आइजीपी अर्याल भन्छन्ः सामाजिक सञ्जाल भाइरल भयो
काठमाडौं: प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफूलाई फेर्ने भन्दै समाजिक सञ्चालमा भइरहेका टिप्पणीप्रति आफू जानकार रहेको बताएका छन् ।
बुधबार बिहान महानगरीय प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आइजीपी अर्यालले भने, ‘अहिले मलाई जोडेर संगठनकै नाम बदनाम गराउने काम भइरहेको छ, त्यस्ताको पछि नलाग्न आग्रह गर्दछु ।’
उनले सामाजिक सञ्जालमा गलत प्रचार भएको भन्दै त्यसलाई विश्वास नगर्न आग्रह गरे । उनले पहिला रोग भाइरल हुने तर अहिले सामाजिक सञ्जाल भाइरल हुँदै गएको टिप्पणी गरे । ‘पहिला रोग भाइरल हुन्थ्यो, अहिले सामाजिक सञ्जाल भाइरल भइरहेको छ’, अर्यालले भने, ‘समाजिक सञ्जालले ल्याएका विकृति हटाउने विषमा बसह जरुरी छ ।’
अर्यालले कसैले सामाजिक सञ्जालमा टिप्पणी गर्दैमा आइजीपी नहट्ने बताउदै भने, ‘आइजीपी हटाउने भनेर गरिएको दुष्प्रचारको पछि नलागी सबैले दृढ भएर काम गरौं ।’