‘प्रेम सर्तहीन हुुन्छ’

‘प्रेम सर्तहीन हुुन्छ’

मानिसले शिक्षादीक्षाअनुुसारको पेसा व्यवसाय रोज्छ । कतिले गर्दै सिक्दै गर्दा आफ्नो व्यवसाय निर्धारण गर्छ, कतिपयले सानैदेखिको रहर र रुचिलाई ‘करिअर’ बनाउन थाल्छन् । त्यस्तै रहर, रुचि र सपना बोकेर दिनैपिच्छे नेपाली कलाकारितामा नयाँ अनुुहार उदाउने क्रम जारी छ ।

क्षणभरमै आउने र पलभरमै हराउने क्रम पनि यो क्षेत्रमा चलिरहेको छ । केही पुुराना भए पनि विस्तारै आफूलाई अब्बल बनाउने योजना बोकेर यस क्षेत्रमा लागेकी कलाकार हुुन्, सरु उप्रेती । करिब आधा दशकदेखि नेपाली कला क्षेत्रमा भए पनि अझै धेरै सिक्न बाँकी रहेको उनको बुुझाइ छ । आफू सक्षम भए स्वतः चर्चा परिचर्चा भइहाल्ने उनको बुुझाइ छ । मोरङको गोविन्दपुुर–४ निवासी सरुका पिता अग्निप्रसान उप्रेती र आमा रुक्मिणी उप्रेती हुुन् ।

सरुले यति बेला नेपाली कलाकारितामा शालीन कलाकारका रूपमा आफूलाई चिनाउँदै गएकी छन् । उनको परिवार मोरङबाट बसाइँ सरेर केही वर्षदेखि झापाको दमकमा बस्दै आएको छ । मोरङको गोविन्दपुुरबाटै एसएलसी गरेकी सरु जनमैत्री क्याम्पस काठमाडौंबाट प्लस टुु सकेर बीए अध्ययनको तयारीमा छिन् ।

अध्ययनसँगसँगै कलाकारितालाई पनि अगाडि बढाइरहेकी उनी यस क्षेत्रप्रति आकर्षित हुुनुुको कारण थियो— टीभी, रेडियो र चलचित्र । ‘सानैमा पर्दामा कलाकार देख्दा त्यस्तै बन्छुु भन्ने लाग्थ्यो’, सरुले भनिन्, ‘स्कुुलमा पनि म सांगीतिक कार्यक्रममा सहभागी हुुन्थेँ, राम्रै गर्थेँ ।’ पछि उनका साथीभाइ गायक, मोडेल बनेपछि भने उनले यस क्षेत्रमा पाइला राखिन् ।

‘जुुन क्षेत्रबाट भए पनि नाम कमाउनुु, आफू र आफ्नो ठाउँको पहिचान बनाउनुु जिन्दगीको उद्देश्य होइन र ? ’ भन्ने धारणा राख्ने सरुले सुुरुमा सुुभास पोखरेलको टेलिभिजन सिरियल ‘नम्बर १ घरबेटी आमा’मा पहिलोपटक अभिनय गरिन् । त्यसयता ‘तोरीलाउरे’, ‘झ्याइँकुुटी झ्याइँ’ सिरियलमा काम गरिन् ।

‘उनी’ नामको डकुुमेन्ट्री चलचित्रमा काम गरेपछि उनले म्युुजिक भिडियोमा हात हालिन् । हालसम्म सरुले अभिनय गरेका करिब १२ वटा म्युुजिक भिडियो छन् । उनले आधुुनिक, लोक र तीजजस्ता सबैखाले म्युुजिक भिडियोमा आफ्नो कला प्रस्तुुत गरेकी छन् ।

आफूलाई आफ्नै नामले चिनाउन चाहने सरुलाई यति बेला चलचित्रका लागि समेत अफर आउने गरेको छ । ‘दुुईवटा चलचित्रका लागि अफर आएको थियो, मेरो निजी कामले गर्दा हुुन्छ भन्न सकिनँ’, उनले भनिन्, ‘समय आएपछि म नायिकाका रूपमा देखिन्छुु ।’
नेपाली कलाकारितामा पनि सम्भावना बढ्दै गएको देखेकी सरुले त्यसका लागि कलाकारले पनि आफूलाई सक्षम बनाउँदै लैजानुुपर्ने बताइन् । कलाकारिताको नाममा चर्चामात्रै बटुुल्न खोजेर त्यसले सम्मान र दिगोपन नदिने उनको बुुझाइ छ ।

आर्थिक, सामाजिक र व्यक्तिगत रूपले केही जोखिम भए पनि यस्तो जोखिम जताततै हुुने बताउँदै सरुले भनिन्, ‘आफू राम्रो भए अरूले के बिगार्छ, भन्छन् नि आफू भलो त जगत् भलो ।’ जीवनलाई प्रकृतिको अमूल्य उपहार सम्झने उनी यो सुुन्दर अवसरलाई खुुसीका साथ बिताउनुुपर्ने सुुझाव दिन्छन् । जीवन सुुन्दर बनाउन सुुन्दर सोच र सत्य प्रेम चाहिने उनको मान्यता छ ।

प्रेम र जीवनलाई एकअर्काको परिपूरक सम्झने उनी प्रेमबिनाको जीवन असम्भव देख्छिन् । ‘प्रेमबिनाको जीवन त निरस र उजाड भइहाल्यो नि !’, उनले भनिन्, ‘प्रेम त आमा, बुुवा, दाजुुभाइ, दिदीबहिनी जोसँग नि हुुनसक्छ ।’

प्रेमको अर्थ सेक्स नहुुने धारणा राख्ने सरुले भनिन्, ‘प्रेम उद्देश्यहीन हुुनुुपर्छ, उद्देश्य बोकेको प्रेम त स्वार्थ भइहाल्यो नि ।’ सेक्स मानिसको जीवनमा हुुने भए पनि यो प्राकृतिक क्षण भएको उनको ठम्याइ छ । ‘सेक्समा सामाजिक मर्यादा हुुन्छ । मर्यादा नाघ्नुु भनेको विकृति हो’, सरुले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.