भ्रूण लिंग पहिचान सन्देश हटाउन आदेश

भ्रूण लिंग पहिचान सन्देश हटाउन आदेश

नयाँदिल्लीः भारतीय सर्वोच्च अदालतले सर्च इन्जिनमा उपलब्ध भ्रूणको लिंग निर्धारण गर्ने जानकारी हटाउन आदेश दिएको छ । सर्वोच्च अदालतले बुधबार गुगल याहु जस्ता सर्च इन्जिनलाई यस्ता जानकारी र विज्ञापन हटाउन आदेश हो ।

यसका साथै अदालतले केन्द्र सरकारलाई यस्ता जानकारी दिने बेवसाइटको अनुगमन समिति गठन गर्न पनि निर्देशन दिएको छ । न्यायाधीश दीपक मिश्र र अमितभा रायको इजलासले यस्तो आदेश दिएको हो ।

अनुगमन समितिले भ्रूण जाँचसम्बन्धी जानकारी, विज्ञापनका बारेमा सरकारलाई दिने बताइएको छ । यसका आधारमा सरकारले गुगल, माइक्रोसफ्ट र याहु जस्ता सर्च इन्जिनले ३६ घण्टाभित्र त्यस्ता जानकारी डिलिट गर्नुपर्ने छ ।

इजलासले भनेको छ, ‘भारत सरकारलाई त्यस्तो अनुगमन समिति गठन गर्न आदेश दिएका छौं । समितिले त्यस्ता सूचनाका बारेमा जानकारी दिन टिभी, रेडियो र पत्रिकामा आह्वान गर्नेछ । समितिले त्यस्ता जानकारी राखेका सर्च इन्जिनलाई सूचना दिनेछ । सर्च इन्जिनले त्यस्ता जानकारी ३६ घण्टाभित्र हटाउनुपर्नेछ र त्यसको जानकारी अनुगमन समितिलाई दिनुपर्नेछ ।’

भारतीय सर्वोच्च अदालतले यस विषयमा अर्को सुनुवाइ १७ फेब्रुअरीमा गर्ने भएको छ । सुनुवाइका क्रममा महिला र पुरुषको घट्दो अनुपात दरप्रति चिन्ता व्यक्त गरिएको छ । भ्रूणमै रहेको सन्तान छोरा हो वा छोरी भनेर भारतमा जानकारी दिनु आवश्यक नभएको इजलासको भनाइ छ ।

भारतमा महिला र पुरुषको अनुपात दर निकै असमान देखिन थालेको र यसप्रति चिन्ता भएको आदेशमा बताइएको छ । इजलासले भनेको छ, ‘हामीले यसै विषयमा एउटा आदेश पारित गरेका थियौं । सन् १९९४ को पिसिपिएनडिटी कानुन अनुसार जन्मपूर्व लिंग निर्धारणको प्रचारप्रसार गर्न पाइने छैन । कतै यस्तो भएको पाइए त्यसलाई तत्काल रोक्नु पर्छ ।’

गुगल इन्डिया प्राइभेट लिमिटेडका तर्फबाट अदालतमा बहस गरिरहेका वरिष्ठ अधिवक्ता अभिषेक मनु सिंघवीले आदेशको आदेशअनुसार काम भइरहेको बताए । उनले सर्च इन्जिनले आफैं पनि यस्ता जानकारी र त्यससम्बन्धी विज्ञापन बन्द गर्ने तयारी गरिरहेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.