दिक्दारीको परिणाम 'बिजुली मेसिन'

दिक्दारीको परिणाम 'बिजुली मेसिन'

युवा अवस्थाका नवीन अवाल । जीवनमा केही त गर्नैपर्छ भन्ने हुटहुटीले उनले भक्तपुरमा सानो 'बिजनेस' सुरु गरे । 'आम्दानीको सपना बोकेर थालेको बिजनेस लगानीमै चौपट भयो', अवालले भने, 'बत्ती नभई नचल्ने बिजनेस थियो । कहिले ब्याकप, कहिले इन्भर्टर जोड्नमै नाफाको साटो घाटा भयो ।'

अब के गर्ने त ? उनीसँग परिकल्पना गर्नसक्ने र त्यसलाई मूर्त रूप दिने कला थियो । कार्यथलोमा बसिरहँदा उनले सोचे, 'एउटा कथा लेख्छु ।' लेख्दै गए, एउटा कथा तयार भयो । 'बिजुली मेसिन' शीर्षकको त्यही कथामा आधारित भएर उनले एउटा चलचित्र बनाउने सपना बुने ।

मुलुकमा लोडसेडिङले भोगाएको पीडा, लोडसेडिङमुक्त बनाउन देखाइने सपना र बिजुली निकाल्न सकिने विकल्पको सम्मि श्रण गरेर उनले विज्ञानमा आधारित चलचित्र बनाइछाडे । 'आज म धेरै खुसी छु', अन्नपूर्णसँग कुरा गर्दै उनले भने, 'बत्ती नभएर दिक्दार बन्दाको अवस्थालाई चित्रण गर्छु भनेर लेखेको स्क्रिप्ट आज चलचित्र भएको छ ।'

आगामी १७ गते देशैभर प्रदर्शन हुन लागेको साइन्स विषयमा आधारित यो चलचित्रले लोडसेडिङको मार, हल्लाहरूलाई उपहास र आवाजबाट पनि विद्युत् निकाल्न सकिन्छ भन्ने परिकल्पना पस्किएको छ । नवीनकै निर्देशनमा बनेको चलचित्रमा ऊर्जा संकटले चौपट बनेको व्यक्ति, अर्थतन्त्र र मुलुकको कथा समेटिएको छ । यो हल्लाको देश हो तर त्यही आवाजको कम्पनबाट पनि बिजुली निकाल्न सकिन्छ भन्ने उपाय सुझाइएको उनले बताए ।

उसो त नवीन स्नातक पढ्दै गर्दा सन् २००८ मै चलचित्रसम्बन्धी चारमहिने कोर्स गरेका युवा हुन् । उनले 'बिजुली मेसिन' पहिलो फिल्म बनाए पनि काठमाडौं युनिभर्सिटीका विद्यार्थीका लागि सर्ट मुभी बनाउने काम गर्दै आएका थिए । उनले बनाएको 'वन पर्सन' शीर्षकको छोटो चलचित्र युट्युबमा चर्चित छ ।

देशको दुर्गतिको कारण लोडसेडिङ नै हो भन्ने लागेपछि उनले बिजुली मेसिन बनाए । त्यसका लागि नयाँ पुस्तका विषय बुझेकै कालाकारलाई उनले स्थान दिए । निर्माताका रूपमा ऋषभ आचार्य, दीपेन बस्नेत, सञ्जीव न्यौपाने र बिन्दु तिमल्सेना अगाडि सरेका छन् भने नवीनको परिकल्पनालाई मूर्त रूप दिने कोसिस अभिषेक सुवेदी, जीवन अधिकारी, रेलिजा श्रेष्ठले गरेका छन् ।

परिपक्व नायक राजेश हमाल प्रोफेसरको भूमिकामा छन् भने लक्ष्मी भुसाल, बुद्धि तामाङ, कमलमणि नेपाल लगायतले आवाजबाट बिजुली निकाल्ने विषयमा समर्थन जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.