सलमान र लूलियाबीच ब्रेकअप !

सलमान र लूलियाबीच ब्रेकअप !

एजेन्सीः चाँडै विवाह गर्ने चर्चामा रहेका बलिउड नायक सलमान खान र उनकी प्रेमिका लूलिया वन्तुरबीचको सम्बन्ध टुटेको छ ।

यसअघि उनीहरुको बिहेको मिति नजिकिएको खबर सार्वजनिक भइरहेका बेला एकाएक दुईबीचको सम्बन्ध टुटेको खबर सार्वजनिक भएको छ ।

सलमानकी प्रमिका लूलियाले नै सलमानसँगको ब्रेकअप भएको खबर सार्वजनिक गरेकी हुन् ।

लूलियाले एक रोमानियन म्यागेजिनका लागि दिएको अन्र्तवार्तामा सलमानसँग दूरी बढेको बताएकी छन् । लूलियाले आफू भारत गएर धेरै सिक्ने मौका पाएको बताएकी छन् ।

रोमानियन नागरिक वन्तुरले आफ्नो देश र भारतबीच मानिसको मानसिकता, संस्कृति मानिस सबै फरक रहेको बताएकी छन् । भारतमा एक घरमा धेरै मानिस बस्ने भएकाले निजी जीवनको धेरै महत्व नहुने उल्लेख गरेकी छन् ।

बाहिर समाजका मानिसको मानसिकतालाई हेरेर लुगा लगाउने संस्कार भारतमा रहेको भन्दै लूलियाले आफूले लगाएको कपडाका बारेमा पनि चर्चा हुने बताएकी छन् । तर, भारतमा रहँदा भारतीय भाषाका बारेमा धेरै जानकारी लिन सफल भएको उनको भनाई छ ।

अन्र्तवार्ताका क्रममा सलमानसँग टाढा भएको बताए पनि के कारणले र किन टाढा भएको भन्ने विषय खोलेकी छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.