नेतालाई गाउँ जान प्रचण्डको निर्देशनः तीन हजार नौ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति

नेतालाई गाउँ जान प्रचण्डको निर्देशनः तीन हजार नौ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति

काठमाडौंः प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेता तथा कार्यकर्तालाई गाउँ गाउँ गएर पार्टीको सङ्गठन निर्माण र स्थानीय निकाय निर्वाचनको वातावरण बनाउन निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनलाई केन्द्रित गरेर काम गर्न र माओवादीलाई विजयी बनाउनसमेत निर्देशन दिएका हुन् ।

अध्यक्ष दाहालले सरकारले गरेका सकारात्मक कामको प्रचारप्रसार गर्दै संविधान कार्यान्वयनको वातावरण बनाउनसमेत निर्देशन दिएका हुन् । स्थानीय निकाय निर्वाचनलाई लक्षित गरेर बैठकले ‘गाउँ नगर घरघर जाऊँ माओवादी केन्द्रलाई विजय गराऔँ’ भन्ने नारासमेत तय गरेको छ ।

संविधान कार्यान्वयनका लागि पहिलो चरणमा स्थानीय निकाय निर्वाचन नै पहिलो सर्त भएकाले त्यसमा पार्टीले सोही अनुसारको योजना बनाएर अगाडि जाने र त्यसका लागि पहिलो चरणमा जनताको मन जित्न र निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

त्यस्तै पार्टीले चुनाव लक्षित तीनमहिने कार्ययोजनासमेत घोषणा गरेको छ । कार्ययोजनाअन्तर्गत आगामी पुस मसान्त सम्ममा सदस्य नवीकरण गरिसक्ने र पुस १० गतेभित्र सबै प्रदेशका बैठक र प्रशिक्षण सम्पन्न गर्नसमेत निर्देशन दिएको छ ।

आगामी पुस १५ गतेसम्म जनवर्गीय सङ्गठनको एकीकरण र माघ मसान्त सम्ममा गाविस, वडा र नगर सम्मेलन तथा फागुन मसान्तसम्म जिल्ला सम्मेलन सम्पन्न गर्नसमेत बैठकले निर्देशन दिएको छ ।

स्थानीय निकायलाई केन्द्रित गरेर नेताको कार्यविभाजनसमेत गरिएको छ । प्रवक्ता पम्फा भुसालका अनुसार प्रदेश नं १ को इन्चार्जमा गोपाल किराँती र संयोजकमा सावित्रीकुमार काफ्ले, प्रदेश नं २ इन्चार्जमा मातृका यादव र संयोजक विश्वनाथ साह, प्रदेश नं ३ इन्चार्जमा हितमान शाक्य र संयोजकमा झक्कु सुवेदी, प्रदेश नं ४ इन्चार्जमा देव गरुङ र संयोजक कुमार अधिकारीलाई तोकिएको छ ।

यस्तै प्रदेश नं ५ इन्चार्जमा वर्षमान पुन र संयोजक पूर्ण घर्ती, प्रदेश नं ६ इन्चार्जमा शक्ति बस्नेत र संयोजक पारशमणि आचार्य, प्रदेश नं ७ इन्चार्जमा लेखराज भट्ट र संयोजक लक्ष्मण जोशीलाई जिम्मेवारी दिइएको छ । यस्तै विदेश विभागमा नारायणकाजी श्रेष्ठ र सङ्गठन विभागमा रामबहादुर थापालाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै बैठकले तीन हजार नौ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ । आयोजक समितिमा रहेका सदस्यलाई निर्वाचित भएर आउनैपर्ने व्यवस्था गरिएको छ । यसैगरी तीन सय ९९ सदस्यीय पोलिटब्यूरो, ९९ सदस्यीय सचिवालय र ३३ जना केन्द्रीय कार्यालयमा रहनेगरी कार्यविभाजन गरिएको स्थायी समिति सदस्य पुष्पविक्रम मल्लले जानकारी दिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.