अाधुनिक पनि, लाेक पनि

अाधुनिक पनि, लाेक पनि

काठमाडौः एकताका बच्चु कैलाशको घरमा हप्ता पन्ध्र दिनमा साथीभाइको जमघट हुने गथ्र्यो । नातिकाजी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पुष्प नेपाली, रुवी जोशी त्यो समूहमा थिए । गीतकार हिरण्य भोजपुरेले त्यो समयलाई यसरी सम्झिए,‘ रुवी जोशीको दखल गायनमा मात्र नभएर हास्यव्यंग्यमा पनि रहेछ ।'

भोजपुरेले भने, ‘रुवीले आफू गम्भीर भएर अरूलाई हँसाउथ्यो, पुष्पचाहिँ अरूलाई पनि हँसाउने आफू पनि हाँस्ने ।' रुवी जोशीलाई एकदमै रमाइलो गर्नुपथ्र्यो । पिकनिक जाँदा तास खेल्ने, गीत गाउने गरेको साथीलाई भोजपुरेले कहिले बिर्सन सक्लान् र ? उनले मात्र होइन, देशले नै रुवीलाई बिर्सन सक्दैन ।

एउटामात्र मिर्गौला लिएर मधुमेहसँग लडिरहेका रुवीको शुक्रबार काठमाडौंको निदान अस्पतालमा निधन भयो । भोजपुरेले भने, ‘नेपाली संगीतमा ठूलो देन दिने मान्छेको अस्त भएको छ, मुलुकले उनलाई बिर्सन मिल्दैन ।'

नेपाली लोकगीतमा धर्मराज थापा, कुमार बस्नेत, लेकालीहरूले एक खालको योगदान गरे । त्यसभन्दा फरक योगदान पुष्प नेपाली र रुवी जोशीको छ । भोजपुरेका अनुसार नेपाली गायनमा पुरुष पुरुषको ‘ड्वेट' गीत गाउने चलन बच्चु कैलाश र पुष्पले सुरु गरेका हुन् ।

त्यसलाई निरन्तरता दिने काम पुष्प र रुवीले गरे । ‘कान्छी मट्याङ ट्याङ्', ‘तिम्रो पनि माया लाग्छ, उसको पनि माया लाग्छ', ‘शितलुमाथि नि शितलु पर्‍यो नि' लगायतका गीतले उनलाई यस उद्योगमा चिनाएका थिए । काका पुष्प र भतिज रुवीको जोडी गायनमा खुब जमेको थियो ।

उनका समकालीन गायक संगीतकार गणेश रसिक उनलाई मिलनसार व्यक्तिको रूपमा चिन्छन् । यद्यपि रसिक र जोशीको त्यतिसारो निकटतम सम्बन्ध थिएन । समकालीन भएकाले जोशीको गायनको विषयमा रसिक जानकार छन् । लोकविधा र आधुनिक विधामा गीत गाउन पोख्त जोशीले थोरै गीत गाए ।

रसिक भन्छन्, ‘जति गाउनुभयो, सबै राम्रा छन् ।' संगीतकार आभास नेपाली आधुनिक विधा र लोक विधा दुवैमा राम्रो पकड भएका गायकका रूपमा रुवीलाई चिन्छन् ।

लोक शैलीलाई आधुनिकमा छिराउने पहिलो श्रेय नपाए पनि रुवीको योगदान महत्वपूर्ण रहेको आभासको बुझाइ छ । काकाको शैलीलाई पछ्याए पनि उनको बेग्लै व्यक्तित्व नेपाली संगीतमा स्थापित भएको छ । आभास भन्छन्, ‘संख्यामा उनका गीत थोरै होलान् तर सबै राम्रा छन् ।'

रुवी २०१८ सालमा रेडियो नेपाल प्रवेश गरेका थिए । पेसाले उनी बैंकर थिए । गीत गाएर श्रोता खुसी पार्ने काम मात्र नभई उनले संगीतकर्मीका लागि बिर्सन नसक्ने गुन लगाएका छन् ।

उनकै पहलमा २०४५ सालमा गीतकार, संगीतकार र गायकको पारि श्रमिक पचास रुपैयाँबाट पाँच सय रुपैयाँ पुगेको थियो । रेडियो नेपालमा गीतसंगीतको अभिलेख राख्ने ‘सिस्टम' विकासमा उनको विशेष पहल रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.