लगातार भूकम्पपछि पर्यटकलाई अन्यत्र सारियो

लगातार भूकम्पपछि पर्यटकलाई अन्यत्र सारियो

न्युजिल्याण्डः न्युजिल्याण्डमा गत सोमबार गएको शक्तिशाली भूकम्पपछि सयौं पटक पराकम्प गएको छ । भूकम्प र पराकम्पका कारण गएको पहिरोले अलपत्र परेका पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ ।

भूकम्पपछि पहिरोले बाटो अवरुद्ध भएपछि सैनिक हेलिकोप्टरको प्रयोग गरी पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ । न्युजिल्याण्ड, अमेरिका तथा जापानका सैनिक जवानहरुले पहिरोले अलपत्र परेका १२ सय व्यक्तिहरुलाई उद्धार गरेका थिए ।

सोमबार न्युजिल्याण्डमा सात दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । त्यसपछि सयौं पटक त्यसका पराकम्प गएका छन् । भूकम्पमा परी दुई जनाको मात्र मृत्यु भएको खबर प्राप्त भएको छ ।

पाँच वर्ष अघि न्युजिल्याण्डकै क्याइटचर्च नजिकै केन्द्र बनाएर गएको ६ दशमलव तीन रेक्टर स्केलको भूकम्पमा परी एक सय ८५ जनाले ज्यान गुमाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.