सिनेमा निर्माणमा श्वेता
नायिका श्वेता खड्का झण्डै दुई वर्षपछि सिनेमा निर्माणमा फर्किने भएकी छन् । नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि उनी सिने क्षेत्रमा निस्क्रिय थिइन् । पछिल्लो पटक ‘कोहिनूर’को निर्माण गरेकी उनको नयाँ सिनेमाको निर्देशन आकाश अघिकारीले गर्दैछन् । ‘कोहिनूर’को निर्देशक पनि उनै हुन् ।
नयाँ चलचित्रको छायांकन यसै सालको अन्तिमबाट हुने भएको छ । त्यसका लागि खड्काले दयाहाङ राईसँग कुरा गरिसकेको खबर सार्वजनिक भएको छ । उनले निर्माण गर्ने सिनेमाको जनरा ‘कमेडी लभस्टोरी’ हुने बताइएको छ । सिनेमामा उनी आफैं अभिनय गर्ने या नगर्ने भन्नेबारे भने केही सार्वजनिक गरेकी छैनन् ।
प्रतिक्रिया दिनुहोस !