किवीमा फल्छ सम्पत्ति

किवीमा फल्छ सम्पत्ति

घरछेउको झुसे फलले सम्पत्ति फलाउ“छ भन्ने भीमेश्वर १० का श्यामबहादुर खड्काको कल्पनामा पनि थिएन । त्यही झुसे फल किवीले उनलाई नसोचेको प्रतिफल दियो । २०४१ सालतिर लामोसाँघु–जिरी सडक निर्माणका लागि आएका स्विस इन्जिनियर जेएफ म्यासीले उनको करेसाबारीको सदस्यका रूपमा भि हुन्, त्यसलाई । म्यासी उनको घरमा डेरा बस्थे ।

लामो समय खड्का परिवारको चासोमा परेन किवी, चराचुरुंगीले नै स्वाद लिए । दोलखा र रामेछापमा स्विस परियोजनामै कार्यरत खगेन्द्र सिग्देल एक अपराह्न खड्काको घर आए र उनैले त्यसको महत्व सुझाए । भने, ‘तपाईंहरूलाई विदेशीले सुन छाडेर गएछन् ।’सिग्देलमार्फत् नै ०५२ सालतिर पहिलो पटक काठमाडौं कालामाटीस्थित तरकारी तथा फलफूल बजारमा ४५ किलो किवी पुग्यो ।

बिक्रीबाट आयो आठ हजार । त्यसपछि नै हो, खड्का परिवारले त्यसलाई व्यावसायिक खेतीमा परिणत गरेको । खड्कालाई गाउँलेले अहिले ‘किवी बाजे’को उपनाम दिएका छन् । हौसिएका उनले त्यसको नर्सरी नै चलाएका छन् । समुद्र सतहबाट एक हजार दुई सयदेखि दुई हजार चार सय मिटरसम्म किवी खेती हुन्छ । चिसो हावापानीमा फल्ने त्यसका लागि बढी पानी आवश्यक हुन्छ ।

फलबाट भिटामिन ‘सी’ र खनिज पदार्थ पाइन्छ । मुटु, क्यान्सर, रक्तचाप, दम र मधुमेहका रोगीलाई समेत फाइदाजनक छ । बालबालिकालाई चिसो तथा रुघाखोकीबाट बच्न मद्दत गर्ने चिकित्सकहरू बताउँछन् । १० वर्षे सशस्त्र द्वन्द्वबाट फर्किएका झ्याँकुका निमा मोक्तान तीन वर्षयता व्यावसायिक किवी खेतीमा लागेका छन् । आर्थिक समृद्धिको माध्यम कृषि नै बन्ने निष्कर्ष उनको छ ।

दुई सयभन्दा बढी किवीका बोट हुर्काएका छन् । वाईसीएल नेपाल जिल्ला उपाध्यक्ष विष्णु पाख्रिनले पनि मोक्तानकै सिको गरेका छन् । दुई वर्षयता जुँगुमा डेढ सय बिरुवा लगाएका छन् । जिरीको मालिका कृषक पासाङ तेजिङ शेर्पाले त एक हजार एक सय बोट पुर्‌याइसके । जिरी बजारका वलक जिरेलले चार सय, सोही ठाउँका किरण खड्काले तीन सय, लादुकका श्यामराजा खड्काले तीन सय बिरुवा रोपेका छन् ।

बोच गाविसमा त एक घर १० किवीको अवधारणा लागु भएको छ । झुले गाविसका कृषक पनि व्यावसायिक खेतीमा तानिएका छन् । शिक्षक कुलबहादुर घिसिङ तीन वर्षयता कक्षा सकिएपछि किवीको स्याहारमा व्यस्त देखिन्छन् । राजधानी पुर्‌याएर बिक्री गर्ने जिम्मा छोरालाई दिएका छन् । वरिष्ठ कृषि विकास अधिकृत नारायणकुमार श्रेष्ठका अनुसार सुन्तला र जुनार खेती मासिंदै जाँदा कृषक नयाँ फलतिर आकर्षित् भएका हुन् ।

पाँच सयभन्दा बढीले एक सय ५० हेक्टरमा व्यावसायिक खेती थालेका छन् । कृषकलाई अनुदानमा बिरुवा वितरण गर्न थालिएको छ । गत वर्ष दुई टन रहेको उत्पादन यस वर्ष १० टनभन्दा बढी हुने श्रेष्ठको अनुमान छ । प्याकेजिङ र ग्रेडिङमा कृषकलाई प्रोत्साहन गर्न थालिएको उनको भनाइ छ । रोपेको ४० वर्षसम्म फल दिने भएकाले किसानका लागि लाभदायक रहेको श्रेष्ठ बताउँछन् ।

‘किवी बाजे’को एउटै बोटले ७२ किलोसम्म उत्पादन दियो । सप्रिएका बोटबाट कम्तीमा ३० किलो किवी फल्ने उनी बताउँछन् । बजारको माग धान्न हतारमा फल टिपेर बजारमा पठाउँदा स्वाद बिग्रिन थालेका अगुवा कृषक चिन्तित छन् । जबकि, टिपेको तीन महिनासम्म किवी बिग्रिंदैन ।

सरकारले किसानका नाममा बजेट छुट्याउने गरे पनि यस्ता लाभदायक व्यावसायिक खेतीमा ध्यान नदिएको जिल्लाका कृषकको भनाइ छ । कृषि उपजको बिक्री वितरण प्रणाली सरकारले व्यवस्थित गरिदिए मात्र पनि जीवनस्तरमा पाँच वर्षमै परिवर्तन आउने अगुवा कृषक खड्का बताउँछन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.