‘पोर्नस्टार भनेपछि बा–आमा रिसाए’

‘पोर्नस्टार भनेपछि बा–आमा रिसाए’

काठमाडाैं: बलिउडकी चर्चित नायिका सन्नी लियोनले एकताका आफू पोर्नस्टार भए पनि अब नरहेको बताएकी छन्। तैपनि आफूलाई पोर्नस्टार भनेर लागेको बिल्ला जिन्दगीभर रहिरहनेमा भने उनी सहमत छिन्।

एउटा सामान्य युवतीबाट पोर्नस्टार बनेकी सन्नीले आफ्नै रहरले यस क्षेत्रमा लागेको बताएकी छन्। आफू पोर्न क्षेत्रमा लाग्न चाहेको कुरा बाआमालाई बताएपछि उनीहरू निकै निराश भएको उनले खुलासा गरिन्।

एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘पोर्न उद्योग एउटा व्यवसाय थियो र म व्यवसायका रूपमा छिरेकी थिएँ तर बाआमाको अनुमतिबिना नै यो व्यवसायमा लाग्ने निधो गरेकी थिएँ। पेन्टहाउस (एडल्ट इन्डस्ट्रीको फेमस म्याग्जिन)को कभर फोटो अफ दी इयरका लागि ६८ लाख रुपैयाँ कमाएको सुनाउँदा पनि बाआमा रिसाएको उनले बताएकी छन् ।

‘जब मैले बाआमालाई आफ्नो जिन्दगीमा के गर्ने भनेर फैसला लिइसकेकी छु भनेँ, अनिमात्रै उनीहरू कन्भिन्स भए’, सन्नीले भनेकी छन्।एउटा पञ्जावी सिख बच्चीका रूपमा सन् १९८१ मा क्यानडामा जन्मिएकी उनी एघार वर्षको हुँदा परिवारसँग अमेरिका गएकी थिइन्।

उनका बुवा पेसाले इन्जिनियर थिए भने आमा गृहिणी। परिवारमा उनका एक भाइ छन्। उनले अन्तर्वार्तामा १९ वर्षको उमेरमा पोर्न क्षेत्रमा लागेको बताएकी छन्। पोर्न जीवनमा उनले एक सय ४१ वटा एडल्ट फिल्ममा काम गरेको र २५ वटा फिल्म निर्देशन गरेको बताएकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.