विद्युत् चोरीको आरोपमा चार जना पक्राउ

विद्युत् चोरीको आरोपमा चार जना पक्राउ

बनेपा: नेपाल विद्युत् प्राधिकरण बनेपा शाखाले विद्युत् चोरी गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ ।

प्रहरीसहितको विद्युत् चुहावट नियन्त्रण टोलीले विभिन्न विद्युतीय सामानसहित उनीहरुलाई बिहीबार काभ्रेपलाञ्चोकको देउपुर क्षेत्रबाट पक्राउ गरिएको शाखा प्रमुख नवलकिशोर गोइतले जानकारी दिए।

पक्राउ पर्नेमा देउपुरका ३० वर्षीय बलराम खड्का, सोही ठाउँका अर्जुन विक, कमल चौलागाईं र अर्जुन ढकाल रहेका छन्। उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा ल्याइएको छ। उनीहरुबाट फ्रिज, मोर्टर, टिभीलगायतका सामानसमेत बरामद गरिएको छ।

पक्राउ परेकाले प्रयोग गरेको विद्युत् भार पहिचान भएपछि उनीहरुलाई जरिवाना तिराइने उgले बताए। शाखा प्रमुख गोइतले जिल्लाभर विद्युत् चुहावटका लागि प्रहरीसहित विद्युतका कर्मचारी परिचालन भएको जानकारी दिँदै निगरानी बढाउने र विद्युत् चुहावटमा संलग्नलाई पक्राउ गर्ने योजना रहेको बताए।

यसैबीच काठमाडौँ विश्वविद्यालय उपकुलपतिको कार्यकक्षमा भएको तोडफोडमा संलग्न भएको आरोपमा एकजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । काठमाडौँमा अस्थायी बसोबास गर्ने अर्घाखाँची, ठाडा गाविस–७ बस्ने सुशील खनाललाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.