भागबन्डा मिल्यो, तरुण दलको नेतृत्व घोषणा

भागबन्डा मिल्यो, तरुण दलको नेतृत्व घोषणा

पोखराः नेपाल तरुण दलको चौथो महाधिवेशनको पाँचौ दिन नयाँ नेतृत्व घोषणा भएको छ। निकै लामो कसरतपछि भागबन्डाका आधारमा अध्यक्षसहित पदाधिकारी घोषणा भएको हो। 

नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलको पोखरामा जारी महाधिवशेनको बुधबार पाँचौँ दिन तरुण दलको नयाँ नेतृत्व चयन गरेको हो ।  तरुण दलको अध्यक्षमा अध्यक्षमा जितजङ्ग बस्नेतलाई सर्वसम्मतरुपमा चयन भएका छन् । सर्वसम्मतिका आधारमा नेतृत्व चयन गरेको पार्टीको निर्देशन समिति सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

 उपाध्यक्षमा उत्तम चापागाइँ, महामन्त्रीमा भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ चयन भएका छन् ।

अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् भने उपाध्यक्ष चापागाइँ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका हुन् । त्यस्तै महामन्त्री शाही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिन्छन् भने कोषाध्यक्ष पार्टी नेता खुमबहादुर खड्का निकट मानिन्छन् ।

संशोधित विधानअनुसार कुल ९५ सदस्य रहने समितिका अन्य सदस्यको नामावली निर्देशन समितिको अर्को बैठकले काठमाडौँमा तय गर्ने नेता यादवले जानकारी दिए ।

पार्टीले मुलुकको वर्तमान परिस्थितिका कारण सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको जनाए पनि नेताले भागबन्डा गरी पदाधिकारी चयन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.