अझै अधुरै

 अझै अधुरै

राजा, सात दल र माओवादीबीचको त्रिकोणात्मक द्वन्द्व चर्किंदै जाँदा दिल्लीमा भएको १२ बुँदे सहमतिपछि नेपालमा शान्तितर्फको पाइला बढेको थियो । दरबार आफैं सर्वेसर्वा रहेको बुझाइमा थियो । राजाले अपदस्थ गरे पनि कांग्रेस एमालेसहितका दल जनता आफैंसँग रहेको ठान्थे । सशस्त्र शक्ति माओवादीले ७०/८० प्रतिशत भू–भाग नै कब्जा गरिसकेको दाबी गर्दै थियो ।

तीनै शक्तिले जनताको दुहाई दिने गरेका थिए । राजाले सात दलद्वारा निर्मित प्रतिनिधि सभा भंग गराएर शक्ति आफ्नो हातमा लिएपछि संवैधानिक राजतन्त्रका पक्षपाती सात दल राजाविरोधी कित्तामा धकेलिए । माओवादीको त्यतिबेला छद्मभेष नै थियो, सात दलकै नेतालाई छानीछानी हत्या गरिरहेका थिए । कार्यकारी प्रमुख राजा रहेको अवस्थामा सेना युद्धमा थियो ।

Balananda-Sharmaराजाका प्रतिनिधिसँग माओवादीको वार्ता भइरहेको भन्ने सुनिन्थ्यो । यो त्रिकोणात्मक शक्ति संघर्ष धेरै रहनेवाला थिएन, दुई वटा मिलेर एउटालाई पछार्नु पर्ने निश्चित थियो । १२ बुँदे समझदारीपछि तेस्रो पछारिने शक्ति राजा हुन पुगे । १२ बुँदेमार्फत् सात दल र माओवादीबीच सहमति बन्यो । त्यसपछि आठ बु“दे सहमति भयो, जुन १२ बु“देलाई समर्थन गरेर आएको थियो ।

१२ बुँदे सैद्धान्तिक दस्तावेज थियो, आठ बुँदेले कार्यदिशा निर्देश गर्‌यो । त्यसपछिका सहमति त्यति चर्चामा आएनन् । ५ मंसिर ०६३ मा विस्तृत शान्ति सम्झौता भयो, जुन १२ र आठ बुँदेलगायत सहमतिको दस्तावेजीकरण थियो । शान्तिको पाइलामा मार्गनिर्देशन गरेकाले त्यसलाई विस्तृत भनिएको हो । सम्झौताका १० वटा बु“दामा राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणका विषय समेटिएको छ । र, माओवादी लडाकुको व्यवस्थापनलाई मुख्य विषय बनाइएको छ ।

त्यसैको परिणाम हो, माओवादी लडाकुको प्रमाणीकरण र एकत्रित गर्ने काम । त्यसका लागि १२ बुँदेदेखि नै संयुक्त राष्ट्रसंघलाई प्रवेश गराउने कल्पना थियो । संयुक्त राष्ट्रसंघीय नेपाल मिसन (अनमिन) को उपस्थिति पनि त्यसैको उपज थियो । देशभरीमा सात मुख्य र २१ सहायक गरी २८ वटा शिविरमा माओवादी लडाकुलाई राख्ने सहमति बन्यो ।

हतियार मुख्य शिविरमा कन्टेनरमा राख्ने, राष्ट्रसंघको सुपरिवेक्षणमा रहने । कन्टेनरमा ताला लगाउने र चाबी माओवादी कमान्डरसँगै राख्ने सहमति जुट्यो । २८ वटै शिविरको सुरक्षाका लागि केही हतियार कन्टेनर बाहिर राख्ने र माओवादी नेताले सरकारी सुरक्षाकर्मीबाट सुरक्षा दिन मञ्जुरी नदिएपछि आफ्नै लडाकुको सुरक्षा घेराका लागि केही हतियार राख्ने भए । त्यसरी हतियार एकत्रित गरियो ।

करिब ८० प्रतिशत भू–भाग कब्जा गरेको माओवादीको दाबीबीच ग्रामीण तहसम्म आतंक थियो । छानी–छानी हत्या गर्ने, जबर्जस्ती आफ्ना लडाकु बनाउने, गैरकानुनी सजाय दिनेलगायत गतिविधि भइरहेको थियो । त्यो आतंक यसपछि २८ वटा शिविरमा थन्कियो । माओवादी लडाकु क्यान्टोनमेन्टमा रह“दा पनि बाहिर भने एक प्रकारको मुर्दा शान्ति थियो । मानिसमा निश्चिन्तता आइसकेको थिएन ।

अनमिनले प्रमाणीकरण गरेका १९ हजार ६ सय लडाकुलाई शिविरहरूमा व्यवस्थापन गरियो । माओवादी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सेना समायोजन विशेष समिति गठन भयो । र, त्यसलाई सघाउन प्राविधिक समिति बन्यो । अनमिनको बहिर्गमनपछि प्राविधिक समितिलाई सचिवालयमा परिणत गरियो । करिब चार वर्ष लगाएर लडाकु सेना र समाजमा व्यवस्थापन हुन सके । त्यो मुख्य उपलब्धी थियो ।

संविधान लेख्ने कुरा राजनीतिक थियो, संवाद, समन्वय र सहजीकरण थियो त्यो । हिंसा नभएको समयमा मात्र संविधान लेखिन सक्थ्यो । हिंसाको सम्भाव्यता कायम रह“दा सम्भव हुँदैनथ्यो । २८ वटा क्यान्टोनमेन्टलाई हिंसाको अखाडाका रूपमा आमबुझाइ थियो । लडाकु बन्दुक लिएर जुनसुकै बेला बाहिरिन सक्ने त्रास थियो सर्वसाधारणमा ।

दलका नेताहरू क्यान्टोनमेन्टमा प्रवेश गर्न सकेका थिएनन् । विशेष समितिका पदाधिकारी पनि सहजै प्रवेश पाउ“दैनथे । संविधान सभाको पहिलो निर्वाचनमा लगभग ४० प्रतिशत सिट जितेर माओवादीले सरकार बनाएको थियो । सरकार र क्यान्टोनमेन्ट माओवादीकै भएकाले पनि जटिलता थप्यो ।
विस्तृत शान्ति सम्झौतामा भएकाभन्दा बढी माग आउन थालेका थिए ।

व्यवस्थापनको निर्णय विशेष समितिले गर्नुपर्ने भएकाले चर्चा/परिचर्चा पनि त्यहीं हुनु पथ्र्यो । तर, सार्वजनिक रूपमा चर्चाको विषय बनाइएको थियो । विस्तृत शान्ति सम्झौता नै नमान्नेजस्ता अभिव्यक्ति आएका थिए माओवादी नेताहरूबाट । क्यान्टोनमेन्टमा गएर त्यसो होइन भनेर बुझाउन सक्ने हैसियत कसैको थिएन । त्यस्तो अन्योलमा हामीले काम पूरा गरेरै छाड्यौं ।

सरकारले तीन सय अधिकृत दिने भनेको थियो, काम सुरु भइसक्दा पनि मुख्यसचिवले दिन नसक्ने बताए । त्यसपछि विश्वविद्यालयमा द्वन्द्वसम्बन्धी अध्ययन गरेका केही बिद्यार्थी लियौं र तालिम दिएर काममा लगायौं । यद्यपि, सरकारी कर्मचारी नै जान नसक्ने ठाउ“मा बिद्यार्थी प्रवेश गर्ने वातावरण थिएन । सुरक्षाको चिन्ता बढ्ता थियो ।

उनीहरूका साथमा सेना र प्रहरी पठाउन सकिने कुरा थिएन । क्यान्टोनमेन्टमा लडाकु राजासरह थिए, बन्दुक थियो र धम्कीको भाषा बोल्थे । त्यहीबेलामा व्यापारी रामहरी श्रेष्ठको हत्या शिविरभित्रै भयो । गाह्रो अवस्थामा गएर टोलीले काम गर्‌यो । माओवादीसँग कति हतियार छन् भन्ने विवरण कसैस“ग थिएन । पछि अनमिनले विवरण तयार पार्‌यो, त्यो पनि माओवादीले दिएको आधारमा मात्र तयार भएको थियो ।

कति हतियार बाहिर थिए र हराएका थिए भन्ने विवरण हामीसँग थिएन । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहालले सञ्चारकर्मीको जिज्ञासामा केही हतियार खोलाले बगाएको अभिव्यक्ति पनि दिएका थिए । सेना र प्रहरीबाट लुटिएभन्दा बढी हतियार क्यान्टोनमेन्टमा आए । तर, लुटेका हतियारबाट मात्र द्वन्द्व सुरु भएको थिए, माओवादीसँग आफ्नै हतियार पनि थिए । केही हतियार साटिएर पनि आए ।

आधुनिक हतियार आफैंले राख्न खोजे । तर, जब क्यान्टोनमेन्ट बन्द गरियो, त्यहाँ लुकाएर राखेका हतियार स्वतःस्फूर्त रूपमा बुझाए । सबैगरी लगभग चार हजार तीन सय हतियार हामीले लियौं । क्यान्टोनमेन्टमा लुकाइएका हतियारमध्ये केही माओवादीले लगे भनेर सुनियो । त्यस हिसाबले केही हतियार अहिले पनि बाहिरै छन् । तिनको अवस्था थाहा छैन । अनुमानका आधारमा सेना, प्रहरी र सशस्त्रबाट गएका हतियार अधिकांश फिर्ता आए ।

माओवादीमा आन्तरिक विभाजन आयो र एउटा समूहले शान्तिप्रक्रियाबाट अलग्गिने घोषणा ग¥यो । त्यो संस्थापन नभई विरोधी पक्ष थियो । विरोधी पक्षले सबै लिएर जान सक्दैन । शिविर पनि संस्थापनकै नियन्त्रणमा थियो । अधिकांश लडाकु पनि संस्थापनकै मातहत थिए । लुकाएर राखिएकामध्ये करिब तीन सय हतियार मात्र बाहिर पुर्‌याउन सकेको अनुमान छ । शिविरबाट बाहिर लगिएका हतियार अवैध हुन् । ती हतियार चलाउन मुलुकमा त्यही तहको द्वन्द्व हुनुपर्छ ।

सचिवालयलाई दिइएको नौ बुँदे म्यान्डेटमा लडाकुलाई व्यक्तिगत ढंगले सोधेर सेनामा या समाजमा पुनःस्थापना गराउने भन्ने थियो । ओहोदा अनुसार पा“च लाखदेखि आठ लाख रुपैयाँ दिएर समाजमा फर्काउने योजना तय भयो । रकम लिन नमान्नेले समायोजनमा जानु पथ्र्यो । तालिम लिने र व्यवसाय गर्न चाहनेलाई सोही अनुसारको व्यवस्था मिलाइयो । बारम्बार निर्णय परिवर्तन गर्न पनि छुट दियौं । परिवारस“ग सोधेर निर्णय लिन पनि अवसर दिइयो । के छान्ने भन्ने कुरा स्वेच्छामा छाडियो । छानिने प्रक्रियाअन्तर्गत आधारभूत तालिम पनि गर्नु पथ्र्यो । त्यस्तो तालिम पनि गर्न तयार हुनेहरू सेनामा आए ।

प्रमाणीकृत लडाकूलाई त्यति धेरै रकम दिने नेपाल नै एक मात्र मुलुक हो । अन्य द्वन्द्वग्रस्त मुलुकमा यस्तो उदाहरण छैन । त्यो रकमको दुरुपयोग नहोला भनेर आकलन गर्दै उपलब्ध गराइएको हो । माओवादीसहित बसेर निर्णय गरिएको थियो त्यसका लागि । शान्तिप्रक्रिया अझै बा“की छ, टुंगिएको छैन । संविधान लेखियो, कार्यान्वयन भएको छैन ।

तर, माओवादीका क्यान्टोनमेन्ट बन्द भए र मनोवैज्ञानिक त्रासचाहि“ हट्यो । संविधान कार्यान्वयन भयो भने मात्र शान्तिप्रक्रियाले परिकल्पना गरेको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणका मुद्दा सम्बोधन हुन सक्छन् । सत्य निरुपण आयोग त गठन भयो तर, सरकारले सहयोग नगरेको गुनासो छ । माओवादीले कब्जा गरेका जमीन फुकुवा भएका छैनन् । फिर्ता गराउन नसक्नु राज्यको कमजोरी हो ।

माओवादीले पनि कार्यकर्ताबाट फुकुवा गराउनु पथ्र्यो । कार्यकर्ता माओवादीको नियन्त्रणमा छैनन् भने तिनलाई राज्यको कानुन लाग्छ, नागरिक भएकाले । जमीन कब्जामा लिएवापत जग्गाधनीले बेहोर्नु परेको नोक्सानी राज्यले भरिदिनु पर्छ । संविधानभन्दा माथि कोही हुँदैन । अन्तर्राष्ट्रिय कानुन सबैले मान्नै पर्छ । अरू बेला गर्न नपाइने कुरा द्वन्द्वमा पनि गर्न पाइ“दैन ।

अमानवीय काम गरेकाहरू सजाय“को भागीदार हुनु पर्छ । अहिले उन्मुक्ति दिइयो भने गलत नजीर बस्छ । द्वन्द्वका घटनाका दोषी सबैलाई सजाय“ गर्न सकिएन भने पनि दुरुत्साहित गर्नुपर्छ । राज्यले गरेन भने द्वन्द्वका मुद्दा अन्तर्राष्ट्रिय अदालतसम्म पुग्न सक्छन् । तर, राज्यले निरुपण गर्न सक्यो भने त्यो अवस्था आउँदैन । हामीले पालना गरेनौं भने उनीहरूले लागु गराएरै छाड्छन् । द्वन्द्वको खाटो बसेको घाउ पुर्न आपसी संवादबाट मात्र सम्भव छ । चित्तबुझ्दो समाधान खोज्नु पर्छ ।
(नेपाली सेनाका पूर्वरथी तथा सेना समायोजन विशेष समितिको सचिवालय संयोजक शर्मासँग कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.