सुन्दरी चक्रव्युहमा डोनाल्ड

सुन्दरी चक्रव्युहमा डोनाल्ड

विश्वको आँखा अहिले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमा केन्द्रित छ । आफ्ना अनौठा आनिबानीका कारण उनी चर्चित बनेका छन् । विशेषगरी महिलाप्रति उनको दृष्टिकोणले आलोचित पनि हुन पुगेका छन् । 'मिस यूएसए' प्रतियोगिताका संस्थापक र मिस टिन अमेरिका, मिस युनिभर्र्सलगायतका प्रतियोगिताका सञ्चालकका रूपमा रहेका डोनाल्डको नाम बेलाबेलामा थुप्रै सुन्दरीसँग जोडिएको थियो ।

सन् १९५२ मा क्यालिफोनिर्याको एक पोसाक कम्पनी प्यासिफिक निटिङले सुरु गरेको मिस युनिभर्स प्रतियोगितालाई पछि उनले निरन्तरता दिएका थिए । सन् १९८३ मा मिस टिन प्रतियोगिता सुरु भएको थियो भने मिस यूएसए प्रतियोगिता सन् १९९६ देखिमात्रै सुरु भएको हो । दुई दशकको अवधिमा सुन्दरी प्रतियोगिताको माध्यमबाट चार हजारभन्दा बढी सुन्दरी उनको सम्पर्कमा आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दावी छ ।

विभिन्न समयमा अनेकौं सुन्दरीसँग नाम जोडिएकाले उनी बेलाबेला विवादमा पनि परे । तीमध्ये पिपुल म्याग्जिनकी एक महिला रिपोर्टर पनि एक हुन् । सन् २००५ मा डोनाल्डको अन्तर्वार्ता गर्ने क्रममा उनलाई धकेलेर भित्तामा पुर्‌याएको र चुम्बन गरेको आरोप उनले लगाएकी थिइन् । कुनै पनि महिलालाई अनुमति बिना चुम्बन गर्नु डोनाल्डको कमजोरी हो भन्ने ती रिपोर्टरले आफ्नो नाम भने गोप्य राखिन् ।

डोनाल्डले सञ्चालन गरेका सुन्दरी प्रतियोगितामा सहभागी भएका केही मोडेलले आफूहरूलाई उनले यौन दुव्र्यवहार गर्ने गरेको आरोपसमेत लगाएका थिए । यिनैमध्येकी पूर्वमिस भेनेजुएला एलिसिया मचोडासँगको विवाद निकै लामो समय लम्बिएको थियो । सन् १९९६ मा उनले मिस युनिभर्सको ताजसमेत जितेकी थिइन् । मिस युनिभर्स बनेपछि उनको तौल बढेको थियो । तर डोनाल्डले उनलाई तौल नघटाए मिस युनिभर्सको ताज खोसिने भन्दै धम्की दिने गरेको गुनासो मचोडाले गरेकी थिइन् । त्यतिमात्रै होइन डोनाल्डले बारम्बार होच्याएको र बेइज्जत गर्न खोजेका आरोप पनि लगाएकी थिइन् ।

मिस यूएसए योलान्ड बेतवेजले स्विमसुट लगाएर तस्बिर खिच्न अस्वीकार गरेकी थिइन् । त्यतिखेर डोनाल्डले उनीहरूलाई स्विमसुट सानो भएको र हिलमात्रै अग्लो भएको प्रतिक्रिया दिएका थिए । यतिमात्रै नभई उनका अनेकौं खराब बानीव्यवहारका बारेमा सुन्दरीहरूले विभिन्न सञ्चारमाध्यममार्फत खुलासा गरेका छन् । उनी मिस टिन अमेरिकाका प्रतियोगीको लुगा फेर्ने कोठामा कसैलाई थाहै नदिई छिर्ने गरेको आरोप लागेको थियो । कोठामा कोही लुगा फेर्दै हुन्थे त कोही नांगै ।

अचानक ट्रम्टलाई देख्दा आत्तिएर हतारहतार लुगा लगाएको अनुभव मिस टिन १९९७ भेरमोन्टले दावी गरेकी छन् । मिस यूएसए प्रतियोगीको लुगा फेर्ने कोठामा पनि उनी यसरी नै पस्ने गरेको प्रतियोगी एरिजोना टासा डिक्सनले दावी गरेकी छन् ।

 

एसोसिएट प्रेसका अनुसार डोनाल्डकी पत्नी मेलानियाले आप्रवासी कानुन तोड्दै काम गर्ने अनुमति नलिई मोडलिङ सुरु गरेकी थिइन् । उनी अमेरिकामा दस वटा मोडलिङ एजेन्सीका लागि अनुबन्धित भएकी थिइन् । उनले त्यतिबेला वार्षिक बीस हजार डलरभन्दा धेरै आम्दानी गर्थिन् जुन कमाइ उनको काम गर्ने कानुनी अनुमति पाउनुभन्दा पहिले थियो ।

डोनाल्डले पनि आफ्नी पत्नी गलत नभएको र उनको बारेमा अरूले गरेका टीकाटिप्पणी सही नभएको बताउने गरेका थिए । मेलानिया र डोनाल्डको भेट पनि मोडलिङ प्रतियोगिताकै क्रममा भएको थियो ।

पूर्वराष्ट्रपति बाराक ओबामालाई समेत आईएसका संस्थापक भन्ने गरेका डोनाल्डको रुचिमा काला जातिका महिला भने कहिले परेनन् । उनले आफ्ना प्रतियोगितामा पनि काला जातिका महिलालाई भाग लिन दिने कुरामा हिचकिचाउने गर्थे ।

चुनावी अभियानका क्रममा मेक्सिकनलाई अपराधी, बलात्कारी भन्दै उनले दिएका अभिव्यक्तिका कारण गत वर्षको मिस यूएसए प्रतियोगिता तीन महिना पछि सरेको थियो । गत वर्षको जुलाईमा उक्त प्रतियोगिता हुने भनिए पनि कार्यक्रम सञ्चालक, निर्णायक, प्रायोजकलगायत सबैले उनको साथ छाडेपछि उनी प्रतियोगिता बेच्न बाध्य भएका थिए । डोनाल्डले यस प्रतियोगिताको अधिकारलाई गत वर्षको सेप्टेम्बर महिनामा ५० मिलियन डलरमा बेचेका थिए ।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.