पत्रकारको स्वास्थ्य

पत्रकारको स्वास्थ्य

पत्रकार महासंघका पूर्वसभापति धर्मेन्द्र झाले १४ मंसिरमा लेखेको फेसबुक स्टाटस अर्थपूर्ण थियो । लेखेका थिए, ‘केही यस्ता निर्णय हुन्छन्, जो समय घर्किसक्दा गरेपछि धेरै अर्थपूर्ण रहँदैनन्, तत्कालको सहानुभूति प्राप्त गर्न मात्र गरिन्छन् र दीर्घकालमा कुनै अर्थ रहँदैन । समयमै गर्न सक्दा जीवन रक्षाका लागि सहायक हुन सक्छन् तर पछि गर्दा कुनै अर्थ रहँदैन । सानो चुकले कालजयी हुने गौरवबाट वञ्चित हुन्छन् ।’

पत्रकार झाले सोही दिन प्रेस काउन्सिलले गरेको निर्णयलाई कटाक्ष गरेका थिए । २१ दिनको अन्तरमा निधन भएका पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई यस वर्षको ‘प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ मरणोपरान्त संयुक्त रूपमा दिने निर्णय थियो त्यो । न्यौपाने वर्ष दिनयता एनाप्लास्टिक एस्ट्रोसिटोमा नामक स्नायुसम्बन्धी रोगबाट पीडित थिए ।

UPमिर्गौलासम्बन्धी रोगबाट पीडित पत्नीको उपचारमा काठमाडौंको एक अस्पतालमा कुरुवा रहेका बोहराको पत्नीनजिकको शड्ढयामै सुतिरहेका बेला निधन भएको थियो । पत्नीको उपचार खर्च अभावमा छटपटाइरहेका बोहरा गीतकार पनि थिए । आफ्ना गीतहरूलाई एल्बमको रूप दिएर त्यसबाट हुने आम्दानी पत्नीको उपचारमा लगाउने उनको सोच जीवनकालमा सम्भव भएन ।

जीवित छँदै उनले अढाई लाखको पुरस्कार पाएका भए ठूलै राहत हुन्थ्यो । त्यति नै रकमबाट न्यौपानेको थप परीक्षण र उपचारमा सहयोगी सिद्ध हुन्थ्यो । विडम्बना, उनीहरू बाँचिरहेको भए पुरस्कार पाउने गुन्जायस थिएन । किनभने, त्यस्ता पुरस्कार कुनै राजनीतिक दल आवद्ध पत्रकारले मात्र पाउने निश्चितजस्तै छ ।

यी पंक्ति लेखिरहँदा ब्रिटिस गोर्खा सेनामा कार्यरत जगत नवोदितको सञ्चारकर्मी लक्षित एक कविता मनमस्तिष्कमा छ । उनले लेखेका थिए, ‘एक दिन पक्कै साथी ! सबैले श्रद्धा गर्ने तिम्रो शालिक, ठडिनेछ यो धर्तीको छातीमा ।’ न्यौपाने र बोहरालाई राज्यले दिएको सम्मान फगत अर्थहीन शालिक बन्यो ।
कोट्याउन खोजिएको विषय नेपाली पत्रकारको स्वास्थ्य हो ।

कुनै पत्रकार जटिल प्रकृतिको बिरामी परे ‘न्युज रुम’हरूमा सहयोगको आग्रहसहित ‘लिस्ट’ घुमाउने चलन अद्यापि छ । पत्रकार महासंघका पूर्वसभापति शिव गाउँलेको भनाइमा नेपाली पत्रकारिताले अझै आर्थिक रूपमा आकर्षक पेशाको आकार ग्रहण गरिनसकेका गतिला उदाहरण हुन् यी । ‘पत्रकारितामा ग्ल्यामर छ, सबै त्यसैका पछाडि दगुरेका छौं,’ उनी भन्छन्, ‘हाम्रो मुद्दा अझै पनि न्युनतम पारिश्रमिक कार्यान्वयनमा अडिएको छ ।’ अर्थात्, नेपाली सञ्चार अर्थतन्त्रको आकार सानो छ र पत्रकारले त्यही सीमिततामा अँचेटिनु परेको छ ।

पत्रकारको ‘कार्ड होल्ड’ गरेर दिनभर नेता, प्रहरी, सरकारी कार्यालयका कोठाचोटा चहार्ने ‘कार्यकर्ता पत्रकार’ ले पहुँचका आधारमा राज्यबाट सुविधा लिने अनि दिनरात सूचना र समाचारका लागि दौडिने ‘व्यावसायिक पत्रकार’ ले चाहिँ स्वास्थ्योपचारको अभाव खेप्नुपर्ने ?

२४ सै घण्टा समाचारको चिन्तामा रहने पत्रकारको स्वास्थ्यले कतिबेला नेटो काटिसकेको हुन्छ पत्तै नहुने । नियमित स्वास्थ्य परीक्षण स्वास्थ्यकर्मीमाझ बहसको विषय बन्नै सकेको छैन । त्यसबारे कुनै सञ्चारकर्मीलाई सोध्यो भने सोझो जवाफ आउँछ, ‘पैसा छैन ।’ पैसा हुनेहरूलाई पनि यो सरोकारको विषय होइन । किनभने, फजुल खर्चमै रमाउँछन् साथीभाइ ।

बिमाको पाटो त्यस्तै छ । राम्रो नाफा आर्जन गरिरहेका सञ्चारगृह सञ्चार उपकरणको बिमा गराउन दौडिइहाल्छन्, पत्रकारका नाममा हुने बिमाका लागि ‘सुको’ छुट्याउन तयार हु“दैनन् । आफूसँग कार्यरत पत्रकारले आफ्नै खल्तिबाट बेहोर्नु पर्छ, बिमाको प्रिमियम । सञ्चारगृहलाई त्यो विषयले टाउको दुखाउँदैन किनभने एउटा पत्रकार गए अर्को ‘सस्तो जनशक्ति’ भित्र्याउने पाइने मनोदशाबाट ग्रसित छन्, कुस्त कमाएकै प्रतिष्ठान पनि ।

प्रतिस्पर्धात्मक क्षमता बढाएर आफ्नो तलब आफैं निर्धारण गर्ने खुबी प्राप्त गर्न पत्रकारहरूले पनि सकेका छैनन् ।पत्रकारको स्वास्थ्य खर्चको अर्को पाटो पनि छ । राजनीतिक दलहरूसँग निकटस्थ पत्रकारले उपचार खर्चका नाममा राज्यबाट बर्सेनि रकम लिन्छन् । उनीहरूको सूची बर्सेनि दोहोरिन्छ पनि । अनि, अरूबेला तिनीहरू नै व्यावसायिकताका नाममा चर्का भाषण गर्छन् । राज्यले यसमा गम्भीरता लिएको पाइँदैन ।

पत्रकारको ‘कार्ड होल्ड’ गरेर दिनभर नेता, प्रहरी, सरकारी कार्यालयका कोठाचोटा चहार्ने ‘कार्यकर्ता पत्रकार’ ले पहुँचका आधारमा राज्यबाट सुविधा लिने अनि दिनरात सूचना र समाचारको लागि दौडिने ‘व्यावसायिक पत्रकार’ले चाहिँ स्वास्थ्योपचारको अभाव खेप्नुपर्ने विडम्बना यहाँ देखिन्छ । राज्यले यसमा उचित मापदण्ड बनाउन सकेको छैन ।

कुनै अमूक नेतालाई उपचार खर्च दिने औचित्यबेगरको सरकारी निर्णय पक्कै पनि हरेकजसो अखबारका ‘हट केक’ बन्छन् । पत्रकारहरूले आफ्नै पेशा दुषित बनाउँदै यसरी खर्च लिएको विषयमा चाहिँ हामीले ध्यान नदिएको कि नदिएजस्तो गरेको ? बुझिनसक्नु छ । पत्रकारिता एउटा त्यस्तो पेशा हो, जसमा समाजको दायित्वबोध जोडिएको हुन्छ । ‘

पैसा नै कमाउन त व्यापार गरे भइहाल्यो नि । किन पत्रकारिता गर्नु’ सहकर्मीहरूबीच आर्थिक असुरक्षा बढेको अनुभूति हुँदा यसै भनेर चित्त बुझाइन्छ । तर, वास्तविक जीवनमा एउटा पत्रकारलाई गम्भीर रोग लाग्यो भने उसले अनाहकमै मर्नुपर्ने तीतो यथार्थ हामी सबै सामु छ । पत्रकार महासंघले राजनीतिक दलको तावेदारी मात्रै गर्ने कि ‘व्यावसायिक पत्रकार’ को हित प्रवद्र्धनमा काम गर्ने ? वा पूर्वसभापति झाले भनेजस्तै समय घर्किसकेपछि निरर्थक सहानुभूति बाँड्ने ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.