स्मोकी आइज

स्मोकी आइज

मंसिर महिनामा विवाहको पार्टिमा जान धेरैलाई भ्याईनभ्याई पर्न सक्छ । यस्तो बेलामा फुर्सद छ भने त पार्लरमै गएर मेकअप गरिएला । तर हिजोआज धेरैको दिनचर्या ब्यस्थ भएकाले पार्टिमा जाने बेलामा छिटो छरितो आफ्नो श्रृंगार गर्ने कला सिक्नु पनि उत्तिकै आवश्यक छ ।

सम्पूर्ण रुपमा श्रृंगारिएको ब्यक्तिको आँखामा नै सबैले पहिले हेर्छन् । त्यसैले सुन्दर र आकर्षक आँखामध्ये स्मोकी आइ पनि एक हो । कुर्ता, प्यान्ट, लेहेंगा, सारीलगायताका जुनसुकै पहिरनमा पनि स्मोकी आइ सुहाउने गर्छ । अहिले स्मोकी आइकै बढी फेसन चलेको र युवतीमाझ यो निकै लोकप्रिय भएकाले यस बारेमा छोटो जानकारी ।

क्लिन्जिङ

आँखाको श्रृंगार गर्ने भनिए तापनि सबैभन्दा पहिले हामीले आफ्नो अनुहारको सरसफाई गर्नु जरुरी हुन्छ । त्यसैले पहिले अनुहारको क्लिन्जिङ गरेर त्यसमा आइसले पुस्ने र यसको माथिपट्टि टोनर लगाउनाले अनुहार नरम र चम्किलो हुन्छ ।

फाउन्डेसन

पुरै अनुहारमा फाउन्डेसन लगाएर त्यसलाई मज्जाले सबैतिर फैलने गरी मालिस गर्ने । यदि फाउन्डेसन सबैतिर राम्रोसँग फैलिएन भने टाटेपाटे देखिन सक्छ । त्यसैले समय लगाएर सबैतिर माड्नु राम्रो हुन्छ । अब अनुहार र विशेषगरी गालामा ब्लसर लगाएमा सुन्दर देखिन्छ ।

आँखाको मेकअप
- गोल्डेन र सिल्भर कलरलाई मिसाएर बेस बनाउने र आँखाको ढकनीभरी पुरै लगाउने । आँखा ठूलो छ भने यो बेस धेरै लगाउँदा अझै भद्दा देखिन सक्छ ।
- यही बेसले नै कोस पनि तान्ने ।
- आइब्रोको लाइनमा हल्का गोल्डेन कलर वा आफ्नो इच्छानुसार ब्राउन, सिल्भरलगायतका कलर पनि लगाउन सकिन्छ । - यसपछि सिल्भर ब्ल्याक कलरले ब्लेन्ड गर्ने ।
- यसलाई हल्का पुसिदिनाले यो मेकअप केही लामो समयसम्म अडिरहन्छ ।
- यदि आफूलाई मन पर्छ भने यसको माथि गोल्डेन ग्लिटर भएको आइ स्याडोले टच पनि गर्न सकिन्छ ।
- आँखाको तलको भागलाई ब्ल्याक कलरले दुई तीन पटक ब्लेन्ड गर्ने ।
- आइब्रोको सेप पेन्सिलले मिलाउने । पेन्सिले आकार दिँदा आफ्नो भन्दा अलि फरक आकार पनि दिन सकिन्छ । तर यसो गर्दा प्राकृतिकपना हराउँछ ।
- गाँजल आँखाको भित्रबाट लगाउने ।
- कृतिम परेला लगाएपछि मस्कार लगाउनुहुँदैन । यदि परेला नथपेको खण्डमा भने मस्कारा लगाएर आई कर्ल गरे राम्रो देखिन्छ ।
- कृतिम परेलाको माथिपट्टि ब्ल्याक स्याडोले हल्का ब्लेन्ड गर्ने ।
- अब त्यही परेलाको माथि आइ लाइनर लगाउने ।
- आइलाइनर लगाउँदा थोरै कोस पनि तान्ने गर्नुपर्छ । यसको लागि चिम्सी आँखलाई अलि लामो कोस तान्ने र ठूलो आँखालाई अलि कम तान्ने गर्नुपर्छ ।

मोडेलः आस्था कार्की
ब्यूटिसियनः रेखा घले
स्थानः डायना ब्यूटिपार्लर एण्ड ट्रेनिङ सेन्टर, ताल्छिखेल


नजिकबाट रेखा
ताल्छीखेलस्थित डायना ब्यूटिपार्लर एण्ड ट्रेनिङ सेन्टरकी संचालक ब्यूटिसियन रेखा घले करिव आठ वर्ष अगाडिदेखि यो पेशामा सम्लग्न भएकी हुन् । पहिले उनी यस पेशामा खासै रुचि नभइकनै प्रवेश गरे तापनि अहिले भने विस्तारै काम गर्दै जाँदा आफ्नो लगाभ पनि बढ्दै गएको उनको अनुभव छ । आफ्नो पार्लरमा हाल फेसियल, कपालसम्बन्धि विभिन्न सुविधा, मेनिक्योर, पेडिक्योरलगायतका सबै सुविधा उपलब्ध भएको उनले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.