ट्रम्पले छोरीलाई नियुक्त गर्न सक्ने
काठमाडौंः अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नी छोरीलाई राष्ट्रपति कार्यालयमा नियुक्त गर्न सक्ने विश्लेषकहरुले वताएका छन्।
ट्रम्पले आफ्नी छोरी ३५ वर्षीया इभान्कालाई आफ्नो राष्ट्रपति कार्यलयमा नियुक्त गर्न सक्ने राजनीतिक विश्लेषकहरुको ठम्याइँ रहेको छ।
डोनाल्डले चुनाव जित्नमा इभान्काको हात छ। चुनावी अभियानमा बुवालाई महिला तथा बालबालिकाको बारेमा बोल्न इभान्कालाई बारम्बार सुझाएकी थिइन्। उनी महिलालाई समान ज्याला दिनुपर्ने माग राख्दै आएकी छिन