फेमस सोनिया
दलित समुदायबाट सिनेमामा कम प्रतिनिधित्व देखेकी सोनिया जीआरले आफ्नो करिअर त्यहीँ स्थापित गर्ने संकल्प गरेकी छन् । ३ मंसिरमा रिलिज हुँदै गरेको सिनेमा ‘द फेमस’बाट उनले त्यसतिर पाइला चालेकी छन् ।
सिरियल, डकुमेन्ट्री हुँदै पाँच वर्षअघि बाल कलाकारको भूमिकामा सिने नगरी प्रवेश गरेकी थिइन्, सोनियाले । सामाजिक सेवा र मोडलिङ सँगै बढाइरहेकी उनले राम्रा सिनेमाको अपेक्षा गरिरहेकी छन् । छोरीलाई सिनेमाको शिखरमा देख्न चाहने उनका बाबुको सपना छ ।
प्रतिक्रिया दिनुहोस !