बढ्दै कर
पाँचौं राष्ट्रिय कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिरेर सूर्य नेपाल प्रालि सम्मानित भएको छ । नेपालमा गार्मेन्ट, चुरोट, सलाइ र धुपको व्यापार गर्दै आएको सूर्य नेपाल भारतीय लगानीमा स्थापना भएको हो । यसले आर्थिक वर्ष ०७२/७३ मा ११ अर्ब २५ करोड ८३ लाख रुपैयाँ कर तिरेको छ । कम्पनीले आयकर, मुल्य अभिवृद्धि कर र अन्तःशुल्कवापत उक्त रकम सरकारलाई बुझाएको हो ।
अघिल्लो वर्ष सूर्य नेपाल बढी राजश्व तिर्नेमा तेस्रो स्थानमा थियो । चालु आवमा डाबर नेपालले निर्यातकर्ताहरू मध्ये सबैभन्दा बढी राजश्व तिरेको छ । पछिल्लो समयमा कर तिर्नुपर्ने सोच बढेसँगै करको आयतन बढ्दो क्रममा छ । अघिल्लो आवमा दुई खर्ब चार अर्ब कर संकलन भएको थियो । पछिल्ला तीन आवका तथ्यांक केलाउँदा कर संकलनको दर २० अर्ब र ४० अर्ब रुपैयाँले बढेको देखिन्छ ।
चालु आवमा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा राजश्वको २१ दशमलव पाँच प्रतिशत योगदान भएको आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा बताउँछन् । ०७२/७३ मा विभागले एक खर्ब ९४ अर्ब ६७ करोड राजश्व संकलनको लक्ष्य राखेको थियो ।
महानिर्देशक चुडामणि शर्माका अनुसार असार मसान्तसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या आठ लाख ४० हजार पुगेको छ । व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ६ लाख दुई हजारसहित १४ लाख ४२ हजार पुगेका छन् । एक लाख ६४ हजार व्यावसायिक फर्म मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् भने ४२ हजार अन्तःशुल्कमा दर्ता भएर सरकारलाई कर तिर्दै आएका छन् ।
उत्कृष्ट १५ करदाता
बढी कर सूर्य नेपाल
निर्यात डाबर नेपाल
विशेष उद्योग युनिलिभर नेपाल
कृषि एवं पशुपन्छी उद्योग ओम चाओबिरो फिड इन्डस्ट्रिज
सहकारी राष्ट्रिय सहकारी बैंक
लघुवित्ता सेवा छिमेक लघुवित्ता विकास बैंक
बैंक वित्ताीय संस्था नबिल बैंक
बिमा व्यवसाय लाइफ इन्स्योरेन्स कर्पोरेसन
विप्रेषण व्यवसाय आईएमई लिमिटेड
पर्यटन क्षेत्र तारागाउँ रिजेन्सी होटेल
व्यापार व्यवसाय सिप्रदी ट्रेडिङ
साना करदाता सांग्रिला इनर्जी
मझौला करदाता सिबेक हस्पिटल
व्यत्तिाmगत आयकर सिद्धार्थशम्सेर जबरा
मुल्य अभिवृद्धि कर नेपाल टेलिकम

प्रतिक्रिया दिनुहोस !