सयमा एक कुमारी
बीबीसीले सन् २०१६ मा सार्वजनिक गरेको सय महिलाको सूचीमा पूर्वकुमारी चनिया बज्राचार्य परेकी छन् । उनी सन् २००० देखि ०१० सम्म कुमारीघरमा बसेकी थिइन् । उनले पूर्वकुमारीको समूह बनाएर उनीहरूको शिक्षामा जोड दिँदै आएकी छन् ।
काठमाडौं विश्वविद्यालयबाट बीबीए गरेकी उनी शिक्षणमा समेत संलग्न छिन् । आमाको सहयोगका कारण कुमारी रहँदा पनि अध्ययन गर्न पाएकामा गर्व गर्छिन् उनी।
प्रतिक्रिया दिनुहोस !