सूत्रमय जीवन-जनै

सूत्रमय जीवन-जनै

सूत्रमय संसार सूत्रबद्ध छ । जीवन आफैंमा सूत्रमय छ । जीवनका प्रतिपल नै सूत्र हुन् । प्रत्येक पलका महत्वा हुन्छन् । तथापि सामान्यतः यसमा हामी सबैको समान सरोकार हुन्नन् ।

पलापलाका ज्ञान खगोल शास्त्रीहरू राख्दछन् । उनीहरूको लेखाजोखा सबै पलभरका निमेश र निमेषभरका पलमा हुन्छन् । समय सूत्र उनीहरूका लागि सर्वत्र रहिरहन्छन् । निखिल सरोकारहरूमध्ये मेरो वर्तमान भने ऋषि पञ्चमीका जनै सूत्र रहेका छन् । जनै सूत्रबद्ध छ । जनैका सूत्र क्रमबद्ध छन् । वेद अनुरूप जनै नौ सूत्रमा उनिन्छन् ।

सूत्रका आ-आफ्नै महिमा हुन्छन् । सूत्र भन्नु कुनै आधारभूत तत्व दर्शनका मूल वस्तुभान हुन आउँछ । सूत्र वदवाणीअन्तर्गत मन्त्र हुन पुग्छ । विधिवत्का संरचनाअन्तर्गत यन्त्र बन्न सक्छ । विज्ञानको परिवेशमा सूत्र गोपनीय विधि विधानका सारभूत प्रविधि तन्त्र बन्छ । तन्त्र सार-तत्व-दर्शन पनि हुन आउँछ । सूत्रका सन्दर्भ वस्तुनिष्ठ रहन्छ । वस्तुपरकता सूत्रका अन्तर्य बन्छ । सूत्र सदाबहार ब्रम्ह तत्व रहन्छ । सदावहार ब्रम्ह तत्व, स्थान, पात्र र परिवेशमूलक बन्छ, रहन्छ ।

स्थानको सन्दर्भ यस भूगोलअन्तर्गतका विभिन्न गोलार्ध उत्तरी र दक्षिणी अनि पूर्वीय र पश्चिात्य पर्छन् । उत्तरी र दक्षिणी गोलार्धका परिप्रेक्ष्य एक समान छैनन् । दिन रातको समयक्रम एक नास हुन्नन् । एक गोलार्धको समय चक्र समान रहन्नन् ।

पृथ्वीको भौगोलिक अवस्था डिग्री कोल्टिएको अवस्थितिमा रहेको कारण सूर्य उन्मुख र सन्मुख पर्ने अवस्था फरक पर्छन् । तिनै अवस्थितिले गर्दा दिन रात हुन्छ । ऋतु परिवर्तन हुन्छ ।

मौसम फेरबदल भई नै रहन्छ । प्राणी मात्रका जीवन चक्रमा निरन्तर जन्मने, हुर्कने, तरुनीने, जेष्ठिनीने अनि अन्त्यष्टिन्ने क्रम सुचारु रहन्छन् । यी क्रिया-प्रक्रिया एक न एक सूत्रमा आधारित रही टुंगिन्छन् । जनैलाई डोरो बनाई नाडीमा बाँढ्ने हाम्रा संस्कारगत परम्परा रहिआएको छ । सूत्रबद्ध जीवनमा त्यो डोरो यसकै परिशीलन बन्छ र बनेको छ ।

जनैलाई वैदिक संस्कृति अनुरूप यज्ञउपविद-यत्रोपविद भनिने सांस्केतिक कथन छ । यज्ञ भन्नाले साधारणतः ठूल ठूला आहुतिद्वारा टुंगिने यज्ञ, महायज्ञ, आहुति आदि बुझिन्छ । परन्तु संकल्पसहित दृढतापूर्वक परिपालन गरिने कुनै पनि सत्कार्य यज्ञ ठहर्छ । सबै ठूला साना कर्म-कार्य यज्ञ समान मर्यादित छन् । साधारणतः हाम्रा चेतब्रम्हले तिनलाई अंगीकार नगर्नु बेग्लै कुरा हो । यज्ञ मण्डपर कुण्ड बनाइयुन् नबनाइयुन् पनि कर्मनिष्ठ आचरण र कर्तव्य पालनले यज्ञ होमकै फल प्राप्ति हुन्छ ।

जनै भनौं या यज्ञ उपवित मूलतः एकै तत्व रहेको छ । जनै लगाउनु वा धारण गर्नुको एउटै उद्देश्य रहेको हुन्छ । वस्तुतः जनै र यज्ञोपवित एक तत्वको दुई पृथक शब्दावली मात्र । नेपालीमा हामी जनै भन्छौं, संस्कृतमा यज्ञ + उपविद = यज्ञोपविद । शब्द सन्धिले शब्दावलीमा रूपान्तर भइदिने मात्र हो । अर्थान्तरण भने छैन ।

प्रसंगबस जनैको नौ डोरा/सूत्र हुने प्रसंग उठाएछु । नौसुते जनै नामैले नौ बेग्लाबेग्लै डोरा जुटाइएका एकीकृत सूत्र हुन् । एकीकृत सूत्र भन्नु यथार्थमा नौ भिन्नाभिन्नै मर्मका अर्थ बोधक अभिव्यक्ति हुन्- मन्त्रोचारण हुन् । मन्त्र रहस्यमय बन्नूको हेतु यतै बोध हुन थाल्नेछन् ।

मन्त्र यथार्थमा मनभित्र अन्तरनिहित यन्त्र साधनाका तन्त्रका विधान हुन् । तन्त्र भन्नु तादात्म्यपूर्ण अर्थ बोध गर्ने साधना नै हो । साधना विधि अनेक विधि विधान अपनाएर हासिल गर्न सकिँदो रहेछ । एउटै लक्ष्य प्राप्ति निमित्त थरीथरीका थरिया, मुखिया, अगुवा, नेतृत्व वाहकहरूले अपनाउने यन्त्र/विधि र मत अलगअलग घोषित हुनुका मूल कारकतत्व यिनै बन्न आउँछ ।

सबैले जनहित, कल्याण, उत्थानका कुरा गर्छन् अलगअलग उपाय र साधना मार्ग अपनाउनुको गुत्थ ठहर्छ । छातीमा हात हालेर भन्न पुगे उनीहरू एकआपसमा जुट्नेछन् र नौटंकी नाटकको अन्त्यष्टि आफैं टुंग्याएर देशलाई एकसाथ उठाउने छन् ।

पन्ना, नीर, पुष्पराज, माणिक, लसुनी, गोमेद सबै हिरण्य गर्भा पृथ्वीकै गर्भबाट नै प्रादुर्भाव हुन्छन् । नवरत्न सबै नै नव सूत्राधार जनै डोराका रत्न श्री प्रवीक भइदिन्छन् ।

नौसुते जनैका हरेक सुतमा एकएक अर्थ विन्यास भए, गरिएका छन् । पहिलो सुतले ॐ कार शाश्वत सत्यलाई अंगीकार गर्छ । ॐ कारसितका शाश्वत सत्यका तीन आयाम छन् । पहिलो सत्यम्, दोस्रो सुन्दर, तेस्रो शिवम् । सत्यम् प्रकृति । सत्यम् पृथ्वी । सत्यम् सृष्टि । सत्यम् शाश्वत । पृथ्वी यति शाश्वत छ कि त्यहाँ पर्नेबित्तिकै जे पनि सम्भव हुन्छ । सृष्टिको सुरु पृथ्वी तलमै भए गरिएका छन् । पृथ्वी त्यसैले प्रकृति हुन् कि सृष्टिको पहिलो मुहार त्यही देखिएथे ।

पृथ्वीमा जैविक तत्वहरू विद्यमान छन् । त्यहाँ जैविक जीवन सम्भव भएर भौतिक वैभव सबैका सबै सम्भव भएका छन् । पृथ्वीसितका जैविक तत्व शाश्वत सत्यमा परिणत भएर यी वैज्ञानिक चमत्कार सबैका सबै नै सम्भव भएका छन् । पृथ्वी र यिनकै परिवेश परिसरका कणकणमा जैविक जीवन तत्वहरूका समष्टिगत उपस्थिति छन् ।

ॐकारभित्रका सुन्दर तत्व त्यसका दोस्रो आयाम बन्छ । पहिलो आयामसितका सृजनशील प्रकृति सौन्दर्यवती । सिर्जना र सौन्दर्यले गर्दा पृथ्वी सार्थक र शाश्वत बनेकी छन् । सुन्दरता जीवन कै जोवन हो । प्रकृति सुन्दर हराभरा छिन् । सत्य र सौन्दर्य त्यसकारण एकआपसमा आकर्षण तत्व बनेको छ ।

सत्य सदा आफूतिर खिचिरहन्छ हामीलाई । तर, मान्छेकै परिवेशले विकर्षित पार्छ हामीलाई । सत्य र मान्छे परिवेशको घर्षणमा रगडिरहन्छ सदा उस्तैउस्तै निरन्तर । अनि आकर्षण र विकर्षणका अन्तर घर्षणले खिइँदा खिइँदै मान्छे हामी विलय बन्छौं । यहाँनिर हो हामी सत्यम्पछिको सुन्दरम्को निचोड शिवम्मा लीन हुन पुग्छौं । लाग्छ त्यसैले शिवम् शाश्वत सत्यका अवश्यंभावी सुन्दर निचोड हो, अन्त्य होइन, न त विनाश नै । प्रकृति विनाशक हुन्नन् र छैनन् पनि । प्रकृति त नितान्त प्रजननशील । प्रकृतिको प्राकृतिक गतिमा रूपान्तरणका अवस्था सदाबहार रहन्छ ।

प्रसंग नौ सूत्रीय जनै धागोको बनाएको थिएँ । नौ सूत्रीय जनै जीवन दर्शनका अमूर्त व्याख्यान तत्वको पनि मर्म रहेको छ । नौ पूर्णताको प्रतीकात्मक सूत्र । प्रतीकको चलायमान गति हुन्न । यसमा जीवन्त प्राण तत्व समाहित छैन । प्रतीक वस्तु जीवन्त वस्तु तत्वका बिम्बमात्र बोक्छ । बिम्ब हामी खडा गछौं ।

बीचमा चेत भर्छौं हामी । हामीले भरेको चेतन अस्तित्व पाएर अचेतन बिम्ब सार्थक चेत सन्देश सञ्चार गर्छ । जनै धागाका कुनै पनि नौ सूत्रमा जैविक चेतनका प्राण छैन । तिनका प्रत्येक सूत्रमा हामी चेत तत्वका सन्देश भरिदिन्छौं, सञ्चार गरिदिन्छौं ।

नवै सूत्र हामी नवग्रहका आपसी आकर्षण विकर्षणका बिम्ब बोक्छौं । प्रत्येक सूत्र हामी एक गठबन्धन हौं । हौं हामी प्रत्येक गतिमान नव ग्रहहरूका गति सूत्र । तपाईं यो सूत्रमय गठबन्धनका डोरालाई साँझ बिहान र बिहानै चिन्तनमय चित्त बनाइराख्न जप्नुस् । हामी नवै एक सूत्र बनी तपाईंका सूत्रधार बनिदिन्छौं, बनिरहन्छौं ।

पवित्र चिसो जलमा भिजेका हामी नौ सूत्रीय एकीकार डोरा तपाईंको घाँटी, कुम र छातीभरि मण्ड शीतल स्पर्श चालै नपाउने गरी भरिदिन्छौं । यी तरंगहरूले तरंगित तपाईंका जीवन सङचिद आनन्दमय बन्न बनाउन हामी चक्रवत् घुमिदिन्छौं । मात्र चिन्मयतासाथ एक सूत्रीय नौ डोरालाई एकै ताल, सुर, लयमा घुमाई दिनुस् ।

यसभन्दा नि बेसी हामी गर्भ गृहका प्रतीकात्मक अदृश्य र अमूर्त रूपका बिम्ब हौं । नौ सूत्रीय जनै मौन भाका हाल्दै जान्छन्, हामी सप्तरंगी सूर्य-किरणका मिश्रित रूपाकृतिका बिम्ब बोक्छौं । सूर्यको सप्तरंगी चुनरी ओढ्दो इन्द्रधनुष हाम्रा मायाभरिका सरोकार बोक्छन् ।

अर्ध गोलाकार गोलार्धका सिंगो आकार बोक्छौं हामी । अनि त एकै सूत्रमा उनिएर तपाईंको घाँटी, कुम र छातीभरि विचरण गर्छौं । मौन भाकामा अवाक रही जीवन गतिका सन्देश प्रवाह गर्छौं । हाम्रा मौन भाकाका अभिव्यक्तिलाई तपाईंले आफंै चित्रवृत्तिमा स्वर भरेर बोली दिनुस् । चेतभरि व्याख्यान गरिदिनुस् । सूर्य किरणमा सप्तरंग छन् ।

हामीमा नौ रंगका बिम्ब छन् । नव रंगमा भनौं भने हामी नवआलोक हौं । नवआलोक-नयाँ आभा । नयाँ आभा, चिन्तन, विश्लेषण र जीवन मार्गका रेसा हुन् । नवरस नयाँरस, नौलो जीवन जगत्का आभास भौगोलिक वातावरण, पर्यावरण, मौसमी परिवर्तनका विश्वव्यापी यथार्थ प्रभाव, परिवर्तनहरूका बिम्बात्मक सूत्राधार सूत्र नौ रेसाका जनै जीवन डोरा ।

नारी महिमाका शक्ति स्वरूपिनी नवदुर्गाका नौ सूत्र जीवन जनै डोरा नारी महिमा गान र गीत गाउँदै जान्छन्, रहन्छन् तर मौन भाकामा अवाक चिन्तनमा निश्वर वाचामा बाचाल । उनका मौन भाका अवाक चिन्तन धार अनि निश्वर वाचा सुन्न मलाई श्रवणेन्द्रीय दुईकान, चिन्मय अवाक चिन्तन धारमा वाचाल स्वर भर्न मलाई अन्तर्यको सस्वर बोली चाहिएको हुन्छ । सिकिरहेको छु - मौन, निश्चल नौ सूत्रीय जनै डोरालाई नमन गर्दै ।

यसभन्दा बेसी फड्को मार्दै गर्छु चिन्तन । सूत्रमय जीवन जनै रेसारेसा बीचबाट । प्रत्येक रेसामा म एकएक रत्नका प्रतीक बनिरहेको हुन्छु । भनौं सूत्रमय मेरो जीवन जनै डोरा नवरत्नका बिम्ब बोक्छु ।

मेरा एकएक जीवन रेसा डोरा नवरत्नका बिम्ब बोक्छु । मेरा एकएक जीवन रेसा एकएक रत्नका संयुक्त डोरा बनिरहेको हुन्छु । नवरत्न जडित दृष्टिकोण उघारी दिनुस् । नवरत्नै पाउनु हुनेछ, देख्नु हुनेछ । दर्शन कल्पना र तर्कका ताज श्रीमात्र होइन । चाज श्री त विवेक ब्रम्हबाट उपज हुने ब्रम्ह तेज हो ।

अचलभित्रको चलायमान चाल र गति निमित्त ब्रम्ह रत्नकै तेजझुल्किनु जरुरी हुन्छ । निराकारबाट साकारमा रूपान्तरित भएका हामी शून्यसान छौं र हौं पनि । विश्व ब्रम्हाण्ड सबै सृष्टिका सुरुमा शून्य रह्यो । सौर मण्डलका सबै ग्रह गणका रूपाकृति सबै शून्य सार गोलाकारका छन् ।

हाम्रा आफ्नै मातृ ग्रह पृथ्वी शून्य रूप र आकारको गोल गोल खगोलका एक नक्षत्र रहे, बनेका छन् । नव ग्रह त्यसैले नवरत्न सरहका तेजिला चमक हुन् । नवरत्नहरू सबै गर्भ गृह यिनै हुन्छ । मोती पृथ्वीकै जल सागर-समुद्रबीच रहेका गर्भ स्थलबाट उद्भव हुन्छ । मुगा-रत्न पनि त सागर तारक भनौं ताल-सागर बीचबाटै प्रादुर्भाव भइदिन्छ ।

पन्ना, नीर, पुष्पराज, माणिक, लसुनी, गोमेद सबै हिरण्य गर्भा पृथ्वीकै गर्भबाट नै प्रादुर्भाव हुन्छन् । नवरत्न सबै नै नव सूत्राधार जनै डोराका रत्न श्रीप्रवीक भइदिन्छन् । प्रतीक र बिम्बहरू नौ सूत्रका जनै डोराका प्रतिमूर्ति बनिरहेका हुन्छन् ।

नवरत्न र नवसूत्रीय जनै आपसमा रूपान्तरित आस्थाका बिम्ब-प्रतिबिम्ब बोकी आत्मसात् गरिरहेका हुन्छन् । आस्थाभित्रका चिन्तन चेतमा यी आपसमा सहअस्तित्व कामना गर्दा हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.