समाजलाई युवाको सम्बोध

समाजलाई युवाको सम्बोध

सिनेमा       :   रक अन–२
निर्देशक      :   सुजात सौदागर
कास्ट        :   फरहान अख्तर, अर्जुन रामपाल, श्रद्धा कपुर, पुरव कोहली, प्राची देसाई र शशांक अरोरा
रेटिङ         :   २.५/५
सुजात सौदागर निर्देशित पहिलो चलचित्र ‘रक अन–२’ ‘म्युजिकल ड्रामा’ विधाअन्तर्गत तयार पारिएको सामाजिक सिनेमा हो । अभिषेक कपुर र पुवाली चौधरीको मूल चरित्रमा आधारित यस सिनेमामा फरहान अख्तर, अर्जुन रामपाल, श्रद्धा कपुर, पुरब कोहली, प्राची देसाई र शशांक अरोराको भूमिका देखिन्छ ।

फरहान अख्तर र रितेश सिधवानीको लगानीमा एक्सेल इन्टरटेनमेन्टले निर्माण गरेको यो सिनेमा २००८ मा रिलिज भएको सिनेमा ‘रक अन’को ‘सिक्वेल’ हो, जसमा शंकर एहसान लोयको संगीत छ ।सिनेमाको धेरै दृश्य उत्तर भारतको मेघालय र सिलोङमा छायांकन गरिएको छ । रक संगीतको राजधानी मानिने सिलोङको सामाजिक कथावस्तु नै यसको मूल कथा हो ।

सिनेमाको मान्यता छ, ‘ठूलो रुखको छायाँमा सानो रुख हुर्कन सक्दैन ।’ संगीत शास्त्रीय मात्रै हुँदैन, रक पनि हुन्छ र त्यसलाई सबैले आत्मसात् गर्दै जानुपर्छ भन्ने भाव सिनेमाले दिन खोजेको छ । सामाजिक परिवेशमा जोडिएका पात्रहरूको आत्मालोचनाले सिनेमालाई संवेदनायुक्त बनाएको छ । आफ्नो लापरबाहीका कारण एक पात्रले आत्महत्या गरेपछि गाउँमा गएर जीवन चलाइरहेका आदित्य स्रोफ ‘फरहान अख्तर’को कथावरिपरि सिनेमा घुमेको छ ।

छरिएका ‘म्याजिक ब्याण्ड’का सदस्यहरूलाई पुनः एकधारमा ल्याउन साथी र आफन्तको महत्व सिनेमामा स्पष्ट पारिएको छ । गाउँले परिवेशमा देखिएका समस्यालाई सहयोग र साथ दिँदै आएका मुख्य पात्रको कथा प्राकृतिक विपत्तीमा घर, फार्म जलेर नष्ट भएपछि मोडिएको छ । साथीहरूसँग मिलेर गाउँलाई सहयोग गर्न म्याजिक ब्यान्डले अन्य ब्यान्डको साथ लिएर ठूलो कन्सर्ट आयोजना गर्दा आउने दुःख कष्टलाई पन्छाउँदै सफलता हासिल गरेको हुन्छ ।

निरन्तर प्रयास र साथ भयो भने जे जस्तो दुःख आइपरे पनि काम फत्ते गर्न सकिन्छ भन्ने सन्देश पनि दिन खोजेको छ यस चलचित्रले ।शंकर एहसान लोयको संगीत मन छुने खालको भए पनि रक ब्यान्डका लागि खासै रुचिकर देखिँदैन । पात्रहरूको भुमिकालाई सशक्त बनाउनमा निर्देशक चुकेका छन् । आफ्नाे भाइले आत्महत्या गरेपछि रक म्युजिकलाई खाली शोख मात्र बनाउने जिया शर्मा (श्रद्धा कपुर)को भूमिका सबल छ ।

आत्महत्या गर्नुमा म्याजिक ब्यान्ड मात्र नभई आफ्ना नै बाबुको पनि दोष रहेको मानसिकताबाट माथि उठेर उनले सामाजिक सहयोगका लागि अग्रसरता देखाएको कथाले अहिलेको पुस्तालाई बलियो सन्देश दिन्छ । सिनेमामा लोभलाग्दो दृश्यको भरपुर प्रयोग भएको छ । विपत्तीमा पर्दा पनि नआत्तिन र सबैलाई सहयोग गर्न दिइएको सन्देशले महाभूकम्पबाट ग्रसित नेपालीलाई भावनात्मक साथ दिन सक्छ ।

त्यति हुँदा–हुँदै पनि कमजोर कथा र निर्देशनले सिनेमालाई ‘रक अन’जत्तिको आकर्षक बनाएको छैन । सिनेमाले दर्शकको अपेक्षामा उत्रन भने सफल हुन सकेन । भारतमा भर्खर ठूला दरको नोट बन्द गर्दा पनि सिनेमा क्षेत्र मारमा परेको प्रष्ट हुन्छ । बक्सअफिसमा जस्तोसुकै व्यापार गरे पनि यो सिनेमाले जगाउने सामाजिक भावनाचाहिँ बलियो छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.