स्याकारले ल्यायो बहुउपयोगी हाते ट्रयाक्टर

स्याकारले ल्यायो बहुउपयोगी हाते ट्रयाक्टर

काठमाडौः नेपालका लागि होन्डा पावर प्रोडक्टको आधिकारिक वितरक स्याकार टे«डिङ कम्पनी प्रालिले बहुउपयोगी होन्डाका हाते ट्रयाक्टर बजारमा ल्याएको छ ।

कृषकले सजिलैसँग खेती गर्न सकुन् भन्ने उद्देश्यकासाथ कम्पनीले ‘होन्डा एफजे ५००' मोडलको बहुउपयोगी हाते ट्रयाक्टर बजारमा ल्याएको हो ।
यस टिलरको बजार मूल्य एक लाख ६० हजार रहेको कम्पनीले जनाएको छ । टिलरका साथै त्यससँग सम्बन्धीत विभिन्न आठ सामग्री पनि सुपथ मूल्यमा बिक्रीका लागि राखिएका छन् ।

आईएसओ ९०००ः२०००, आईएसओ १४००१ र एफटीटीआई मान्यता प्राप्त उक्त टिलरमा जीएक्स १६० आईएचभी सिलिन्डरको प्रयोग गरिएको छ ।

फोर स्ट्रोक, एसी र ५.५ एचपीको शक्तिशाली इन्जिन रहेको उक्त ट्रयाक्टरमा उचाइ मिलाउन सकिने ह्यान्डिल पनि राखिएको छ । साथै अन अफ स्वीच तथा स्पिड नियन्त्रण पनि ह्यान्डिलमै छ ।

त्यस्तै हिलो र धुलोमा सजिलै चल्न सक्ने स्नुकर एअर क्लिनरका साथै यसको ग्राउन्ड क्लियरेन्स पनि राम्रो रहेको कम्पनीले जनाएको छ ।

यस हाते ट्रयाक्टरले पाँचदेखि आठ इन्चसम्मको गहिराइ तथा १८ देखि २४-३६ इन्चसम्मको चौडाइलाई आवश्यकता अनुसार थपघट गरी अनावश्यक घाँस उखेल्न, खेत जोत्न, सम्याउन, र ड्याङ बनाउन सकिनेछ ।

प्रतिघन्टा एक रोपनीसम्म खेत जोत्न सक्ने ट्रयाक्टरको इन्धन खपत प्रतिघन्टा एक लिटर रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.