पोखराको दोविल्लामा जीप दुर्घटना, दुई जनाको मृत्यु
पोखरा: कास्कीको पोखरा उपमहानगरपालिका– १७ दोविल्लामा जीप दुर्घटना हुँदा दुर्इ जनाको मृत्यु भएको छ। अन्य १२ जना घाइते भएका छन्।
वनभोज खाएर फर्कने क्रममा ग१च ४८८९ नम्बरको जिप दुर्घटना हुँदा रौतहटका २० वर्षीय अरवेन्द्र चौधरी र भारतको कोलकाताकी १४ वर्षीया लीला मेहत्रा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौधरीको नमस्ते अस्पताल विरौटा तथा मेहत्राको फेवासिटी अस्पताल नागढुङ्गामा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेको ती दुवै अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । रासस