सोल्टी होटलले मनायो स्वर्ण जयन्ती

सोल्टी होटलले मनायो स्वर्ण जयन्ती

काठमाडौः काठमाडौंको कालिमाटीस्थित पाँचतारे होटेल सोल्टीले पर्यटनमा गुणस्तरीय सेवा प्रवाह गर्दै ५० वर्ष पार गरेको छ । २०२२ साल मंसिर १० गते स्थापना भएको होटेल सोल्टीले ५० औं वर्षगाँठ भव्यताका साथ मनाएको छ ।

नेपालमा गुणस्तरीय पर्यटन सेवा सुरु गरेको होटेल सोल्टीले सेवाकै माध्यमबाट आफ्नो ब्रान्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन सफल भएको होटेल सोल्टी क्राउन प्लाजाका संस्थापक अध्यक्ष प्रभाकरसम्शेर राणाले बताए ।

उनका अनुसार होटेल क्षेत्रमा पहिलो पाइला चालेको सोल्टीले पछिल्लो समय सेवालाई विस्तार गर्दै एयरलाइन्स क्याटरिङ हुँदै विस्तारित शाखा नेपालगञ्ज र पोखरासम्म पुर्‍याएको छ । होटेलको पहिलो शाखा नेपालगन्ज र दोस्रो पोखरामा हुने राणाले उल्लेख गरे । सोल्टी होटेललाई उत्कृष्ट कर्पोरेट संस्थाको रूपमा उभ्याउन सफल भएकोमा राणाले खुसीसमेत व्यक्त गरे ।

सोल्टी होटेलले स्थापनाको आधा सताब्दी पार गरेको अवसरमा काठमाडौं बाहिर नेपालगन्ज र पोखरामा दुई वटा चारतारे होटेल सञ्चालन गर्ने भएको छ । आफ्नो ब्रान्डलाई प्रवद्र्धन गर्दै सोल्टी होटेलले काठमाडौं बाहिर पनि सोल्टी क्राउन प्लाजाकै ब्रान्डमा होटेल सञ्चालन गर्ने राणाको भनाइ छ । सोल्टी होटेलको ५० औं वर्षगाँठ समारोहणमा राणाले होटेलले राम्रो ब्रान्ड र सेवा प्रदान गर्न सफल भएकोमा नेपालको पर्यटन उद्योगकै लागि गर्वको विषय भएको धारण राखेका थिए ।

नेपालको पर्यटन क्षेत्रमा उच्च स्तरको सेवा दिन सफल सोल्टीको ब्रान्डलाई समग्र होटेल क्षेत्रले नै गर्वको रूपमा लिएको होटल संघ (हान)का अध्यक्ष अमरमान शाक्यले बताए । काठमाडौंमा रहेको अन्य सात होटेलको तुलनामा सोल्टी नै पायोनियर भएको पनि शाक्यको बुझाइ छ ।

नेपालमा पछिल्लो समय १२ सय पर्यटकीय होटेलमा २३ हजार कोठा थप गरी ३७ हजार बेड क्षमता विस्तार हुन लागेको हानको भनाइ छ । पर्यटन सेवाका लागि होटेल क्षेत्रले दिएको योगदानको कदर निकै सराहनीय रहेको शाक्यको बुझाइ छ ।

कार्यक्रमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपालका अध्यक्ष सुमन पाण्डेले सोल्टी होटेलले आतिथ्य सत्कारमा पुर्‍याएको योगदानको चर्चा गरे । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द रिजालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सामान्य नागरिकदेखि राज्यका उच्च पदस्थ व्यक्तिसम्मले सोल्टी होटेल ब्रान्डले पुर्‍याएको सेवाको चर्चा गर्ने बताए । दक्षिण एसियाका होटेल प्रमुख शिव शान्थदेले होटेल क्षेत्रको ग्लोबल सिनारियो बढ्दै गएको विषयमा प्रस्तुती दिएका थिए ।

कार्यक्रममा सोल्टी होटेल सञ्चालक समितिका अध्यक्ष दिनेशबहादुर विष्टले २२ सालमा नै दुरगामी परिकल्पना गरेर होटेल स्थापना भएको बताए । उनले निजी क्षेत्रको सहभागितामा नेपालमा आउने पाहुँनाको स्वागत सत्कार निकै प्रभावकारी भएको बताए ।

कर्पोरेट क्षेत्रमा स्थापित नाम तथा ब्रान्ड सोल्टीले सेवाका ५० वर्ष पुरा गरी गुणस्तरीयता कायम गर्न सफल भएकोमा पर्यटन व्यवसायका लागि महत्वपूर्ण योगदान भएको विष्टले उल्लेख गरे ।

इन्फोः होटेल क्षेत्रमा पहिलो पाइला चालेको सोल्टीले पछिल्लो समय सेवालाई विस्तार गर्दै एयरलाइन्स क्याटरिङ हुँदै विस्तारित शाखा नेपालगञ्ज र पोखरासम्म पुर्‍याएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.