अभिषेक र आगम प्रदान

 अभिषेक र आगम प्रदान

नेपाल देवभूमि हो । यस देवभूमि नेपालमा महायान बज्रयान पद्धतिको अध्ययन अध्यापन विधि विधानलाई संस्थागत गर्न २००८ सालमा शरणानायक टुल्कु उर्गेन रिन्पोछेको पहलमा कान्यिङ शेडुपलिङ गुम्बाको उदय भयो । यो बौद्ध फूलबारीस्थित बौद्धनाथ स्तूपाको प्रांगणमा अवस्थित छ । यसै गुम्बाको माध्यमबाट नेपालभित्र र बाहिर बौद्ध धर्म प्रचारप्रसार गर्ने महान् कार्य भइरहेको छ ।

शरणनायक टुल्कु उर्गेन रिन्पोचेको दुई कुल पुत्रहरू शरणनायक छुकिनीमा रिन्पोचे र शरणनायक छोग्लिङ रिन्पोचे बुद्ध धर्मसम्बन्धी अध्ययन अध्यापन गराउन, भावना, साधना पक्षतर्फ धार्मिक अनुयायीलाई सिकाउने र अभ्यास गराउने काममा निरन्तर जुटिरहनुभएको छ ।

शरणनायक टुल्कु उर्गेन रिन्पोचेकै नाति शरणनायक फाग्छोग रिन्पोचे पनि यस पुण्य काममा सक्रियतासाथ लागिरहनुभएको छ । महायान धर्म शासन चलाउन दिग्दर्शनको रूपमा विभिन्न धार्मिक निधिको आवश्यकता पर्छ ।

त्यहीअनुरूप शरणनायक छोग्लिङ रिन्पोचेले शरणनायक दिल्गो खेन्चे रिन्पोचेबाट प्राप्त गर्नुभएको छोग्युर लिङ्पा परम्पराका सम्पूर्ण धार्मिक निधि कानिङ शेडुपलिङ गुम्बाका ५० भन्दा बढी लामा खेम्पोहरूले प्राप्त गर्न सकून् भनेर गुम्बा परिवारलगायतका स्वदेशी विदेशी भक्तजनका तर्फबाट गुरुवर छोग्लिङ रिन्पोचेलाई बिन्ती चढाउनुभयो । त्यहीअनुसार उहाँले बिन्ती स्वीकार्दै १० दिनमा अभिषेक र आगम प्रदान गर्ने शुभकार्य प्रारम्भ गर्नुभयो ।

सप्ताहव्यापी तालिकाअन्तर्गत निम्न विषयहरू छोग्लिङ रिन्पोचेबाट अभिषेक आगम प्रदान गरिएको थियो । यसअनुसार पहिलो दिन धर्मकाय अमिताभ अमितायुको कर्म प्रयोग, दोस्रो दिन सम्भोगकाय गुरु लोकविनायक दुर्गति खाडल चालकअन्तर्गत अतिरिक्त भैषज्य विधि, तेस्रो दिन रिग्जिन ग्याल्वे दुङ्जिनको अभिषेक विधि, चौथो दिन रिग्जिन दुक्यो शेछेनको अभिषेक विधि, पाँचौं दिन ख्येपार फाग्पे रिग्जिनको अभिषेक पुष्प झुप्पा, छैटौं दिन रिग्जिन दोर्जे ढागचालको अभिषेक बज्र झुप्पा, सातौं दिन बज्रयान मन्त्रको विपाक अभिषेक विधि र आठौं दिन सर्व आपत्ति आवरण निवारक अभिषेक विधि भएको थियो ।

अति दुर्लभ मार्गवाधा निवारणको मूल साधना र गुरुचित्त साधनासँगै सर्ववाधा निवारणको अभिषेक र आगम प्रदान गर्ने कार्यक्रममा शरणनायक टुल्कु उर्गेन याङसी रिन्पोछ, शरणनायक फाग्छोग रिन्पोचेसहित पाँच हजारभन्दा बढी भिक्षु र गृहस्थ श्रद्धालुको सहभागिता थियो ।

बाँदर वर्षको भद्र समयसँग अनुकूल हुने गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा शरणनायक गुरु छुकिनीमा रिन्पोचेको उपस्थितिमा चलेको ड्रोमा संगीतमय ध्वनीबीच ‘च्वेद पूजा’ पनि गुम्बा आगन्तुकहरूले अवलोकन गर्न पाएका थिए ।

च्वेद पूजाको उद्देश्यमा भनिएको छ, ‘यो मेरो शरीर ईश्वरमा समर्पित गर्दछु ताकि यो शरीरप्रति मेरो मोह कम हुँदै जाओस् ।’ गुम्बामा आएका हजारौं श्रद्धालुका बीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि पुण्य लाभ प्राप्त गर्न गुम्बा पुग्नुभएको थियो ।

मंसिर १८ गते समापन महोत्सवमा शरणागत गुरु छोग्लिङ रिन्पोचेलाई सेतो गुम्बाका तर्फबाट सम्मान गरिएको थियो । छोग्युर लिङ्पा परम्पराका सम्पूर्ण धार्मिक निधिसम्बन्धी विधिविधान अभिषेक आगम प्रदान गरिदिनुभएकोमा उहाँलाई गुरुदक्षिणा मण्डला र अन्य वस्तुहरू चढाइएको थियो । सोही अवसरमा सहभागी भएका स्वदेशीविदेशी भिक्षुहरूले पनि शरणागत गुरु छोग्लिङ रिन्पोछेलाई खादासहित गच्छेअनुसारको गुरुदक्षिणा र फलफूल चढाएका थिए ।

गुरु छोग्लिङ रिन्पोचेले अभिषेक तथा उपदेशहरू दिएर बुद्ध शासनको महान् हितमा अथक् परि श्रम गर्दै आउनुभएको छ । उहाँको दीर्घायुको कामनासहित उहाँप्रति हामी सक्कल धर्मप्राण भक्तहरू कृतज्ञ छौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.