विवाह सम्झेर डर लाग्छ !

विवाह सम्झेर डर लाग्छ !

विवाह गर्ने उमेर भएका युवायुवतीलाई यससम्बन्धी कौतुहल हुनु स्वाभाविक हो । तर सामाजिक रूपमा गाँसिने सम्बन्ध भएकाले विवाहका चुनौतीहरू पनि थुप्रै छन् । केही अविवाहित कलाकारसँग विनीता मरहट्टाले 'विवाहसँग कस्तो डर लाग्छ ? ' भनेर सोधेकी छन् ।

केकी अधिकारी, अभिनेत्री

विवाह भनेको हाई कमिटमेन्ट हो । एक्लै हुँदा त्यति कमिटेट हुँदैनौं । अहिले जिम्मेवारीहरू पूरा गरे पनि हुन्छ नगरे पनि खासै फरक पर्दैन जस्तो लाग्छ । तर विवाह पछि जिम्मेवारी पूरा गर्नैपर्छ । विवाह जीवनसाथीसँगको मात्र सम्बन्ध होइन यो परिवार जोडिने सम्बन्ध हो । सबै सम्बन्धप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ । अर्को जेनेरेसन अघि बढाउनुपर्छ । मैले यी सबै जिम्मेवारी पूरा गर्न सक्छु कि सक्दिनँ होला भनेर डर लाग्छ ।

कविराज लामा, चित्रकार

विवाह गर्ने समय भएकै हो । परिवारमा कुराकानी भइरहेको हुन्छ । प्रस्तावहरू आइरहन्छन् । जिम्मेवारी महसुस हुन्छ । अब गर्नुपर्ने बेला भयो जस्तो लाग्छ । विवाह एउटा एक्सपेरिमेन्ट हो । जिन्दगीभरि नै एकले अर्कालाई बुझ्न सकिँदैन । परपफेक्ट जीवनसाथी भनेर खोज्नु बेकार हो । भगवान्ले कसैको लागि परफेक्ट साथी बनाएकै हुँदैन । त्यो एक्जिस्ट नै हुँदैन ।

प्रविशा अधिकारी, गायिका

विवाह भन्ने बित्तिकै डर लाग्छ । उमेर त भएको हो । कुरा पनि आइराछ । तर हरेक मंसिर आउने बित्तिकै 'यो मंसिरमा होइन अर्को मंसिर कुर्ने कि' भन्ने छ । बुवा ममीसँगको लाइफबाट पूरै नयाँ परिवारमा, नयाँ कल्चरमा पुग्नुपर्छ । कसरी एडजस्ट गर्छु होला भनेर डर लाग्छ । मैले सबै जिम्मेवारी पूरा गर्न सक्छु कि सक्दिनँ होला, जीवनसाथी बुझ्नै खालको हुने हो कि होइन । यस्तै यस्तै कुराले विवाह सम्झँदै डर लाग्छ ।

अमृत ढुंगाना, अभिनेता

सिंगल लाइफमा आफ्नै मर्जीमा हिँडिरा हुन्छु । विवाहपछि त्यो केही हदसम्म हराउँछ कि जस्तो लाग्छ । अहिले सबै डिसिजन आफैंले गरिरहेको छु । पछि पार्टनरसँग सोधेर डिसिजन लिनुपर्छ । आफूलाई गर्न मन लागेको कुरामा उसको चाहना नहुन पनि सक्छ । आफूले चाहेको काम आफ्ने डिसिजनले गर्ने फ्रिडम हुँदैन । त्यही कुरादेखि डर लाग्छ । तर अहिले नै विवाहको विषयमा सोचिसकेको छैन । धेरै कुरा त दिमागमै आउँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.