेका छन्, ‘एएफसी सोलिडारिटी कपको फाइनलमा विजयी भइ देशको गोरव बढाएकोमा नेपाली टिमलाई हार्दिक बधाई एवम् निरन्तर सफलताका लागि हार्दिक शुभकामना ।’
एएफसी सोलिडारिटी कपको फाइनलमा विजयी भई देशको गौरव बढाएकोमा नेपाली टिमलाई हार्दिक बधाई एवं निरन्तर सफलताका लागि हार्दिक शुभकामना। pic.twitter.com/qpwdCw7XIH
— PM Puspakamal Dahal (@PM_Nepal) November 15, 2016
मंगलबार दिउँसो मकाउलाई हराउँदै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि उचालेको हो ।
मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार साँझ भएको खेलमा फिफा बरियतामा १० स्थान तल रहको मकाउलाई १–० गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो।
योसँगै नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गरेको छ। नेपालका लागि खेलको ३० औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो। भरत खबासले मिलाएको उत्कृष्ट पासमा सुजलले लोभलाग्दो हेडर गोल गरेका थिए।