ताज ताक्दै अस्मी
१८ डिसेम्बरमा हुने ‘मिस वल्र्ड’ प्रतियोगितामा सहभागी हुन मिस नेपाल अस्मी श्रेष्ठ शुक्रबार अमेरिका उडेकी छिन् । २३ वर्षीया अस्मी ‘मिस वल्र्ड’को तयारीमा आफूले सक्दो प्रयास गरेको बताउँछिन् । त्यहाँ हुने ‘ब्युटी विथ पेपर्स प्रोजेक्ट’का लागि उनले बालबालिका तथा शिक्षामा काम पनि गर्दै आएकी छन् ।
मिस वल्र्डको ‘ट्यालेन्ट अफ द वल्र्ड’ प्याजेन्टका लागि अस्मीले ‘कल्चरल डान्स’ गर्दैछिन् । ‘देउरालीमा वरपीपल चौतारी...’ उनी नेपाली मौलिक पोशाक लगाएर नाच्ने योजनामा छिन् । पाँच फिट १० इन्च अग्ली अस्मीले नेपालको पहिचान लिएर मिस वल्र्डमा जान लागेकाले आफूलाई भोट दिनसमेत आग्रह गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस !