म स्त्री अर्थात् आइमाई

म स्त्री अर्थात् आइमाई

किताबमै म स्त्री अर्थात् आइमाई भनेर घोषणा गर्नुको कारण के हो ?
पूर्वीय दर्शनअनुसार नारीका विभिन्न रूपहरूको अर्थसहितको वर्णन गरिएको छ । नारीको ‘स्त्री’रूप भनेको यौनसँग नजिक रहेको अवस्था हो । पूर्वीय दर्शन र आधुनिक साहित्यमा यो अवस्थाको वर्णन बढी गरिएको छ । र, मासिक स्राब हुनु, गर्भवती हुनु, बच्चा जन्माउनु, स्तनपान गराउनु आइमाई रूप हो ।

तर, ‘आइमाई’ शब्दलाई अपहेलित र नीच ढंगले व्याख्या गरिएको छ । यो विशिष्ट र अतुलनीय अवस्थालाई हामीले गर्वका साथ लिनुपर्ने थियो तर सकेका छैनौं । मेरो दाबी हो ‘आइमाई’ शब्दलाई सम्मानका साथ व्याख्या गरिनुपर्छ । साथै हामी र हाम्रो शरीरमाथिको अपव्याख्यालाई सही ढंगले व्याख्या गरियोस् भनेरै यो नाम राखेको हो ।

तपाईंको दोस्रो कविता संग्रहका लागि किन दशक पर्खिनु परेको ?
कविता लेख्न जति सजिलो ठानिन्छ, लेख्न त्यति नै गाह्रो छ । कमजोर कविता सार्वजनिक गर्नु पाठकमाथिको अन्याय हो । त्यही भएर दशक पर्खिनु परेको हो ।

तपाईं बीचमा कथातिर लाग्नुभएको थियो । कथाको किताब चाहिँ आउँदैन ?
कथा त अहिले पनि लेखि नै रहेकी छु, संग्रह पनि आउने नै छ ।

विषयले विधा छनोट गर्छ कि विधाले विषय ?
ठ्याक्कै यही हो भन्ने छैन । कहिले कवितामा भन्न नसकिएको कुरा कथाले स्पस्ष्ट पार्छ । कहिले कथामा सौन्दर्य भर्न नसकेको कुरा कविताले पूर्ण पारिदिन्छ । त्यसैले कहिलेकाहीँ विषयले विधा छनोट गर्छ । कहिलेकाहीँ विधाले विषय छनोट गर्छ ।

किताब प्रकाशित गर्नुको आनन्द के हो ?
एउटी आमाले नवजात शिशु काखमा लिएर स्तनपान गराउनुजत्तिकै आनन्द हो आफूलाई चित्त बुझेका रचना संग्रहित गरेर किताब प्रकाशन गर्नु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.